बलिउडका यी ४ स्टार्स जसले पत्नी या एक्सको हातबाट सार्वजनिक स्थलमै खाए थप्पड !

एजेन्सी : बलिउडमा यस्ता थुप्रै स्टारहरु छन् जो आफ्नो फ्यानहरुका दिलमा बराबर राज गरिरहेका छन् तर जब कुरा आउँछ उनीहरुका लाइफ पार्टनरको तब केही समस्या उत्पन्न हुन् सक्छ। जब स्टारहरुका आफ्नो पत्नी या एक्ससँगको झगडाले हातपातसम्मको रुप लिन थाल्छ तब यो एक चर्चाको विषय बन्छ। आज पनि चर्चा गर्नेछौं बलिउड फिल्म उद्योगका ४ स्टार्सका बारेमा जसले आफ्नो पत्नी या एक्सको हातबाट थप्पड खाए।

• अक्षय कुमार(Akshay Kumar) :

यस सूचीमा सबैभन्दा पहिलो नाम आउँछ बलिउडको खेलाडी कुमार यानि अक्षय कुमारको। फिल्म ‘अन्दाज(Andaaz)’ र ‘मुझसे शादी करोगी(Mujhse Shaadi Karogi)’ को छायांकनको क्रममा अक्षय र प्रियंका चोपडा(Priyanka Chopra) हट कपलमा गनिन्थ्यो। तर यो कुरा ट्विंकल खन्ना(Twinkle Khanna)लाई सह्य भएन। त्यस पछि उनले मुम्बई स्थित एक होटेलको लब्बीमा गई अक्षयलाई गालामा जोडदार थप्पड लगाईन् र प्रियंकासँग कहिल्यै पनि कुनै पनि फिल्ममा काम नगर्न धम्की दिईन् । यति मात्र नभई ट्विंकलले अक्षयलाई घर छोड्न समेत भनिन्।

• करण सिंह ग्रोवर(Karan Singh Grover) :

अभिनेत्री बिपाशा बसु(Bipasha Basu)को पति अभिनेता करण सिंह ग्रोवरले पनि एक पटक पूर्व पत्नी जेनिफर विंगेट(Jennifer Winget)को हातबाट नराम्ररी चट्कन खाएका थिए । यो कुरा त्यो बेलाको हो जब यी दुवै टिभी शो ‘दिल मिल गए(Dill Mill Gayye)’ को क्रममा एक-अर्कालाई डेट गरिरहेका थिए। विंगेटले करण निकोल र श्रद्धासँग सल्किए पछि चट्कन हानेकी थिईन। यस पछि यी दुईको थुप्रै महिनासम्म बोलीचाली बन्द भयो। यहाँ सम्म कि उनीहरुको सिन पनि अलग-अलग शुट गरियो।

• इमरान हाशमी(Emraan Hashmi) :

बलिउडको सिरियल किसर इमरान हाशमीले पनि आफ्नो पत्नीको हातबाट थप्पड खाईसकेका छन्। इमरान हाशमी स्वयमले एक भारतीय पत्रिकालाई अन्तर्वार्ताको क्रममा बताए कि पत्नी परवीन(Parveen Shahani)ले उनको एक फिल्मको पहिलो स्क्रिन हेरेपछि उनलाई थप्पड हानेकी हुन्।

• सुशान्त सिंह राजपूत(Sushant Singh Rajput) :

टेलिसिरियलबाट बलिउड अभिनेता बनेका दिवंगत अभिनेता सुशान्त सिंह राजपूत र एक्स गर्लफ्रेन्ड अंकिता लोखण्डे(Ankita Lokhande
) बीच यशराज स्टुडियोमा भारी विवाद भएको थियो। यसै बीच अंकिता बाहिर निस्किईन र सरेआम सुशान्तलाई जोडदार थप्पड लगाईन्।

प्रकाशित : बिहिबार, बैशाख ३०, २०७८११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडका यी ४ स्टार्स जसले पत्नी या एक्सको हातबाट सार्वजनिक स्थलमै खाए थप्पड !