एजेन्सी : बलिउड अभिनेत्री ऐश्वर्या राय(Aishwarya Rai) को राम्रो फ्यान फलोइङ छ। ऐश्वर्याले सन् २००७ मा अभिषेक बच्चन(Abhishek Bachchan) सँग विवाह गरेकी थिईन्। हालै सोशल मिडियामा ऐश्वर्या र अभिषेकको एक पुरानो मजेदार भाइरल भईरहेको छ। यस भिडियोमा एक फ्यानले ऐश्वर्यालाई विवाहको प्रस्ताव राखेका थिए। अभिषेकले प्रस्ताव राख्ने मान्छेतिर हेरेर मजेदार एक्सप्रेसन दिई त्यसको जवाफ दिएका छन्।
भिडियो कान्स फिल्म फेस्टिबल(Cannes Film Festival) को हो। यसमा ऐश्वर्या र अभिषेक फ्यानले घेरिएका छन्। मानिसहरुका भीड आफ्नो मनपर्ने कलाकार देखेर उत्साहित हुन्छन्। यहीँ भीडमा एक फ्यान ‘म्यारी मी’ लेखिएको पोस्टर देखाउँदै विवाहको प्रस्ताव राख्छन्।
अभिषेकको नजर सोहीँ फ्यानमा जान्छ र अचानक उनको अनुहारको मुस्कान गायब हुन्छ। र ऐश्वर्यातिर देखाउँदै उनले आफूसँग विवाह गरिसकेको बताउँछन्।
अभिषेक र ऐश्वर्या स्विट्जरल्याण्डमा भेटेका थिए। त्यहीँ ऐश्वर्या ‘और प्यार हो गया’ को शूटिङ गरिरहेकी थिईन्। अभिषेक पनि त्यतिबेला त्यहीँ थिए। मेकअप आर्टिस्ट मिकी कन्ट्राक्टर(Mickey Contractor) दुवैको कमन फ्रेन्ड थिए र उनले नै दुवैबीच दोस्ती गराएका थिए। सन् २०११ मा अभिषेक र ऐश्वर्याकी छोरी आराध्याको जन्म भएको थियो।