कर्कट राशिमा शुक्र ग्रहको प्रवेश, १२ वटै राशिमा पर्नेछ शुभ-अशुभ प्रभाव

काठमाडौँ : हरेक ग्रहको चाल, तिनको राशि परिवर्तन र तिनले अरु ग्रहसँग मिलेर योग बनाउँदा सबै १२ वटै राशिहरुमा प्रभाव पर्छ। यसमा शुक्र ग्रह र तिनको राशि राशि परिवर्तन पनि अत्यन्तै महत्वपूर्ण छ किनकी यो सुख-समृद्धि, सौन्दर्यको कारक ग्रह हो। शुक्र ग्रहको राम्रो स्थिति हुँदा भौतिक सुख दिलाउँछ। आउँदो महिना साउनको २ गते(जुलाई १७) सम्म शुक्र(Venus) ग्रह कर्कट राशि(Cancer) मा रहनेछ। यसैबीच सबै राशिहरुमा  कस्तो प्रभाव पर्ला त ?

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

शुक्रको यो राशि परिवर्तन मेष राशिका जातकका लागि राम्रो छ। यसबीच आर्थिक सङ्कट दूर हुनेछन् र धनलाभ हुनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

वृष राशिका जातकको लागि यो समय मध्यम फलदायी छ तर विद्यार्थी वर्गका लागि यो समय अत्यन्तै शुभ छ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

मिथुन राशिका जातकले यस समयावधिमा सवारीसाधन चलाउँदा सावधानी अपनाउनुपर्ने देखिन्छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

कर्कट राशिका जातकको लागि पनि शुक्रको राशि परिवर्तन शुभ छ। तिनले यस अवधिमा सफलता हासिल गर्नेछन्।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

सिंह राशिका जातकका व्यक्तित्व यस अवधिमा प्रभावशाली रहनेछ। यसको तिनलाई फाइदा मिल्नेछ। आर्थिक लाभ पनि सम्भावना छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

कन्या राशिको जातकको लागि पनि शुक्र कर्कट राशिमा रहनु राम्रो हुन्छ। तिनले यस अवधिमा सामाजिक पद-प्रतिष्ठा प्राप्त गर्नेछन्। मान-सम्मानमा बढोत्तरी हुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तुला राशिका जातकको लागि पनि यो समय राम्रो छ। तिनलाई यस अवधिमा धन लाभ हुनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

वृश्चिक राशिका जातकले यस अवधिमा शासन-सत्‍ताको सुख प्राप्त गर्नेछन्। विभिन्न क्षेत्रका अड्किएका काम पूरा हुने योग छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

धनु राशिका मानिसले यस समयावधिमा सामना अनेक समस्याको सामना गर्नुपर्नेछ। तिनको शत्रु बढ्नेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

मकर राशिका जातकले यस अवधिमा अकल्पनीय सफलता हासिल गर्नेछन्। आयश्रोत पनि बढ्नेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

कुम्भ राशिका जातकले माङ्गलिक कार्यमा सामेल हुने अवसर पाउनेछन्। तिनले केही राम्रो मौका पनि पाउनेछन्।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

मीन राशिका जातकले नोक्सानी ब्होर्नुपर्नेछ। हातमा आएका अवसर फुत्किन सक्छ। धैर्यता कायम राख्नुहोला।

प्रकाशित : शुक्रबार, असार १८, २०७८१८:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि शनिबारको दैनिक राशिफल : तपाईको दिन राम्रो-नराम्रो कस्तो रहला ? [ॐ नमः शिवाय]