मङ्गल सिंह राशिमा : दुर्घटना-विपत्तिको बन्नेछ कारण, दुष्‍प्रभावबाट बच्न अपनाउनुहोस् यी उपाय

काठमाडौँ : जमिन, साहस, पराक्रम, ऋण आदिका कारक ग्रह मङ्गल राशि परिवर्तन गरी सिंह राशिमा प्रवेश गरेको छ। यो ग्रहले आउँदो महिनाको भदौ २०(सेप्टेम्बर ५) सम्म यहीँ राशिमा रहेर सबै राशि बाहेक देश-दुनियाँमा हुने तमाम घटनाहरुमा पनि प्रभाव पार्नेछ। यसमा प्राकृतिक विपत्ति देखि व्यापार जगत, राजनीतिक-प्रशासनिक जगत आदि पनि पर्छन्।

बढ्नेछ अशान्ति, आउनेछन् आपत्ति

मङ्गलको यो राशि परिवर्तनले देशका केही भागहरुमा अशान्ति-तनाव पैदा गर्न सक्छ। यस बाहेक वर्षा-भूस्‍खलनका कारण पुल-सडक क्षतिग्रस्त हुने खतरा छ। यस बाहेक शनि र मङ्गलको अशुभ योग बन्ने कारण दुर्घटना बढ्नेछ। मङ्गलको राशि परिवर्तन उद्योग जगतको लागि राम्रो साबित हुनेछ।

मङ्गलको अशुभ प्रभावबाट यसरी बच्नुहोस्

♦ मङ्गल ग्रहको राशि परिवर्तन केही राशिहरुका लागि राम्रो छ तर केही राशिका जातकका लागि ठीक छैन। मङ्गल ग्रहको अशुभ प्रभावबाट बच्नको लागि केही उपाय अपनाउनु वेश हुनेछ।
♦ मुसुरोको दाल दान गर्दा मङ्गलको नकारात्मक असर कम हुन्छ।

♦ घरबाट बाहिर निस्कँदा कुनै लामो यात्रामा जाने क्रममा मह खाएर हिड्नुहोला। त्यसो गर्दा यात्रामा कठिनाई आउँदैन र चोटपटक लाग्नबाट बच्न सकिन्छ। यद्यपि चातुर्मासमा केही मानिसहरुले महको सेवन गर्दैनन्।
♦ हनुमानजीलाई सिन्दुर लगाइदिनुहोला र रातो फूल अर्पित गर्नुहोला।

♦ माटोको भाँडामा खाना खानुहोला।
♦ पानीमा रातो चन्दन मिसाएर नुहाउँदा अत्यन्तै लाभ हुनेछ।
♦ मङ्गलबार तामाको भाँडोमा अन्न हालेर हनुमानको मन्दिरमा दान गर्नुहोला।

प्रकाशित : बुधबार, साउन ०६, २०७८१४:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

25 जुलाईबाट कर्कट राशिमा प्रवेश गर्दै बुध ग्रह,यी ५ राशिलाई हुँदैछ व्यापार तथा नोकरीमा फाइदै फाइदा!