यी राशिबीच कहिल्यै कुरा मिल्दैन्, हरेक कुरामा हुन्छ झगडा !

काठमाडौँ : हामी धेरै मानिसहरुसँग मिल्छौँ, तिनीहरुसँग हाम्रो कुरा पनि मिल्छ तर केही मानिसहरुसँग हाम्रो कुरै मिल्दैन, हरेक कुरामा विवाद हुन्छ। ज्योतिष अनुसार यस पछाडी मानिसहरुका ग्रह जिम्मेवार हुन्छन्। यदि मैत्रीक ग्रह मिलेमा आपसमा कुरा मिल्छ, नत्र शत्रु ग्रह मिलेमा झगडा हुन्छ। आज हामी ती राशिका बारेमा बताउँछौँ, जसको एकापसमा कुरा मिल्दैन।

यी राशि जसको आपसमा कुरा मिल्दैन :

मेष र कर्कट राशि : मेष र कर्कट राशिका जातक आपसमा कहिल्यै कुरा मिल्दैन्। मेष राशि मनमौजी स्वभावका हुन्छन् र सर्वप्रथम आफ्नो बारेमा सोच्छन्। जबकि कर्कट राशिका जातक अरुको बारेमा बढी सोच्छन्। उनीहरु प्राय: अरुबाट राम्रो व्यवहारको आशा राख्छन्। यहीँ कारण यी दुई राशिबीच एकआपसमा कुरा मिल्दैन्।

कुम्भ र वृष राशि : कुम्भ र वृष राशिबीच पनि आपसमा कुरा मिल्दैन्। यदि दुई राशिका जातकले पार्टनरशिपमा काम गरे या जीवनसाथी बने ठुलो कठिनाई पर्ने देखिन्छ। वृष राशिका मानिस धेरै जिद्दी हुन्छन् भने मेष राशिका जातक स्वतन्त्र स्वभावका हुन्छन्। यी दुईबीच स-साना कुरामा झगडा हुन्छ।

मीन र मिथुन राशि : मीन र मिथुन राशिका जातक एक-अर्कालाई बुझ्न सक्दैनन्। मिथुन राशिका जातक प्राय: एउटा बोल्छन् तर अर्को गर्छन्। मीन राशिका जातक सिधा र अत्यन्तै भावुक हुन्छन्। यिनीहरुसँग गरिएको बाचा पूरा गरिएन भने यिनीहरु धेरै रिसाउँछन्। यी दुई राशिबीच प्राय: झगडा हुन्छ र एक-अर्कामाथि गल्ती थोपार्छन्।

प्रकाशित : बुधबार, असार ०२, २०७८१५:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि असार ३ गते बिहिबार : २ राशिलाई धन प्राप्तिको योग छ, तपाईको दिन कस्तो रहला ?