बलिउड अभिनेता सलमान खानको विवाहको विषयमा जिज्ञासा उनको फ्यानहरुको मनमा रहने गरेको छ । अब उनको विवाहित जीवनको बिषयलाई लाएर यस्तो खबर आएको छ जसलाई सुनेर तपाइँ हैरान हुनुहुनेछ।
बलिउड अभिनेता सलमान खानलाई बलिउडको निकै सुन्दर पुरुष पनि भनिन्छ। अहिलेको समयमा सलमान खानको फ्यानहरु उनलाई यही एक मात्र प्रश्न गर्ने गर्छन् ‘तपाइ कहिले विवाह गर्नु हुन्छ। अहिले सम्म सलमानको नामसँग धरै चर्चित अभिनेत्रीहरु नाम जोडिएको छ । तर सलमानले आजसम्म कसैलाई पनि विवाह मण्डप सम्म लागेका छैनन् ।
यस अवस्थामा कसैले सलमानको विवाह भइसको भन्यो भने कसैले पनि यस कुरामा विश्वास गर्दैन होला । हालै सलमानले यस्तै प्रश्नमा उनको मौनता तोडेका छन्। चाडै नै सलमान उनको भाइ तथा फिल्म निर्माता अरबाज खानको च्याट शो ‘पिन्च’ मा देखिँदै छन् ।
२१ जुलाइबाट शुरु हुने ‘शो’ मा सलमानले विभिन्न प्रश्नको सामना गरेका छन्। यस शो मा यस्तो नियम छ जसमा सलमानले उनको नाममा गरेको ट्विट पढेर सुनाउनु पर्ने हुन्छ। सलमान प्राय: सामाजिक सञ्जाल हरुमा सकारात्मक प्रतिक्रिया आएको पाउन सकिँदैन। यस्तै ट्विटमा सलमानलाई उनको फ्यानले एक प्रश्न गरेका छन् ।
जसमा उनको विवाहित जवनको बारेमा प्रश्न गरेका थिए। ति व्यक्तिले भनेका थिए ‘सलमानको विवाह भैसकेको छ र उनको एक १७ वर्षको छोरी पनि छ उनीहरु दुबइमा बस्छन् । यस प्रश्नलाई अरबाजले पढेका थिए त्यसमा लेखेको थियो । ‘कहाँ लुकेको छस् डरपोक भारतका सबैलाई थाहाछ त दुबइमा आफ्नो प्रिमिका र १७ वर्षको छोरी सँग लुकेर बसेको छस् । भारतको मान्छेहरुलाई कहिलेसम्म मुर्ख बनाउछस् ।’
यस कमेन्टलाइ सुनेर सलमान अचम्ममा पर्छन् र भन्छन् ‘सबैलाई थाहा छ यो सबै झुटो हो । मलाइ थाहा छैन यस व्यक्तिले कसको बारेमा भनिरहेको छ। यो पोस्ट कहाँ गरिएको छ ।’ साथै सलमान भन्छन् थाहा छैन यस व्यक्तिले कसको बारेमा भनिरहेको छ। भाइ म ९ वर्षको उमेर देखि भारतमा बस्दै आएको छु। म यस व्यक्तिको प्रश्नको उत्तर दिन्न पुरै भारतलाइ थाहा छ म कहाँ बस्छु भनेर।’