स्वयम्बर गर्नको लागि अर्शी खानले पाउँदैछिन् ७ करोड भारु

एजेन्सी : बिग बोस फेम एक्ट्रेस अर्शी खान पछिल्लो समय आफ्नो स्वयम्बरको कारण चर्चाको केन्द्रमा छिन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार अर्शी सानो पर्दामा स्वयम्बर गर्दै छिन्। यस शोको नाम ‘आएंगे तेरे सजना’ हो। खबर अनुसार यस शोको लागि अर्शीले मोटो रकम लिएकी छिन्।

खबर अनुसार यो स्वयम्बर शोको लागि अर्शी खानलाई ७ करोड भारु दिईएको छ। अर्शी खानको लोकप्रियताको कारण शो निर्माता उनलाई शोमा जसरी पनि लिन चाहन्छन्। अर्शीलाई बिग बोसमा असाध्यै मन पराईएको थियो। यसकारण फिल्म निर्माता अर्शीलाई स्वयम्बर शोको लागि ७ करोड भारु दिन सहमत भएका छन्।

एक अन्तर्वार्तामा अर्शी खानले आफ्नो स्वयम्बरमा सलमान खानसँग दुलहा खोज्न सहयोग मागेकी थिईन्। उनका अनुसार सलमान खानले उनलाई अगाडी बढ्न र सफल हुन् सहयोग गरेको छन्।

अर्शी खानलाई स्वयम्बरको लागि शहनाज गिल भन्दा बढी पारिश्रमिक दिईएको छ। खबर अनुसार शहनाज गिललाई स्वयम्बर शो ‘मुझसे शादी करोगे’ को लागि १.५ करोड भारु प्रस्ताव गरिएको थियो।

प्रकाशित : शनिबार, असार १९, २०७८१८:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ब्लु ड्रेसमा यी अभिनेत्रीको सुन्दरतामा मोहित नहुने विरलै होलान्, हेर्नुस् तस्बिर