काठमाडौँ : यो साँचो हो कि पैसा सबथोक हैन तर पैसाको अपरिहार्यतालाई नकार्न सकिन्न। पैसाले सबथोक खरिद गर्न सकिन्न तर पैसाले धेरै थोक खरिद गर्न सकिन्छ। भौतिक सुख-सुविधा भोग गर्नको लागि पैसा आवश्यक पर्छ। भौतिक जीवनलाई सुचारु रुपबाट चलाउनको लागि धन आवश्यक पर्छ। केही विशेष मानिसहरुका लागि पैसाको आधारमा सम्बन्ध बन्छ। तिनको लागि सम्बन्ध बढी पैसाको महत्व हुन्छ।
केही मानिसहरुका लागि पैसा नै सबथोक हुँदैन। उनीहरुका लागि नाता-सम्बन्ध, प्रेम-भावना, मान-सम्मान आदि पैसा भन्दा बढी महत्वपूर्ण हुन्छ। ज्योतिष शास्त्र अनुसार केही विशेष राशिका जातक सम्बन्धको तुलनामा पैसासँग धेरै लगाव राख्छन्। भौतिक संसाधनले भरिपूर्ण दुनियाँ नै यिनीहरुका लागि सबथोक हुन्छ। यहीँ यिनको सारा संसार हुन्छ। ज्योतिष विज्ञान अनुसार वृष, वृश्चिक, धनु र मकर राशिका जातक सम्बन्ध भन्दा पैसा प्रति बढी लगाव राख्छन्।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
वृष राशिचक्रको दोस्रो राशि हो। यस राशिको स्वामी शुक्रदेव हुन्, जसलाई समस्त भौतिक सुखको कारक मानिन्छ। वृष राशिको जातकमा शुक्र ग्रहको विशेष प्रभाव देख्न सकिन्छ। यस राशिका जातक भौतिक सुख-संसाधनमा आफ्नो जीवन व्यतीत गर्न चाहन्छन्।
यस राशिका जातक विश्वनीय हुन्छन्। तर यिनको लागि धनको स्थान सबैभन्दा माथि हुन्छ। यस राशिका मानिस आफ्नो जीवन शान-देखावटीमै बिताउन चाहन्छन्। यिनीहरु सम्बन्ध पनि पैसाको स्वार्थको आधारमा बनाउँछन्।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
वृश्चिक राशिचक्रको आठौँ राशि हो। यो राशिको स्वामी मङ्गल देव हुन्। यस राशिको जातकमाथि मङ्गल ग्रहको विशेष प्रभाव देख्न सकिन्छ। यो राशिका जातक स्वतन्त्र प्रवृति र बुद्धिमान हुन्छन्।
यिनीहरु सुख-सुविधातर्फ अधिक लालायित हुन्छन्। यसैकारण यस राशिका जातक सबैभन्दा बढी पैसालाई माया गर्छन्। यिनीहरु पैसाको आधारमै सम्बन्ध बनाउँछन्।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
धनु राशिचक्रको नवौँ राशि हो। यस राशिको मालिक देवगुरु बृहस्पति हुन् जसलाई ज्ञान, धर्म, भाग्यको कारक मानिन्छ। यस राशिको जातकको पैसासँग धेरै लगाव हुन्छ।
यस राशिका जातक नयाँ-नयाँ ठाउँ घुम्न सौखिन हुन्छन्। यद्यपि भौतिक सुख-सुविधा पाउनको लागि धेरै मेहनत गर्छन्। यिनीहरु आफ्नो पार्टनरसँग धेरैथोक आश राख्छन्।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
मकर राशिचक्रको दशौँ राशि हो। यस राशिको स्वामी शनि महाराज हुन्। यस राशिको जातकमा शनि महाराजको विशेष कृपा रहन्छ। यस राशिको जातक निकै मेहनती स्वभावका हुन्छन्।
यस राशिका जातक जब मनमा केही गर्ने अठोट लिन्छन् तब त्यो पूरा गरेर नै छाड्छन्। यस राशिका जातक पैसाप्रति धेरै लगाव राख्छन्। यिनीहरु पैसालाई सम्बन्ध बढी महत्व दिन्छन्।