आज नृसिंह जयन्ती : शुभ फलदायी छ यी राशिको दिन, तपाईको दिन कस्तो रहला ?

पञ्चाङ्ग : दिन – मंगलवार ।।।।।।।। नक्षत्र – स्वाती ६:०५ बजेदेखि विशाखा , २८:२५ बजे उप्रान्त ज्येष्ठा ।।।।।।।। तिथि – चतुर्दशी , १९:५४ बजे उप्रान्त पूर्णिमा ।।।।।।।। करण – गर ९:०८ बजेदेखि वव , १९:५४ बजे उप्रान्त कौलव ।।।।।।।। योग – वरियान् ६:३४ बजेदेखि परिघ , २७:३० बजे उप्रान्त सिद्ध ।।।।।।।। जेठ ११, २०७८ ।।।।।।।। 25 May, 2021 ।।।।।।।। बछलाथ्व, ११४१ ने.सं. ।।।।।।।। चतुर्दशी, वैशाख शुक्लपक्ष ।।।।।।।। सूर्योदय ५:१२/सूर्यास्त १८:५० ।।।।।।।। नृसिंह जयन्ती ।।।।।।।। रुद्री गर्ने साइत ।।।।।।।।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

मानसिक रुपले स्वस्थ रहनुहुनेछ। हराएको सामान भेट्न सक्नुहुनेछ। आफ्नो विचार र आवेशलाई ध्यान राख्नुहोला। विदेशी व्यापारसँग सम्बन्धित व्यक्तिले सफलता प्राप्त गर्नेछन्। बौद्धिक चर्चामा विवादलाई टालेर समाधानकारी व्यवहार अपनाउनुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

दिनभरी तपाईको मनमा आनन्द छाईरहनेछ। कार्यमा व्यवस्थित रुपले अगाडी बढ्नु हुनेछ। योजना अनुसार कार्य गर्नुहुनेछ। अपूर्ण कार्य सफलता पूर्वक पूरा गर्न सक्नुहुनेछ। कार्यालयमा सहकर्मीको सहयोग मिल्नेछ। माईतबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ। मानसिक रुपले आनन्दित रहनुहुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाईको दिन मध्यम रहनेछ। नयाँ कार्य आरम्भ नगर्नुहोला। जीवनसाथी र सन्तानको विषयमा चिन्ता रहनेछ। जसकारण मनमा निराशा रहनेछ। खर्च बढ्नेछ। तरपनि विधार्थीको लागि अनुकूल समय रहेको छ। सकेसम्म वादविवाद टाल्नुहोला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

शारीरिक उर्जा र मानसिक प्रसन्नता बनाईराख्न कष्ट हुनेछ। छातीमा पीडा अथवा अन्य विकारले कष्ट भएको अनुभूति हुनेछ। घरमा सदस्यसँग उग्र चर्चा वा वाद-विवाद हुँदा मन दुख्नेछ। सामाजिक रुपले मानहानिको प्रसंग उपस्थित नहोस् यस कुराको ध्यान राख्नुहोला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

कार्य सफलता र प्रतिस्पर्धिलाई जितेर विजय मिल्दा मनमा प्रसन्नता छाईरहनेछ। भाई-बहिनीसँगको सम्बन्धमा मिठास रहनेछ। मित्र र आफन्तसँग कुनै रमणीय स्थानमा घुम्न जानुहुनेछ। तपाईको स्वास्थ्य स्वस्थ रहनेछ। आर्थिक रुपले लाभ मिल्नेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

तपाईको दिन शुभ रहनेछ। बोलीको कोमलताले अन्य मान्छेको मनमा सकारात्मक छाप छोड्न सक्नुहुनेछ। पारिवारिक वातावरण पनि राम्रो रहनेछ। आर्थिक कार्य पनि सुखपूर्वक सम्पन्न हुनेछ। नकारात्मक विचारबाट टाढा रहनुहोला। मित्र र आफन्तसँग भेट हुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

प्रत्येक कार्यमा आत्मविश्वास छल्किनेछ। आर्थिक योजना सरलतापूर्वक बनाउन सक्नुहुनेछ। शारीरिक तथा मानसिक रुपले प्रसन्न अनुभव गर्नुहुनेछ। कपडा र आनन्दमा पैसा खर्च हुनेछ। वैचारिक रुपले दृढता रहनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

तपाईको दिनको समय मनोरंजनमा बित्नेछ। स्वास्थ्यको सम्बन्धमा गुनासो रहनेछ। मनभित्र चिन्ताको भावना रहनेछ। दुर्घटनाबाट बच्नुहोला। कुटुम्ब तथा आफन्तसँग गलत धारणा नहोस् यस कुराको ध्यान राख्नुहोला। हरेक विषयमा ध्यानपूर्वक सोचविचार गर्नुहोला।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

आर्थिक लाभ र सामाजिक प्रतिष्ठा मिल्नुको साथै पारिवारिक जीवनमा सुख-सन्तोषको भावना अनुभव गर्नुहुनेछ। व्यापारमा लाभ मिल्नेछ। मनपर्ने व्यक्तिसँग सुखद क्षण बिताउनु हुनेछ। मित्रसँग रमणीय स्थानमा घुम्न जानुहुनेछ। अविवाहितको लागि वैवाहिक योग रहेको छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

व्यापारको क्षेत्रमा पैसा, मूल्य र प्रतिष्ठा बढ्नेछ। उच्च अधिकारीहरु खुशी हुनाले पदोन्नति हुनेछ। सरकार, मित्र तथा आफन्तबाट लाभ प्राप्त हुनेछ। घरायसी जीवनमा आनन्द अनुभव गर्नुहुनेछ। सन्तानको प्रगतिले सन्तोषको भावना रहनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

शारीरिक रुपले अस्वस्थ रहँदा पनि मानसिक स्वास्थ्य स्वस्थ रहनेछ। साथै काम गर्न उत्साहमा कमी आउनेछ । रोजगारमा उच्च पदाधिकारीबाट सम्हालेर रहनुहोला। घुमफिर र मनोरंजनमा पैसा खर्च हुनेछ। सन्तानको सम्बन्धमा चिन्ता रहनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

आकस्मिक धनलाभ हुने योग रहेको छ। मानसिक तथा शारीरिक श्रमको कारण कारण स्वास्थ्य खराब हुन् सक्छ। साथै खर्च वृद्धि हुनेछ। जलाशयबाट टाढा रहनुहोला। अनैतिक कामवृत्तिमा विशेष ध्यान राख्नुहोला। आध्यात्मिक विचारले कष्ट कम गर्नेछ ।

प्रकाशित : मङ्गलबार, जेठ ११, २०७८०६:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि बुद्ध पूर्णिमामा वर्षकै पहिलो चन्द्रग्रहण लाग्दै, यी राशिमा पर्नेछ गहिरो अशुभ प्रभाव