एजेन्सी : हिन्दु धर्मअनुसार ज्यातिषशास्त्रको माध्यमबाट मानिसको भविष्यवाणी तथा विभिन्न खालका समस्याहरुबाट मुक्ति पाउन सकिने कुरा उल्लेख गरिएको छ। खासमा मानिसका जीवनमा ३ प्रकारका समस्याहरुको समाधान या जानकारी खोजिरहेका हुन्छन् ।
पहिलो समस्या भनेको भविष्य (करियर), दोस्रो धन-सम्पत्ति र तेस्रो भनेको प्रेम-सम्बन्ध या विवाह नै हुन् । यस्ता तीन कुराको जवाफ खोज्दै मानिस यताउता भौतारिदै हिडिरहेका हुन्छन। सही भएको खण्डमा जीवन सही रुपमा अघि बढ्न सक्छ । ज्योतिष विद्या १२ राशि र ९ ग्रहमा आधारित छ । तपाईको जन्मको समय, स्थानका आधारमा तपाईको जन्मकुण्डली बनाइन्छ । जसले तपाईको जीवनको पूर्ण विवरण दिनसक्छ ।
प्रेम/विवाह
विवाह यो सम्बन्धमा जोडिने दुईबीचको सामजस्यता हो । राशि अनुसार केटा र केटीबीचको प्रेम सम्बन्ध या विवाह कुन हदसम्म र कति सफल हुन्छ भन्ने पत्ता लगाउन सकिन्छ ।
ज्योतिषशास्त्रका अनुसार यी राशि हुने मानिसहरुले प्रेम या विवाह गरे असफल हुन्छ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) र कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) र कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) र वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) र मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) र कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) र कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) र तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) र वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) र सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) र धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) र कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) र मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
यी राशि भएकाहरुबीच विवाह र प्रेम सम्बन्ध भएको खण्डमा ती सम्बन्धहरु दिगो र लामो समय चल्ने खालका हुँदैनन् । यदि माथि उल्लेख गरिएका राशिबीच विवाह र प्रेम सम्बन्ध कायम छ भने ज्योतिषीसँग सल्लाह लिन आवश्यक छ ।
दुई राशि र तिनका कुण्डलीका आधारमा ज्योतिषमा तिनको दोष कट्टा गर्ने उपायहरु समेत उपलव्ध भएको हुन्छ ।