जेठ महिनाको मासिक राशिफल : यी राशिलाई बैशाख भन्दा यो जेठ महिना राम्रो छ

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

मेष राशिका जातकका लागि यो जेठ महिना अघिल्लो महिनाभन्दा राम्रो रहनेछ। व्यापार राम्रो रहनेछ। जागिरमा उतारचढाव आउनेछ। परन्तु तपाई मानसिक तनावपूर्ण कार्य नगर्नुहोला। कृषि क्षेत्र सुधारोन्मुख रहनेछ। पिताको स्वास्थ्यमा सुधार आउनेछ। कुनै पनि अनजान व्यक्तिसँग सम्पर्क गर्नु हानिकारक साबित हुन् सक्छ। दाजुभाईबाट पूर्ण सहयोग प्राप्त हुनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

वृष राशिका जातकको लागि यो जेठ महिना आर्थिक रुपमा लाभदायी रहनेछ। व्यापार फस्टाउनेछ। कृषि क्षेत्रमा सफलता हासिल हुनेछ। जागिरमा सहकर्मीबाट भरपूर सहयोग पाउनुहुनेछ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। कुनै पनि प्रकारको लापरवाही ठिक हुने छैन। पुरानो मित्रसँगको भेटघाट लाभदायक रहनेछ। कुनै पनि प्रकारको कार्यमा सहयोग पाउनुहुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

मिथुन राशिका जातकले जेठ महिनामा अड्डा-अदालतका मामिलामा सफलता हासिल गर्नेछन्। व्यापार-व्यवसाय ठिकठाक नै रहनेछ। कृषि क्षेत्रमा सानोतिनो समस्या उत्पन्न हुनेछ। जागिरमा सरुवा हुन् सक्छ। माताको स्वास्थ्य अवस्थाले तपाईलाई चिन्तित बनाउनेछ। महिनाको अन्तिमतिर स्वस्थ हुनुहुनेछ। दाजुभाईले सहयोग गर्नेछन्। जग्गा-जमिन जोड्ने योग छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

कर्कट राशिका जातकको लागि यो जेठ महिना आर्थिक समस्याग्रस्त रहनेछ। व्यापारमा हानि हुन् सक्छ। कृषि क्षेत्रमा मध्यम सफलता पाउनुहुनेछ। जागिरमा उच्च पदाधिकारीबाट सहयोग प्राप्त गर्नुहुनेछ। भाईले आर्थिक सहयोग गर्नेछन्। माताको स्वास्थ्यमा सुधार हुनेछ। पत्नीको कारण मानसिक तनाव झेल्नुपर्नेछ। कुनै आफन्तसँग मनमुटाव हुन् सक्छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

सिंह राशिका जातकका लागि यो जेठ महिना प्रगतिमूलक रहनेछ। कृषि क्षेत्रमा सफलता हासिल गर्नुहुनेछ। कुनै पनि अनजानको चक्करमा पर्नु अघि सोचविचार गर्नुहोला। दिदी-बहिनीको स्वास्थ्य अवस्थाले तपाईलाई चिन्तित तुल्याउनेछ। सन्तानपक्षबाट सहयोग प्राप्त गर्नुहुनेछ। आयश्रोत वृद्धि हुनेछ। आसपासको माहोलले मानसिक समस्या सिर्जना गराउनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

कन्या राशिका जातकका जीवनसाथीले यो जेठ महिनामा उन्नति गर्नेछन्। व्यापार-व्यवसाय ठिकठाक रहनेछ। कृषि क्षेत्रमा सामान्य लाभ प्राप्त गर्नुहुनेछ। जागिरमा सहकर्मीको कारण समस्यामा पर्नुहुनेछ। कुनै पुरानो साथीसँगको भेटघाट लाभप्रद रहनेछ। तर तिनको परिवारले तपाईलाई झन्झटमा पार्नेछन्। माताको स्वास्थ्यमा सुधार हुनेछ। पिताको स्वास्थ्य सुधारोन्मुख हुने देखिन्न।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तुला राशिका जातकको लागि यो महिना राजनीतिक सफलतापूर्ण रहनेछ। व्यापारमा मध्यम लाभ हुनेछ। कृषि क्षेत्रमा उन्नति हुनेछ। जागिरमा सहकर्मीबाट सहयोग प्राप्त हुनेछ। पुराना अल्झिएका र रोकिएका काम पूरा हुनेछ। साथै आफन्त या साथीसँगको आपसी मनमुटाव कम हुनेछ। स्वास्थ्य सम्बन्धी समस्या उत्पन्न हुन् सक्छ। घरमा धार्मिक अनुष्ठानको योग छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

वृश्चिक राशिका जातकका लागि यो महिना पारिवारिक सुखपूर्ण रहनेछ। व्यापारमा उतारचढाव आउनेछ। कृषि क्षेत्रमा सफलता हासिल गर्नुहुनेछ। जागिरमा सरुवा हुने योग छ। पिताको स्वास्थ्यमा समस्या आउनेछ। ससुराली पक्षबाट सहयोग प्राप्त गर्नुहुनेछ। जीवनसाथीले रोजगार प्राप्त गर्नेछन्। कुनै राजनीतिक पार्टीबाट पदको प्रस्ताव आउन सक्छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

धनु राशिका जातकले यो जेठ महिनामा भरपूर भौतिक सुख प्राप्त गर्नेछन्। व्यापार राम्रो रहनेछ। जागिरमा सहकर्मीले सहयोग गर्नेछन्। कृषि क्षेत्रमा नाफा थपघट हुनेछ। भाईलाई आर्थिक सङ्कट आइलाग्ने देखिन्छ। माताको स्वास्थ्यमा सुधार आउनेछ। कुनै महात्माको आगमनले घरमा शान्ति बढ्नेछ। आफ्नै स्वास्थ्यमा समस्या आउन सक्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

मकर राशिका जातकको लागि यो महिना सुखमय रहनेछ। व्यापारमा केही झमेला आउन सक्छ। जागिरमा बढुवाको योग बनेको छ। कृषि क्षेत्रमा बाधाव्यवधान आउन सक्छ। परिवारमा मतभेदको माहोल सिर्जना हुनेछ। पत्नीको साथ र सहयोगले पारिवारिक माहोल राम्रो हुनेछ। दक्षिण दिशाबाट आगमन भएको कुनै अनजान व्यक्तिको कारण समस्याहरु आउन सक्छन्।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

कुम्भ राशिका जातकले यो महिनामा सामाजिक प्रतिष्ठा प्राप्त गर्नेछन्। पहिलो हप्ता व्यापार सामान्य रहनेछ र त्यसपछि व्यापारले गति लिन थाल्छ। जागिरमा समस्या आउनेछ। कृषि क्षेत्रमा सफलता हासिल हुनेछ। परिवारमा मानसिक तनाव रहनेछ। पुरानो साथीसँगको भेट लाभप्रद रहनेछ। जीवनसाथीले रोजगारी प्राप्त गर्नेछन्। पिताको स्वास्थ्यमा सुधार आउनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

मीन राशिका जातकले यो महिनामा जग्गा-जमिनबाट लाभ प्राप्त गर्नेछन्। व्यापार राम्रो रहनेछ। जागिरमा सरुवा हुँदा मानसिक तनाव बढ्नेछ। आफन्तजनबाट सहयोग प्राप्त गर्नुहुनेछ। अविवाहितको विवाहको योग बन्नेछ। महिला साथीले तपाईलाई झन्झटमा पार्नेछन्। आमाको माइती पक्षबाट तपाईले लाभ पाउनुहुनेछ।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि गङ्गा सप्तमी व्रत : शुभ-अशुभ मिश्रित फलदायी रहनेछ यी राशिलाई भोलिको दिन