काठमाडौँ : ग्रहहरुको राशि परिवर्तनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानिसको जीवनमा प्रभाव पर्छ। यो महिनामा वृष राशिपछि अब मिथुन राशिमा ग्रहहरुको प्रवेश हुँदै छ। यसको सिधा असर मिथुन राशिमा त पर्नेछ नै तर यसको प्रभाव अन्य राशिमा पनि शुभ-अशुभ तरिकाले पर्नेछ।
बुध देवको हुनेछ मिथुन राशिमा प्रवेश
सञ्चार, बोली, वाणिज्य र बुद्धि आदिको कारक मानिने बुध ग्रह भोलि जेठ १२(२६ मे) गते चण्डी पूर्णिमा(बुद्ध जयन्ती/उँभौली पर्व) को दिन आफ्नो स्वराशी मिथुन राशिमा प्रवेश गर्नेछ। यस राशिमा बुध ग्रह जेठ २० गते( ३ जुन)सम्म अवस्थित रहनेछ। यसै बीच, जेठ १६ (३० मे) मा बुध ग्रह मिथुन राशिमा वक्री हुनेछ र असार ९ गते ( २३ जुन)सम्म वक्री अवस्थामै रहनेछ।
शुक्र ग्रह मिथुन राशिमा प्रवेश
यसपछि शुक्र ग्रह वृष राशिबाट मिथुन राशिमा प्रवेश गर्नेछ। शुक्रको यो गोचर जेठ १५(२९ मे) मा हुनेछ। मिथुन राशिमा शुक्र ग्रह असार ८(२२ जुन) सम्म अवस्थित रहनेछ। ज्योतिषका अनुसार शुक्र देवीलाई विलासिता जीवन, मनोरञ्जन, फेसन, प्रेम, रोमान्स आदिको कारक मानिन्छ।
शनिको उल्टो चाल
जेठ ०९(२३ मे) गतेबाट मकर राशिमा न्यायका देवता शनिदेव वक्री भईसक्यो । जसपछि असोज २५(११ अक्टोबर) सम्म यो वक्री अवस्थामा रहनेछ र मार्गी भएर गोचर हुनेछ। शनिको उल्टो चालको प्रभाव हरेक राशिमा शुभ-अशुभ तरिकाले पर्नेछ। यस समयमा, मिथुन राशिमा शनिको ढैय्या प्रभावकारी रहनेछ।
यी ग्रहको अशुभ प्रभावबाट बच्नको लागि केही उपाय
बुध ग्रहको अशुभ प्रभावबाट बच्न र शुभ फल प्राप्त गर्नको लागि तपाईंले बुधवारको दिन तेस्रो लिंगीको आशीर्वाद लिनु पर्छ र उनीहरूलाई हरियो लुगाहरू दान गर्नु पर्छ।
शुक्र दोषबाट बच्नको लागि शुक्रबारको दिन कन्याहरुलाई खीर खुवाउनुहोस्। यदि सम्भव भएमा यस दिन गुलाबी रङको कपडा लगाउनुहोस्।
शनि दोषबाट बच्न शनिबारको दिन शनि मन्दिरमा तोरीको तेल चढाउनुहोस्। यस दिन निधारमा कालो टिका लगाउनुहोस्।