काठमाडौँ : बुधबार जेठ १२ गते बुद्ध पूर्णिमाको दिन २०७८ सालकै पहिलो चन्द्रग्रहण(Lunar eclipse) लाग्यो। तर हाम्रो देश नेपालबाट भनेको देखिएको थिएन्। अब यहीँ जेठ महिनाको २७ गते बिहिबार औँसीको दिन सूर्य ग्रहण(Solar Eclipse) लाग्दै छ। यो सूर्य ग्रहण वृष राशिमा लाग्नेछ।
यो सूर्य ग्रहणको असर मेष देखि मीन राशिसम्म सबै राशिहरुमा पर्नेछ। ज्योतिष शास्त्रमा ग्रहणलाई प्रभावशाली खगोलीय घटना मानिन्छ। आंशिक रुपमा सूर्य या चन्द्रग्रहणको असर मानव जीवनमा पर्नेछ। यो सूर्यग्रहण जेठ २७ गते बिहिबार ज्येष्ठ कृष्णपक्षको औंसी तिथिमा लाग्दैछ। सोही दिन शनि जयन्ती पनि परेको छ।
यो सूर्य ग्रहण नेपालबाट पनि देखिनेछ। नेपालबाहेक क्यानडा, रुस, ग्रीनल्याण्ड, युरोप, एसिया र उत्तरी अमेरिकाबाट पनि देखि यो सूर्य ग्रहण देखिनेछ। नेपालमा यो ग्रहण दिउँसो १ बजेर ५५ मिनेट देखि साँझ ६ बजेर ५५ मिनेटसम्म रहनेछ। नेपालमा यो आंशिक सूर्य ग्रहण(Partial Solar Eclipse) हुनेछ। यो ग्रहणमा सूतक काल मान्य हुनेछैन। अन्यथा सामान्यता: सूर्य ग्रहण भन्दा १२ घण्टा अघि सूतक काल प्रारम्भ हुन्थ्यो।
वर्षको पहिलो यो सूर्य ग्रहणको सर्वाधिक असर वृष राशिमा पर्नेछ। वृष राशिका जातकले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ। धनको मामिलामा सावधानी अपनाउनुहोला। स्वच्छताको मामिलामा कुनै सम्झौता र लापरवाही नगर्नुहोला। अन्यथा हानिनोक्सानी ब्होर्नुपर्नेछ।