एजेन्सी : फिल्म जगत त्यो उद्योग हो जुन कुनै न कुनै कारण विवादमा परिरहेको हुन्छ। इन्डस्ट्रीमा नेपोटिज्मको बारेमा सधैँ चर्चा हुन्छ। समय-समयमा थुप्रै कलाकारहरुले यस बारेमा आफ्नो राय दिईरहेका हुन्छन् । थुप्रै कलाकार यसको सिकार पनि भईसकेका छन्। खासगरी अघिल्लो वर्ष सुशान्त सिंह राजपूतको मृत्यु भएको थियो। त्यसपछि नेपोटिज्म विरुद्द सेलिब्रेटीदेखि सामान्य व्यक्तिले आवाज उठाउन लागेका थिए।
स्टारकिड्सको फिल्मलाई बहिष्कार गर्न पनि आवाज उठेको थियो । हालै बलिउड अभिनेत्री प्राची देसाई(Prachi Desai)ले यस बारेमा बोलेकी छन्। उनको अनुसार इन्डस्ट्रीमा भ्रष्टाचार र नेपोटिज्म धेरै भएको छ।
प्राची टिभी इन्डस्ट्रीबाट बलिउडमा गएकी थिइन्। उनले थुप्रै फिल्ममा काम गरिसकेकी छन्। दर्शकको माया पाएर पनि अभिनेत्रीले सफलता पाईनन्। जसको आशा उनले गरिरहेकी थिइन् । उनी नेपोटिज्म र भ्रष्टाचारलाई आफ्नो असफलताको कारण मान्छिन्।
एक अन्तर्वार्तामा प्राची देसाईले नेपोटिज्मबारे खुलेर कुरा गरिन्। उनले भनिन्, ‘यो एक वास्तविकता हो, जसलाई सजिलै सबैले स्वीकार गर्छ। यसलाई अस्वीकार गर्न सकिदैन। यो सधैँ रहन्छ र रहिरहनेछ। तर यो सबै भएर पनि दर्शकले धेरै कुराको निर्णय गर्छन्। मलाई यो मनपर्छ । दर्शकले जबसम्म साथ दिन्छन्, तबसम्म सबैको लागि ठाउँ हुनेछ। दर्शकको कारण मलाई अहिले काम मिलिरहेको छ। यहीँ काम केही समय पहिले मैले पाएकी थिइन्। यो सबै चीज दर्शकको कारण भईरहेको छ। निर्देशक स्क्रिप्ट नपढीकन मलाई फिल्ममा साइन गराउन चाहन्छन्। तर म यसको लागि तयार थिइन र फिल्मको प्रस्तावलाई अस्वीकार गर्न थालेकी थिए। पछि मेरो बारेमा इन्डस्ट्रीमा मलाई फिल्ममा काम गर्न मन नभएको धारणा बनाईएको थियो। धेरैजसो निर्देशक मलाई केवल ह-ट देखाउन चाहन्छन्। उनीहरु मलाई से-क्/-‘सी’ रहन ध्यान दिन भन्थे। मलाई यो मन पर्दैन थियो। त्यसपछि मलाई फिल्म पाउन कम भयो। म खुशी छू कि अहिले ओटीटीको जमाना रहेको छ। यहाँ धेरै विकल्प छन्। साथै हेर्नको लागि पनि धेरै कुरा छन् ।’
प्राचीले टिभी इन्डस्ट्रीमा २००६ मा सीरियल ‘कसम से(Kasamh Se)’ मार्फत डेब्यू गरेकी थिइन्। यसबाट उनलाई निकै लोकप्रियता पाएकी थिईन्, जसपछि प्राची देसाईले २००८ सालमा फिल्म ‘रक अन(Rock On!!)’ बाट बलिउडमा अभिनय यात्रा सुरु गरेकी थिइन्।
उनले ‘वन्स अपन अ टाइम इन मुम्बई(Once Upon a Time in Mumbaai)’, ‘बोल बच्चन(Bol Bachchan)’, ‘अजहर(Azhar)’ र ‘एक भिलेन(Ek Villain)’ जस्ता फिल्ममा काम गरिन्। हालै उनलाई थ्रिलर फिल्म ‘साइलेन्स, क्यान यु हियर इट ?(Silence… Can You Hear It?
)’ मा देखिएको थियो। उनले फिल्ममा एक पुलिस अधिकारीको भूमिका निभाएकी थिइन्।