ब्रेकअप पछिको पीडाले यताउति भट्किरहन्छन् यी ६ राशिका जातक

काठमाडौँ : ब्रेकअपको पीडा भुल्न जोकोहीँको लागि त्यति सहज हुँदैन। केही मानिसहरुका लागि केही दिनमै सबै चीज सामान्य हुन्छ भने केहीका लागि ब्रेकअपको पीडा भुल्न वर्षौं लाग्छ। केही मानिस एउटा सम्बन्धबाट निस्केर छिट्टै अर्को नयाँ सम्बन्धको लागि तयार हुन्छन्, केही मानिस ब्रेकअपपछि नराम्ररी टुट्छन्।

मेष राशि  – यस राशिका जातक अत्यन्तै उत्साही र स्वतन्त्र हुन्छन्। यिनीहरु रिलेशनशिपमा हुँदा आफ्नो पार्टनरको राय र विचारलाई अत्यधिक महत्व दिन्छन् र आफ्नो विचारलाई बेवास्ता गर्छन्। यिनीहरु सधैं आफ्ना एक्स पार्टनरले के सोच्लान् भनेर अफसोस गरिराख्छन्।

वृष राशि : यस राशिका जातक आफ्ना प्रियजनप्रति धेरै सुरक्षात्मक हुन्छन्। यिनीहरु सम्बन्धमा आफ्नो १०० % दिने प्रवृतिका हुन्छन्। सम्बन्धलाई पार्टनरले भन्दा बढी आफूले महत्व दिएको यिनीहरु पछुतो मान्छन्।

मिथुन राशि – यस राशिका जातक आफू जुन सम्बन्धमा थिए त्यो आफ्नो लायकको थिएन भनेर पछुतो मान्छन्। यिनीहरु आफ्नो पूर्व सम्बन्धलाई एक गल्ती मानी यताउता भट्किरहन्छन्।

कर्कट राशि – यस राशिका जातक कोमल-हृदयका हुन्छन्। अरूले जति गलत काम गरेपनि यिनीहरु आफ्नो प्रियजनको मन कहिल्यै दुखाउन चाहँदैनन्। यहीँ कुराको अरुले फाइदा उठाउँछन्।

सिंह राशि – यस राशिका जातक टाठाबाठा हुन्छन्। तर जब यिनीहरु कुनै सम्बन्धमा हुन्छन् तब यिनीहरु आफ्नो सोचाई-बुझाईलाई महत्व दिँदैनन्। यिनीहरु आफ्नो पार्टनरलाई असीमित प्रेम गर्छन् र तिनको गल्तीलाई पनि नजरअन्दाज गर्छन्। यसकारण यिनीहरु सही समयमा आफूलाई विश्वास नगरेको पछुतो मान्छन्।

कन्या राशि : यस राशिका जातक ती व्यक्तिलाई प्राथमिकता दिन्छन्, जुन तिनको जीवनमा लामो समयसम्म कहिल्यै टिक्दैनन्। यिनीहरु आफ्नो एक्स पार्टनरलाई आफूभन्दा बढी प्राथमिकता दिएकोमा पछुतो मान्छन्।

तुला राशि – यस राशिका जातक आफ्नो पार्टनरको खुशीको लागि आफ्नो खुशीलाई बलिदान दिन्छन्, जसले यिनको मानसिक स्वास्थ्यमा असर पुर्याउँछ।

वृश्चिक राशि – यस राशिका जातकको पछिल्लो सम्बन्ध टुट्नुको प्रमुख कारण हो एक्स पार्टनरले यिनलाई नियन्त्रणमा राख्न खोज्ने व्यवहार हो। यिनीहरु आफ्नो स्वतन्त्रतालाई धेरै महत्व दिन्छन्।

धनु राशि – हँसमुख व्यक्तित्वका धनी यस राशिका जातक ब्रेकअपपछि बिल्कुलै उदास स्वभावका हुन्छन्। यिनीहरुलाई स-साना कुराले पनि चित्त दुखाउँछ। यिनीहरु आफ्नो एक्सको गल्तीलाई सुधार्न खोज्दैनन्, चुपचाप बस्छन्। यहीँ कुराले यस राशिका जातकलाई पश्चाताप गराउँछ।

मकर राशि – यस राशिका जातक तब सम्म अफसोसमा रहन्छन्, जबसम्म यिनीहरु कुनै नयाँ सम्बन्धमा बाँधिदैनन्। यिनीहरु सामान्यतया: आफ्नो दबंग पर्सनालिटीको लागि चिनिन्छन्।

कुम्भ राशि – यस राशिका जातक आफ्नो सम्बन्धमा आफ्नो एक्स पार्टनरको माग पूरा गरेकोमा पश्चाताप मान्छन्। यिनीहरु आफ्नो सम्बन्धमा यति धेरै महत्व दिन्छन् कि आफ्नो पार्टनरको छलकपट वाला व्यवहार बुझ्न असफल हुन्छन्।

मीन राशि – यस राशिका जातक अत्यन्तै संवेदनशील हुन्छन्। यिनीहरु सजिलै स-साना कुरामा आहत हुन्छन्। यिनीहरुका मनमा पार्टनरले छोड्लान भनेर डर हुँदैन। तर पनि आफ्नो सम्बन्ध एक देखावटी मात्र भएकोमा पछुतो मान्छन्।

प्रकाशित : मङ्गलबार, असार २२, २०७८१७:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि असार २३ को बुधवारको दैनिक राशिफल : राशिअनुसार शुभ-अशुभ कस्तो रहला तपाईको दिन ?