साप्ताहिक राशिफल : यी ५ राशिलाई स्वास्थ्यसम्बन्धी समस्या परिरहला, यो साता तपाईको लागि कस्तो रहला

• ज्योतिषाचार्य दामोदरनाथ लोहनी
(साताको राशिफल : असार ५ देखि ११ गतेसम्म) (साताका चाड : ६ गते गङ्गा दशहरा । ७ गते निर्जला एकादशी व्रत, तुलसीको दल छर्ने । ८ गते प्रदोष व्रत । १० गते पूर्णिमा व्रत, (ज्यापून्ही), गैडुपूजा, मन्वादि ।)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

साताका मङ्गलबारबाहेक अरू दिन राम्राखालका छन् । सोचेकोजति नभए पनि सामान्य किसिमको आर्थिक लाभ भइरहला । घरपरिवारमा राम्रो वातावरण रहला भने मित्रहरूले पनि सहयोग गरिरहनेछन् । विशेषगरी व्यापार, व्यवसायमा क्रमिक सुधार हुने देखिन्छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

खर्च नघटे पनि आम्दानीका स्रोत बिस्तारै खुलेर जानेछन् । मनको बह बिस्तारै घटेर जाला । परिवारको सदासयता र मित्रहरूको सहयोगले पनि प्रशस्त काम गर्नेछ । पढाइको क्षेत्रमा केही प्रगति हुने देखिन्छ । साताका पछिल्ला दिन भने त्यति उत्कृष्ट खालका छैनन्।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

सुरुको दिनमा स्वास्थ्यसम्बन्धी समस्या पर्न सक्छ । विशेषगरी पेटमा गडबड होला कि जस्तो छ । त्यसैले खानपानमा सतर्क हुनुहोस् । त्यसपछि बुधबारसम्मका दिनहरू सामान्य रूपले बित्नेछन् । हातले समातेको व्यवसायले थोरै भए पनि आर्थिक लाभ दिइरहनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

धेरै समस्यासित जुध्नुपर्ने समय छ । स्वास्थ्यस्थिति पूरा राम्रो रहने छैन । मद्दत गर्नेभन्दा रिस गर्नेको सङ्ख्या बढी छ । व्यापारसम्बन्धी कामले मात्र तपाईंलाई मद्दत गर्ला । बौद्धिक स्तर भने पहिलेको भन्दा अलिकति सुध्रिएरै आएको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

पूर्वाद्ध राम्रोखालको छ । सोचेकोभन्दा निकै काम बन्नेछन् तर मङ्गलबार र बुधबारका दिन भने निराशा दिनेखालका नै देखिन्छन् । स्वास्थ्यसम्बन्धी समस्या परिरहला । आफ्ना लागि भन्दा पनि परिवारका लागि बढी खर्च गर्नुपर्ने देखिन्छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

सातालाई राम्रै रूपमा लिन सकिन्छ । सुरुको दिनमा इष्टमित्रसँग भेटघाट हुने र रमाइलोसमेत गरिएला । आर्थिक हानि देखिन्न । बरु कुनै माङ्गलिक कामको व्यस्ततामा समय बितिरहला । पढाइ एवम् शैक्षिक कार्यमा समेत पहिलेको भन्दा गतिशीलता बढ्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

शनिबारको दिनमा निकै खर्च हुनेछ । आफ्नै खर्चले भोजभतेरको आयोजना गर्नुपर्ला जस्तो छ । मद्दत दिनेभन्दा खर्च गराउनेखालका मित्र धेरै छन् । खेलबाडतिर बढी मन नदिनुहोस् । आर्थिक हानिमात्र होलाजस्तो छ । मनमा निराशाका प्रवृत्ति बढी रहनेछन्।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

संयमित हुनुपर्ने समय छ । बाधा दिने तत्व प्रशस्त छन् । मद्दत गर्नेको सङ्ख्या कम छ । मानप्रतिष्ठा वृिद्ध होलाजस्तो देखिन्न । सुरुका दिनमा त सोचेकोभन्दा निकै नै आर्थिक हानिसमेत हुन सक्छ । बरु शैक्षिकसम्बन्धी काममा समय थप्नुहोस् ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

मध्यमखालको साता छ । एकैठाउँमा स्थिर भएर बस्न सकिने छैन । यही अस्थिरताले गर्दा आँटेका काम पूरा हुन धेरै समय लाग्नेछ । बङ्गलामुखीको दर्शन र आराधना गर्न थालिहाल्नुहोस् । मित्रवर्गबाट सामान्यखालको आश्वासनमात्र पाइनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

स्वास्थ्य पूरा राम्रो होलाजस्तो देखिन्न । आफ्नोमात्र नभएर घरपरिवारको स्वास्थ्यका कारण पनि खर्च भइरहला तर साताको पूर्वाद्र्धमा भने केही गतिला काम बनेर आर्थिक लाभसमेत गर्नुहुनेछ । व्यापार र व्यवसायमा तपाईंको बौद्धिक प्रतिभाले ठीक काम गर्ला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

आम्दानी एवम् खर्च बराबरै जस्तो छ । व्यावसायिक एवम् व्यापारिक काममा पहिलेको जस्तो निराशा देखिन्न । मङ्गलबारसम्मका दिनहरू गतिलाखालका छन् । पढाइ एवम् लेखाइ दुवैतिर प्रगति हुँदै जाला । मुद्दामामिला एवम् वादविवादमा समेत तपाईंकै पक्ष बलियो छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

पहिलेको जति निराशा नभए पनि सोचेकोजस्तो प्रगति भने यो साता होलाजस्तो छैन । ज्यादै थोरै मात्रामा आर्थिक लाभ गर्नुहुनेछ । कामको बोझ भने बिस्तारै बढेर जाला । स्वास्थ्यस्थिति मध्यममात्र छ । बौद्धिक प्रगति भने सुधारोन्मुख देखिन्छ । नारायणको दर्शन गर्नुहोस् ।

प्रकाशित : आइतबार, असार ०६, २०७८१५:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि निर्जला एकादशी व्रत : तपाईको दिन शुभ-अशुभ कस्तो रहला ? हेर्नुहोस् राशिफल