आज यो वर्षकै पहिलो चन्द्रग्रहण लाग्दै, यी ४ राशिमा पर्नेछ सर्वाधिक अशुभ प्रभाव

काठमाडौँ : आज जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपालबाट ग्रहण नदेखिएपनि यसको मानिसहरुका जीवनमा यस्तो प्रभाव भने पर्नेछ। नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

“नदेखिने ग्रहणका विषयमा पात्रो (पञ्चाङ्ग) मा सूचना दिइँदैन, अल्पग्रास भएर लाग्ने ग्रहण पनि बार्नुपर्दैन अर्थात् सूतक लाग्दैन भन्ने शास्त्रीय वचन छ”, उनले भने ।

यो छायाँजनित ग्रहण भएकोले समितिले प्रकाशन अनुमति दिएका पात्रोमा उल्लेख नभएको हुन सक्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । “पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्वीकार गरिएको देखिँदैन”, सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन् । सघन तथा विरल । सुनेको सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता छ । यसैले जेठ १२ गते ग्रहण बार्नु नपर्ने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सूतक लाग्ने धर्मशास्त्रविद् समेत रहनुभएका समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। सूतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । ज्योतिषीहरुका अनुसार उक्त ग्रहण वृश्चिक राशिमा लाग्नेछ। ग्रहणको सूतक नलागेपनि सम्पूर्ण राशिमा त्यसको प्रभाव रहनेछ।

ग्रहणको सबै भन्दा बढी निम्न ४ राशि हुनेहरुलाई नकारात्मक प्रभाव पर्नेछ ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

ग्रहण मेष राशि हुनेहरुको अष्टम भावमा लाग्ने हुँदा मानसिक रुपमा तनाव बढ्नेछ। सामान्य समस्याले पनि मानसिक रुपमा गहिरो असर पार्नेछ। आवश्यक भन्दा बढी सोच्न पुग्दा दैनिकीनै प्रभावित हुन सक्ला। व्यर्थका वाद विवाद देखि टाढा रहनु होला। ग्रहणका कारण परिवारमा स्वास्थ्य समस्या देखिने सम्भावना रहने पनि देखिन्छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

वृष राशि हुनेहरुको सप्तम भावमा ग्रहण लाग्ने हुँदा विशेष गरेर स्त्रीवर्गलाई बढी असर पर्ने देखिन्छ। ग्रहस्थ जीवनमा समस्या उत्पन्न हुँदा मानसिक रुपमा तनाव बढ्नेछ। आर्थिक रुपमा पनि समस्या बढ्न सक्ला। स्वास्थ्यमा कुनै समस्या नदेखियोस् भन्नका लागि खान-पानमा ध्यान दिनु होला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

ग्रहण वृश्चिक राशिमै लाग्ने हुँदा सबै भन्दा बढी प्रभाव यसै राशिलाई पर्नेछ। सामान्य कार्य सम्पन्न गर्न पनि ठूलै मेहेनत लाग्नेछ। दौडधुप बढ्दा शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि थकान महसुस हुनेछ। पारिवारिक कलह बढ्न सक्ला। विद्यार्थीहरुका लागि पनि ग्रहण खासै राम्रो हुने देखिँदैन। पाचन संग-संगै आँखा सम्बन्धि समस्याले सताउन सक्ला। आर्थिक लेन-देन पनि नगरेकै राम्रो होला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

ग्रहणका कारण व्यवसायमा नसोचेको उतार-चढाव आउने देखिन्छ। परिवारमा शान्त माहोल कायम राख्नको लागि व्यवहार तथा बोलिमा नियन्त्रण राख्नु होला। वरिष्ठ अधिकारीहरुसँग नियन्त्रित व्यवहार गर्नुहोला। यधपी आर्थिक रुपमा पनि ठिक-ठाक लाभ मिल्ला।

प्रकाशित : बुधबार, जेठ १२, २०७८०८:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राशि जानेर प्रेम प्रस्ताव राख्नुहोस्, १०० % प्रस्ताव स्वीकार हुन्छ