यस भन्दा आघि माधव नेपाल समुहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो । तर आज आएर माधव नेपाल समुहले कुनै पनि मत नदिए पनि प्रधानमन्त्रिलाइ बहुमत पुग्ने भएको छ ।
हिजोसम्म प्रधनमन्त्रि पक्षमा जम्मा ६१ मत मात्र थियो । अब प्रधानमन्त्रीको पक्षयमा कांग्रेसबाट ६१, माओवादी बाट ४९, राष्ट्रिय जनमोर्चा बाट १ जसपा उपेन्द्रको समुहबाट २० गरी १ सय ३१ मत पुग्ने पक्का भएको थियो । आज महन्थ ठाकुर पक्षबाट १२ मत थपिएसँगै देउवाको पक्षमा १ सय ४३ मत पुग्ने भएको छ ।
अब प्रधानमन्त्रीलाइ विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्नेमा त्यो माधव नेपाल पक्ष बिनानै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्ने भएको छ । अब नेपाल पक्षले प्रधानमन्त्री मत नदिए पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्ने भएको छ ।