लोभीपन भन्ने या लाटोपन : करौडौं रुपैयाँ कमाएर पनि भाडाको घरमा बस्छन् यी स्टार्स

एजेन्सी : बलिउड स्टार्स फिल्मबाट करौडौं रुपैयाँ कमाउँछन्। उनीहरुका जीवनशैली पनि विलासी हुन्छ। उनीहरुसँग महँगा-महँगा गाडीहरुका कलेक्सन हुन्छ। उनीहरु आलिशान बङ्गला या अपार्टमेन्टमा बस्छन्। भारतभरीका मानिस आफ्नो भाग्य चम्काउन मुम्बईमा जान्छन्।

कडा सङ्घर्षपछि कतिपयले सफलता हात पार्छन् भने कतिपय सफलताको आशमा असफलताको भुमरीमा जिन्दगीभर रुमलिरहन्छन्। मुम्बई बाहिरबाट आएका कतिपय स्टार्सले मुम्बईमै घर खरिद गर्छन् भने कतिपय चाहीँ करौडौं सम्पत्ति कमाए पनि भाडाकै घरमा बस्छन्।

कट्रिना कैफ(Katrina Kaif) :

कट्रिना कैफको गन्ती बलिउडमा शीर्ष सबैभन्दा सफल अभिनेत्रीहरुमा हुन्छ। वर्षौदेखि उनले बलिउड इन्डस्ट्रीमा राज गर्दै आएकी छिन्। एउटा फिल्ममा अभिनय गरेको उनी करौडौं पारिश्रमिक लिन्छिन्।

कट्रिना पछिल्लो १७ वर्षदेखि मुम्बईमा बस्दै आएकी छिन्। तर अहिलेसम्म उनले घर किनेकी छैनन्। उनी अँधेरी वेस्टमा आफ्नी बहिनी इसाबेल कैफ(Isabelle Kaif) सँग भाडामा बस्छिन्। भारतीय सञ्चारमाध्यमहरुका खबर अनुसार उनले १५ लाख भारु भाडा दिँदै आएकी छिन्।

ज्याक्लिन फर्नान्डिज(Jacqueline Fernandez) :

यस सूचीमा बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिजको नाम पनि समावेश छ। उनी पछिल्लो केही वर्षदेखि मुम्बईको बान्द्रामा भाडाको घरमा बस्दै आएकी थिईन्।

अहिले उनी प्रियंका चोपडाको जुहू स्थित फ्ल्याट भाडामा लिई बस्दै आएकी छिन्। सञ्चारमाध्यमहरुका रिपोर्ट्स अनुसार ज्याक्लिन प्रत्येक महिना ६.७८ लाख भारु भाडा तिर्छिन्।

नवाजुद्दीन सिद्दीकी(Nawazuddin Siddiqui) :

नवाजुद्दीन सिद्दीकी पछिल्लो २५ वर्षदेखि मुम्बईमा बस्दै आएका छन्। करियरको सुरुवातमा उनले सफलता पाएनन् तर अहिले उनले ठुल्ठुला ब्यानरका फिल्महरुमा काम गरिसके।

नेटफ्लिक्स सिरिजको आगमनसँगै उनको लोकप्रियता पछिल्लो समय ह्वात्तै बढेको छ। एउटा फिल्मको लागि उनी करौडौं पारिश्रमिक लिन्छन्। तर पनि अहिलेसम्म उनले घर किनेका छैनन्।

राजकुमार राव(RajKumar Rao) :

बलिउड अभिनेता राजकुमार राव बलिउड चलचित्र क्षेत्रको चर्चित नाम हो। उनले पनि बलिउडमा धेरै समय बिताइसके। तर पनि उनले अहिलेसम्म मुम्बईमा घर किनेका छैनन्।

उनी आफ्नी गर्लफ्रेन्ड पत्रलेखा(Patralekha) सँग अँधेरीस्थित लक्जरियस अपार्टमेन्टमा बस्छन्। उनले महिना लाखौँ रुपैयाँ भाडा तिर्दै आएका छन्।

सनी लियोनी(Sunny Leone) :

बलिउड अभिनेत्री सनी लियोनी एउटा फिल्मको करौडौं रकम लिन्छिन्। तर अहिलेसम्म पनि उनी भाडाकै घरमा बस्दै आएकी छिन्। तर हालै उनले १६ करोड भारुमा ४३६५ वर्ग फूटको अपार्टमेन्ट खरिद गरेकी छिन्।

प्रकाशित : सोमबार, असार ०७, २०७८११:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साहसी बलिउड अभिनेत्री : को-एक्टरले गलत तरिकाले छोएपछि हाने जोडदार थप्पड