काठमाडौँ : ज्योतिष गणनाको अनुसार यस हप्ता ४ राशिको लागि अत्यन्तै शुभ र भाग्यशाली हुनेछ। यस अवधिमा यी चार राशिका व्यक्तिहरूले धेरै क्षेत्रहरूमा शुभ परिणामहरू पाउनेछन्। यस हप्ता ग्रह र नक्षत्रको चाल यी ४ राशिका लागि अनुकुल छ। थाहा पाउनुहोस् यस हप्ता यी ४ राशिका लागि कस्तो रहनेछ ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
मिथुन राशिका मानिसको लागि यो समय शुभ नै रहनेछ। बुधबारसम्म धेरै काम बन्नेछन् । परिवारमा राम्रो वातावरण रहनेछ। धन लाभ प्राप्त हुने सम्भावना देखिन्छ। शिक्षा क्षेत्रमा मन लाग्नेछ। धर्म-कर्ममा पनि तपाईंको रुचि बढ्नेछ। सन्तान पक्षबाट कुनै शुभ खबर मिल्ने सम्भावना उच्च रहेको छ। प्रेम सम्बन्धमा मजबूति आउनेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
अधिकांश दिन तपाईंको निमित्त अनुकूलखालका छन्। व्यापार व्यवसायमा राम्रो प्रगति होला । बौद्धिक स्थिति पनि पहिलेको भन्दा सप्रिएको छ । आर्थिक लाभ प्राप्त हुने देखिन्छ। करियरको दिशामा सकारात्मक प्रगति हुनेछ। गरेको काममा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनुका साथै तपाईंको प्रेम सम्बन्ध अझ बलियो हुनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
मित्रसँग भेट हुनुको साथै उनीहरूबाट प्राविधिकखाले काममा राम्रो सहयोग पाउनुहुनेछ । आर्थिक स्थिति समष्टिगत रूपमा सप्रिएरै जानेछ। रोजगारको खोजीमा रहेका मानिसले पनि सफलता प्राप्त गर्ने देखिन्छ। खर्च बढे पनि आम्दानी झन् बढ्नेछ। आयका स्रोतहरु बढ्नेछन्। प्रेम सम्बन्धमा मजबूति आउनेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
असल काम गर्नेतिर मन जाला भने गरेका काम सफल पनि हुनेछन् । गतिलो एवम् फलदायी यात्राको सम्भावना देखापर्छ । पढ्ने र लेख्ने काममा बढी समय जाला । सामाजिक तथा धार्मिक कार्यमा तपाईंको उपस्थिति रहनेछ। कार्यको शिलशिलामा लामो तथा छोटो दूरीको यात्रा गर्नुपर्ला। यात्रा सफल तथा लाभदायक रहला।