भगवान शिवजीको महिना ‘साउन’ तपाईको लागि शुभ-अशुभ कस्तो रहला ? हेर्नुस् मासिक राशिफल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

यो महिना तपाईंको लागि सकारात्मक नै रहनेछ। रमणीय यात्राको सम्भावना रहेको छ। सरकारी क्षेत्रमा तपाईंले सोचेका कार्य पूरा हुनेछ। प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तरक्रियाले तपाईंको मनोबल उच्च हुनेछ। महिनाको अन्त्यमा केहि तनाब उत्पन्न हुनसक्छ। व्यापार व्यवसायमा पनि खासै फाइदा नहोला। महत्वपूर्ण अवसर हातबाट जान सक्छ, सजग रहनुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

तपाईंका केहि काम रोकिएका छन् भने यो महिना सम्पन्न हुनसक्छ। आर्थिक तथा व्यवसायिक समस्या समाधान हुनेछ। प्रेम सम्बन्ध बलियो भएर जानेछ भने दाम्पत्य जीवन पनि सुखमय रहनेछ। घरमा केहि शुभ कार्यको आयोजना होला। साथी-भाईको सहयोगमा महत्वपूर्ण काम बन्ने सम्भावना देखिन्छ। सामाजिक क्षेत्रमा तपाईंको मान-प्रतिष्ठा बढ्नेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाईंको लागि यो महिना शुभ रहनेछ। धर्म-कर्ममा खुब मन लाग्नेछ। शिक्षा क्षेत्रमा पनि तपाईंको उल्लेखनीय प्रगती हुने देखिन्छ। शुभकार्यको चर्चा पनि चल्नेछ। आर्थिक क्षेत्रमा प्रशस्त मात्रामा लाभ उठाउन सफल हुनुहुनेछ। कार्यक्षेत्रमा तपाईंको जिम्मेवारी बढ्नेछ। प्रेम सम्बन्ध मजबूत हुनेछ। कला र मनोरञ्जन क्षेत्रमा रुची बढ्नेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

यस महिना तपाईं शत्रु माथि हावी हुनुहुनेछ। कार्यक्षेत्रमा विभिन्न अवसर प्राप्त हुनेछन्। धार्मिक यात्राको योग रेहेको छ। तपाईंको काम तथा परिश्रमको उचित फल प्राप्त गर्नुहुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक यात्राको योजनामा हुनुहुन्छ भने पनि समय अनुकूल छ। शेयर बजारको लगानी फस्टाउनेछ। व्यापार-व्यवसायबाट मनग्य फाइदा हुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

सिंह राशिका मानिसको लागि यो महिना त्यति शुभ नरहला। पारिवारिक वातावरण नकारात्मक रहन सक्छ। सरकारी क्षेत्रबाट पनि खासै प्रगति हुने देखिँदैन। महिनाको अन्त्यमा भने तार्किक क्षमता एवं बोलीको प्रभाव छाड्न सक्नुहुनेछ। माइती पक्षबाट विशेष सहयोग प्राप्त हुनसक्छ। आर्थिक पक्ष महिनाभर कमजोर नै रहला। अनावश्यक खर्च गर्नबाट जोगिनुहोस्।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

यो महिना तपाईंले मिश्रित फल प्राप्त गर्नुहुनेछ। बोलीमा संयम राख्नुहोला, अन्यथा झै-झगडामा फस्न सकिन्छ। शारीरिक स्वास्थ्यमा पनि समस्या देखा पर्न सक्छ, सजग रहनुहोस्। धर्म-कर्ममा तपाईंको मन लाग्नेछ। कार्यक्षेत्रमा पदोन्नतीको योग रहको छ। यसका साथै तपाईंको मान-सम्मानमा पनि वृद्धि हुनेछ। सहि समयमा सहि निर्णय लिए ठूलो सफलता हात लाग्न सक्छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तुला राशिका मानिसको लागि यो महिना शुभ रहनेछ। रमनिया यात्राको योग बनेको छ। यात्रा लाभदायक रहनेछ। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। व्यापार-व्यवसायमा पनि राम्रो प्रगति गर्न सकिनेछ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ। स्वास्थ्यको हिसाबले पनि यो महिना तपाईंको लागि राम्रो नै रहनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

यो महिना तपाईंको लागि लाभदायक रहनेछ। पारिवारिक वातावरण सुखमय रहनेछ। यात्राका अवसर प्राप्त हुनेछन्। विपरित लिंगीप्रति आकर्षण बढ्नेछ। घरमा केहि धार्मिक कार्यको आयोजना हुने सम्भावना देखिन्छ। वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्ने योग रहेको छ। यात्रा गर्दा सावधान रहनुहोला, चोट पटक लाग्न सक्छ। कुनै पनि निर्णय हतारमा लिनु राम्रो हुनेछैन।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

व्यापार-व्यवसायमा प्रतिकूल असर पर्न सक्छ, ध्यान दिनुहोला। शिक्षा क्षेत्रमा पनि तपाईंको खासै प्रगति होला जस्तो देखिँदैन। वरिष्ठ व्यक्तिको सहयोगमा केहि महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ। घर ,जग्गा खरिद तथा बिक्रीको योग छ। महिनाभर तपाईंको आर्थिक स्थिति बलियो रहनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन कठिनाइको सामना गर्नु पर्ला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

मकर राशिका मानिसको लागि यो महिना शुभ रहनेछ। कार्यक्षेत्रमा थुप्रै अवसर प्राप्त हुनेछन्। भाग्य वृद्धिको योग रहेको छ। हरेक क्षेत्रमा तपाईंले सफलता प्राप्त गर्न सक्नुहुनेछ। धर्म-कर्ममा मन लाग्नेछ। तपाईंको योजना गोप्य नै राखेर कार्य गर्दा सफलता प्राप्त हुनसक्छ। तपाईंको साहस तथा पराक्रम बढ्नेछ। वाहन सुखको योग रहेको छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

लामो समयबाट रोकिएका कार्य सम्पन्न हुनसक्छ। प्रियजनसँगको भेटले मन प्रशन्न हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि यो महिना तपाईंका लागि निकै शुभ देखिन्छ। व्यापार-व्यवसायको क्षेत्रमा पनि समय अनुकूल रहेको छ। प्रेम जीवन सुखद रहनेछ। कार्यक्षेत्रमा थप अवसर प्राप्त हुनेछ। तपाईंले आफ्नो बोलीको प्रभाव मानिसहरु बीच छाड्न सक्नुहुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

मीन राशिका मानिसको लागि यो महिना सकारात्मक रहनेछ। रोकिएका कार्य पुनः सुरु हुनेछन्। शिक्षा क्षेत्रमा विशेष सफलता प्राप्त गर्न सक्नुहुनेछ। तपाईंले गरेको कार्य र निर्णयको सराहना गरिनेछ। धार्मिक यात्राको योग रहेको छ। आर्थिक स्थति महिनाभर मजबूत रहनेछ। स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी क्षेत्रमा भने समय अनुकूल नरहला।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१६:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि साउन ८ गते शुक्रबार कस्तो रहला तपाइको दिन, हेर्नुहोस् भोलिको राशिफल!