आखिर किन आफूभन्दा बढी उमेरका महिलाप्रति आकर्षित हुन्छन् पुरुष, यस्ता छन् ८ कारण

एजेन्सी : बलिउडमा प्रियंका चोपडा(Priyanka Chopra)-निक जोनास(Nick Jonas), मलाइका अरोडा(Malaika Arora)-अर्जुन कपूर(Arjun Kapoor), गौहर खान(Gauhar Khan)-जैद दरबार(Zaid Darbar) र अभिषेक बच्चन(Abhishek Bachchan)-ऐश्वर्या राई(Aishwarya Rai) लगायत यस्ता थुप्रै जोडीहरु छन् जहाँ पति भन्दा पत्नी उमेरले जेठी छन्।

नेपाली फिल्म इन्डस्ट्रीका चर्चित कलाकार प्रियंका कार्की(Priyanka Karki) र आयुष्मान देशराज जोशी(Ayushman Deshraj Joshi) पनि उमेर अन्तरको कारण खुब चर्चामा आए। तैपनि उनीहरुका जोडी पर्फेक्ट साबित भएको छ। पुरुषले आफू भन्दा कम उमेरकी महिलासँग विवाह गर्नुपर्छ भन्ने मानसिकतालाई उनीहरुले खुल्ला चुनौती दिएका छन्। मनोरञ्जन क्षेत्रमा संलग्न मानिसहरुले मात्र नभई सर्वसाधारणले पनि यस्तै ट्रेन्ड अपनाउन थालेका छन्।

पुरुष आफूभन्दा बढी उमेरका उमेरका महिलाप्रति यी तमाम कारण आकर्षित हुन्छन्। आज हामी तपाईलाई आफू भन्दा बढी उमेरका महिलासँग पुरुष किन आकर्षित हुन्छन् भन्नेबारे बताउँछौँ।

१. पुरुष भन्दा बढी उमेरका महिला परिपक्व र अनुभवी हुन्छन्। जसले गर्दा उनीहरुले हरेक कुरा सजिलै बुझ्छन र समस्याहरु सजिलै हल गर्छन्। जुन पुरुषलाई असाध्यै मन पर्छ।

२. ठुला उमेरका महिला सधैँ गसिप गर्दैनन्। आफ्नो अनुभवको कारण उनीहरु मानिसहरुसँग राम्ररी डिल गर्न सक्छन्। बेकामका गसिपले उनीहरु आफ्नो पार्टनरलाई फ्रस्टेट गर्दैनन्।

३. उनीहरु आत्मविश्वासी हुन्छन्। उनीहरुलाई कठिन समयमा समस्यालाई कसरी पार लगाउने भन्नेबारे ज्ञान हुन्छ।

४. उनीहरुका परिपक्वताले कुनै सम्बन्धमा अल्झिरहन दिँदैन्। उनीहरु आफ्नो साथीलाई समय दिन र तिनको सम्मान गर्नमा विश्वास गर्छन्।

५. उनीहरु भावनात्मक रुपमा पनि परिपक्व हुन्छन्। सम्बन्धमा एक कमजोर पलको समयमा उनीहरु अनावश्यक नाटक गर्दैनन्। उनीहरु आफ्नो भावनालाई परिपक्वताको साथ सम्हाल्छन्।

६. बढी उमेरका महिलालाई डेट गर्नुको मतलव हरेक दिन नयाँ कुरा सिक्ने र अनुभव गर्नु जस्तै हो। पुरुषले आफ्नो साथीसँग हरेक पल नयाँपन अनुभव गर्न सक्नेछन्।

७. बढी उमेरका महिला आर्थिक मामिलामा पनि निकै परिपक्व हुन्छन्। उनीहरु आफ्नो पार्टनरको बोझ कम गर्नको लागि आर्थिक जिम्मेवारी आफ्नो काँधमा लिन्छन्। यहीँ महिलाको एक खास कुरा हो, जुन पुरुषलाई सबैभन्दा बढी मन पर्छ।

८. जब दुवै पार्टनर परिपक्व हुन्छन् तब सम्बन्धमा एक-अर्काको लागि आपसी समझदारी र सम्मान हरेक दिन बढ्छ।

प्रकाशित : आइतबार, जेठ २३, २०७८११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

श्वेता तिवारीकी भर्खर २० टेकेकी छोरीको यति ह:ट तस्बिर, आँखाले खान्छ धोका