बुद्धिमान ग्रह बुधले गर्यो राशि परिवर्तन, यी ५ राशिको चम्किनेछ भाग्य

काठमाडौँ : ज्योतिष शास्त्रमा बुध ग्रहको धेरै महत्व छ। यसलाई बुद्धिमान ग्रह मानिन्छ। बुध ग्रह कमजोर हुँदा मानिसको जीवनमा अनेक समस्याहरु आइपर्छन्। तर कुण्डलीमा बुध बलवान भए मानिसको जीवन खुशीयालीपूर्ण रहनेछ। जेठ १२ गते(२६ मे)  बुद्ध पूर्णिमाको दिन बुध ग्रहले आफ्नो राशि परिवर्तन गरेको छ। बुध ग्रह मिथुन राशिमा प्रवेश गरेको छ। बुध ग्रहको गोचरले १२ वटै राश हरुमा कस्तो असर पर्छ त ? हेर्नुहोस्।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

बुधको गोचरले यस समयावधिमा यस राशिका जातकका सम्बन्ध वरिपरीका मान्छेसँग राम्रो रहनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ र उचित सम्मान पाउनुहुनेछ। मेहनत गर्नुहोला। व्यवसायको क्षेत्रमा सफलता मिल्नेछ। यात्राको अवधिमा सावधानी अपनाउनुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

यस गोचरको अवधिमा यस राशिका जातकलाई आर्थिक लाभ हुने सम्भावना छ। धन लाभ हुनेछ। व्यर्थका चीजहरुमा खर्च नगर्नुहोला। कसैबाट सापटी लिने या कसैलाई रकम सापटी दिने काम नगर्नुहोला। कुनै पनि क्षेत्रमा सोचविचार गरेर मात्र लगानी गर्नुहोला। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

यस राशिका जातकलाई बुधको राशि परिवर्तन अत्यन्तै शुभ साबित हुनेछ। यस राशिका जातकले जागिर र व्यापारको क्षेत्रमा सफलता हासिल गर्नेछन्। लगानी गर्नु लाभदायी हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

यस राशिका जातक सतर्क रहन जरुरी छ। धन हानिको योग छ। कसैलाई पैसा सापटी नदिनुहोला। सोचविचार गरेर मात्र धन खर्च गर्नुहोला। नोकरी र व्यापारको क्षेत्रमा धेरथोर बदलाव आउन सक्छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

यस राशिका जातकको लागि यो समय अनुकूल छ। यस राशिका जातकले आफ्नो भावनात्मक सम्बन्धमा केही उल्झन महसुस गर्नेछन्। यसकारण आफ्नो सम्बन्धमा सक्दो समय दिने प्रयास गर्नुहोला। स्वास्थ्य सम्बन्धी समस्या दूर हुनेछन्।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

यस राशिका जातकले करियरमा सफलता पाउनेछन्। आर्थिक रुपले यो अवधि तपाईको लागि राम्रो छ। व्यर्थको खर्च नगर्नुहोला। धन लाभको योग छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तुला राशिका जातक यस समयमा सतर्क रहन आवश्यक छ। वादविवादबाट टाढै रहनु भलाई हुनेछ। वाणीमा नियन्त्रण गर्नुहोला। आर्थिक स्थिति सुध्रिनेछ। स्वास्थ्य राम्रो हुनेछ। लगानी गर्नुअघि सोचविचार गर्नुहोला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

यस राशिका जातकको लागि यो गोचर शुभ फलदायी साबित हुनेछ। आर्थिक लाभ हुने सम्भावना छ। कुनै पनि नयाँ क्षेत्रमा लगानी गर्नु लाभकारी सिद्ध हुनेछ। धन लाभको योग छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

यस राशिका जातक आर्थिक पक्षबाट मजबूत हुनेछन्। भाग्योदय हुनेछ। धन लाभको योग छ। करियरमा सफलता पाउनुहुनेछ। कार्यक्षेत्रमा प्रगति पथतर्फ लम्किनुहुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

यस राशिका मानिसले जागिर र कार्यस्थलमा अपार सफलाता प्राप्त गर्नेछन्। यो समय आर्थिक रुपले अत्यन्तै शुभ रहने वाला छ। व्यवसायको क्षेत्रमा सफलता मिल्नेछ। दाम्पत्य जीवनमा माधुर्य बढ्नेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

यस राशिको जातकको धन हानि हुन् सक्छ। आर्थिक समस्याले पिरोल्नेछ। सोचविचार गरेर मात्र धन खर्च गर्नुहोला। लेनदेनको मामिलामा सतर्क रहनुहोला। प्रेमसम्बन्धमा सुमधुरता आउनेछ। सानोतिनो स्वास्थ्य समस्या आउन सक्छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

यस राशिको जातकले करियर र नोकरीमा सफलता प्राप्त गर्नेछन्। दाम्पत्य जीवनमा थप मिठास आउनेछ। पैसालाई उचित ठाउँमा लगानी गर्नुहोला। व्यवसायिक रुपले यो समय तपाईको लागि राम्रो छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला।

प्रकाशित : बिहिबार, जेठ १३, २०७८१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को हप्ता बिहिबार लाग्दैछ सूर्यग्रहण : १२ वटै राशिमा पर्नेछ ग्रहणको प्रभाव