मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
आर्थिक समस्याले ज्यादै सताउला । यही कारण घरपरिवारमा कचिङ्गल पर्न सक्छ । मित्रको सहयोगले मात्र टेवा देला । आम्दानीको स्रोत भनेको खालि व्यावसायिक क्षेत्र मात्रै हो । मानसिक चिन्ताले पढाइमा समेत असर पार्नेछ ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
पहिलेको भन्दा स्थिति सप्रिएको छ । बुधबारसम्म धेरै काम बन्नेछन् । खर्चको मात्रा बढे पनि गरेका काममा सफलता पाइनाले मन प्रसन्न हुनेछ । परिवारमा राम्रो वातावरण रहला भने मित्र सहयोग पनि गतिलै पाइएला । बिहीबारको दिन भने समस्यालाई निम्त्याउनेखालको छ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
सुरुको दिनमा स्वास्थ्यसम्बन्धी समस्या परेर केही कष्टको अनुभव गर्नुहुनेछ । शनिबार बेलुकीदेखि मात्र स्थितिमा सुधार आउला । व्यापार व्यवसायबाट मनग्गै लाभ गर्नुहुनेछ तर बौद्धिक प्रतिभा भने तिखारिएकोखालको देखिन्न ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
आइतबार र सोमबार त्यति राम्रा छैनन् । पेटमा गडबडी वा स्वास्थ्यसम्बन्धी अरू कुनै समस्या पर्न सक्छ । बाँकी दिन भने सामान्यखालका छन् । व्यापार व्यवसायबाट मध्यम लाभ भइरहला । खर्चक्रम घट्ने देखिन्न । तर, धैर्य लिन सक्ने शक्ति यथेष्ठ छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
पूर्वाद्र्ध राम्रोखालको छ । सोमबारसम्म गरेका काम बन्नेछन् भने केही नयाँ मित्रसमेत थपिन सक्छन् । प्राविधिकखाले काममा विशेष सफलता देखापर्छ । पढाइमा भने शिथिलताको अनुभव होला । मङ्गलबारको दिन त्यति राम्रो देखिन्न ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
सातालाई राम्रैखाले भन्नुपर्छ । अधिकांश दिन तपाईंको निमित्त अनुकूलखालका छन् । गरेको काममा सफलता मिल्ला भने सामान्यखालको आर्थिक लाभसमेत गरिरहनुहुनेछ । व्यापार व्यवसायमा राम्रो प्रगति होला । बौद्धिक स्थिति पनि पहिलेको भन्दा सप्रिएको छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
शनिबारको दिनमा सोचेकोभन्दा बढी खर्च भए पनि आइतबारदेखिका दिन राम्राखालका छन् । मित्रसँग भेट हुनुको साथै उनीहरूबाट प्राविधिकखाले काममा राम्रो सहयोग पाउनुहुनेछ । आर्थिक स्थिति समष्टिगत रूपमा सप्रिएरै आएको छ ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
सोमबारसम्मका दिन बढी खर्च गराउनेखालका छन् । मङ्गलबारबाट भने सुधार हुँदै आउला । सानो–सानो कुराले पनि मनमा भय र शङ्का उब्जिरहनेछन् । सहयोग गर्नेको सङ्ख्या अति नै कम छ । देवीको दर्शन र आराधनाले त्यसमा परिपूर्ति आउन सक्छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
अनेकाँै कठिनाइसँग सङ्घर्ष गर्नुपर्नेछ । तैपनि हार खानेखालको स्वभाव छैन । प्रत्येक दिन सूर्यको दर्शन र आराधनाले आउन सक्ने बाधा हटाउनुहुनेछ । पढाइको क्षेत्रमा भने वर्तमान समय नराम्रोखालको छैन । भ्रमण हुने योग परेको छ तर त्यसबाट विशेष उपलब्धि देखिन्न ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
सातालाई राम्रैखालको भन्नुपर्छ । असल काम गर्नेतिर मन जाला भने गरेका काम सफल पनि हुनेछन् । गतिलो एवम् फलदायी यात्राको सम्भावना देखापर्छ । पढ्ने र लेख्ने काममा बढी समय जाला । परिवारबाट भने ठूलो सहयोगको आशा नगर्नुहोस् ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
शनिबारको मध्याह्नसम्म त्यति राम्रो समय छैन । त्यसैले समयको यो अन्तरालमा ठूलो किसिमको लेनदेन नगर्नुहोस् । मध्याह्नपछिको समय राम्रो छ । तपाईंको हातबाट गतिला काम हुन सक्छन् । मानिसलाई प्रभावित पार्न सक्ने शक्ति पनि छ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
सोमबारसम्मका दिन त्यति राम्रा छैनन् । मनमा अनेकौँ किसिमको चिन्ता होला । मङ्गलबारदेखि मात्र सुधारको सुरुवात होला । बिहीबारको दिनमा विशेषखालको धार्मिक काम हुन सक्छ । गणेशको आराधना र पूजा वर्तमानका लागि अति आवश्यक छ ।