यी ३ चीजले बिगार्न सक्छ तपाईको भाग्य, सपार्न गर्नुहोस् यस्तो उपाय !

काठमाडौँ : मनुष्यको जीवनमा ग्रहको चालको धेरै महत्व हुन्छ। ज्योतिष शास्त्र अनुसार, जीवनमा राम्रो या नराम्रो घटनाको जिम्मेवार ग्रहलाई मानिन्छ। तर के तपाईलाई थाहा छ, ग्रह मात्र हैन मनुष्यको कर्म पनि तिनको राम्रो-नराम्रो घटनाको लागि जिम्मेवार हुन्छन्। कर्म अनुसार व्यक्तिले फल प्राप्त गर्ने मान्यता छ। कर्मले नै भाग्य बन्न सक्छ र बिग्रिन पनि सक्छ। ज्योतिषशास्त्रमा यस्ता धेरै चीजहरु जसको सम्बन्ध भाग्यसँग हुन्छ। ज्योतिषाचार्यका अनुसार कुन चीजले व्यक्तिको भाग्य बिगार्न सक्छ त ?

सङ्गतले बिगार्न सक्छ भाग्य :

सङ्गतले भाग्योदय हुन् सक्छ र भाग्य खराब पार्न पनि सक्छ। सङ्गत राम्रो हुँदा तपाई गुणवान हुन् सक्नुहुन्छ र यदि सङ्गत खराब भए तपाईभित्र नकारात्मक विचार उत्पन्न हुन् सक्छ, जसले व्यक्तिलाई गलत बाटोमा जान उक्साउँछ। ज्योतिष शास्त्र अनुसार, व्यक्तिको भाग्य केवल उसैमा निर्भर हुन्छ।

उसको जीवनमा रहेका मानिसहरुको पनि असर उसको भाग्यमा पार्छ। चाहे ती साथी होस्, प्रेमी-प्रेमिका होस् या सहयोगी-सहकर्मी नै किन नहोस्, सबैको असर तपाईको भाग्यमा पर्छ।

कुनै पनि व्यक्तिको भाग्यमा सबैभन्दा बढी असर उसको पति या पत्नीको हुन्छ। किनकी यी दुई एक-अर्कासँग धेरै जोडिएको हुन्छ। व्यक्तिले आफ्नो साथी-सङ्गतिमा धेरै ध्यान दिनुपर्छ। गलत सङ्गतको प्रभावले तपाईको भाग्य उल्टिन सक्छ।

यदि कुनै कारणवश खराब सङ्गतको कारण भाग्य खराब भईरहेको छ भने नियमित विष्णु सहस्त्रनामको पाठ गर्नुहोला। यसको साथ-साथै आफ्नो आहार र विचारलाई पनि सात्विक राख्नुहोला। यसो गर्नु लाभदायी साबित हुनेछ।

नकारात्मक सोचले बिगार्न सक्छ भाग्य :

भाग्यलाई बिगार्ने दोस्रो चीज हो – ‘नकारात्मक विचार’ । व्यक्तिले जस्तो खाले सोच बनाउँछन्, त्यस्तै प्रकृतिका काम गर्छन्। यदि तपाई नकारात्मक सोच राख्नुहुन्छ भने तपाईले नकारात्मक चीज नै पाउनुहुनेछ। तपाईले नकारात्मक मानिसहरुको साथ पाउनुहुनेछ र जीवन अझ नकारात्मकताले भरिनेछ।

यसकारण जीवनमा सबथोक ठिक हुँदाहुँदै पनि तपाईका कामहरु बिग्रिन थाल्छन् र असफलता नै हात लाग्नेछ। यसकारण आफ्नो विचार सधैँ सकारात्मक राख्नुहोला ताकि प्रकृतिबाट तपाईले सकारात्मक विचार मात्र प्राप्त होस्।

नकारात्मक विचारबाट टाढा रहनको लागि नियमित सूर्यलाई जल अर्पण गर्नुहोला। हरेक महिनामा आउने दुवै एकादशीमा व्रत बस्नुहोला।

धोका दिँदा पनि बिग्रिन सक्छ भाग्य :

ज्योतिष शास्त्र अनुसार व्यक्तिको भाग्य बिगार्ने तेस्रो समस्या हो धोका दिनु। कुनै पनि व्यक्तिलाई धोका दिँदा या विश्वास तोड्दा तपाईलाई नोक्सानी पुग्नेछ। यदि व्यक्तिले आफ्नो स्वार्थको लागि कसैलाई धोका दिन्छ भने निश्चित रुपमा तपाईले त्यसको परिणाम भोग्नुपर्नेछ। कसैको अधिकार खोस्नु, कसैलाई बिना कारण नोक्सान पुर्याउनु पनि यसभित्र पर्छ।

जब कुण्डलीमा राहु या बुधको प्रभाव बढी हुन्छ तब मानिस आफ्नो सानातिना स्वार्थको लागि अरुलाई धोका दिन्छन्। शनि, बृहस्पति या शुक्रको दशा आउँदा व्यक्तिको खराब समय सुरु हुन्छ। साढेसातीले मानिसलाई खराब परिणाम दिने भनाई छ तर सत्य यो हो कि साढेसातीले व्यक्तिको कर्म अनुसार फल दिन्छ।

एउटा व्यक्तिले अरुलाई जति धोका दिन्छ त्यति नै उसले आर्थिक नोक्सान ब्होर्नुपर्नेछ। साथै कहिलेकाहीँ मानसिक रोगको समस्या पनि हुन् सक्छ। धोका प्रायश्चित गर्नको लागि नित्य प्रात: गजेन्द्र मोक्षको पाठ गर्नुहोला। पीपल या वरको बोट रोप्नुहोला। हरेक शनिबार कुनै गरिब व्यक्तिलाई भोजन गराउनुहोला।

प्रकाशित : सोमबार, जेठ १०, २०७८१२:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बेडरूममा नगर्नुस् यस्ता गल्ती, अन्यथा पछुताउनुपर्नेछ