दमदार छन् विजयका यी ५ फिल्म, चौथो फिल्मले मच्चाएको थियो तहल्का

काठमाडौँ : साउथ सिनेमाका सुपरस्टार विजय देवरकोन्डा(Vijay Deverakonda) आफ्नो अभिनयको लागि जति चिनिन्छन्, त्यति नै आफ्नो स्टाइल र खास अन्दाजको कारण चर्चित छन्। विजय देवरकोन्डाले छोटो समयमै ठुलो सफलता हासिल गरे। तेलुगु सिनेमा(Telugu Cinema) बाट आफ्नो फिल्मी यात्रा सुरु गरेका उनी दिग्गज एक्टर पैन इन्डिया स्टार बनेका छन्। आज विजय देवरकोन्डाको आफ्नो ३२ औँ जन्मदिन मनाउँदै छन्। सामाजिक सञ्जालमा उनको राम्रो फ्यान फलोइङ छ। उनको जन्मदिनको कारण ट्वीटरमा अहिले विजय देवरकोन्डा ट्रेन्ड चलिरहेको छ।

आज हामी तपाईलाई लाइगर (Liger) स्टार  विजय देवरकोन्डाका ती ५ फिल्महरुका बारेमा बताउनेछौँ, जसले बक्स अफिसमा तहल्का मच्चाएको थियो। बलिउडप्रेमी विजयलाई अर्जुन रेड्डी (Arjun Reddy) फिल्मबाट बढी चिन्छन् किनकी यो फिल्मको हिन्दी रिमेक केही समयअघि शाहिद कपूर (Shahid Kapoor)ले कबीर सिंह (Kabir Singh)  को नामबाट रिलिज गरेका थिए। खैर, यो फिल्म ब्लकबस्टर साबित भएको थियो तर विजयलाई अर्जुन रेड्डीको आधारमा मात्रै कम आँक्न मिल्दैन।  उनका अन्य फिल्महरुले पनि जबर्दस्त फेम हासिल गरेका छन्। हामी तीनै ५ फिल्मको बारेमा तपाईलाई बताउँदैछौँ।

येवडे सुब्रमण्यम(Yevade Subramanyam) :

सन् २०१५ मा रिलिज भएको फिल्म ‘येवडे सुब्रमण्यम’ लाई दर्शकले असाध्यै मन पराएका थिए। फिल्मलाई चर्चित निर्देशक नाग अश्विन(Ashwin Nag) ले निर्देशन गरेका थिए। यो उनको डेब्यु फिल्म थियो। यो फिल्ममा सुपरस्टार नानी(Nani) मुख्य भूमिकामा थिए। यद्यपि विजय देवरकोन्डाको भूमिका पनि निकै अहम थियो।

विजयले फिल्म क्षेत्रमा कदम राखेको थोरै समय मात्र भएको थियो तर उनले आफ्नो अभिनयले यस फिल्ममा कमाल गरेका थिए। फिल्मको कहानी यात्रामा आधारित छ। पैसाको पछाडी भाग्ने एक व्यक्तिको मन परिवर्तन भएको फिल्ममा देखाईएको छ। फिल्म नेपालकै एभरेस्ट बेस क्याम्पमा शूट गरिएको थियो र यस्तो गर्ने यो पहिलो भारतीय फिल्म बनेको थियो।

पेल्ली चूपुलू(Pelli Choopulu) :

सन् २०१६ मा विजय देवरकोन्डाले अर्को हिट फिल्म आफ्नो पोल्टामा पारे। सुपरहिट फिल्म फिल्म पेल्ली चूपुलूमा विजय देवरकोन्डासँग अभिनेत्री रितु वर्मा(Ritu Varma) देखिएकी थिईन्। फिल्मलाई थरुन भास्कर(Tharun Bhascker)ले निर्देशन गरेका थिए र राज कन्दुकुरी(Raj Kandukuri) र यश रांगीनेनी(Yash Rangineni) ले निर्माण गरेका थिए।

यो विजयको प्रमुख भूमिका रहेको पहिलो फिल्म थियो। फिल्मको कहानी खासमा हल्का-फूलका नै थियो तर मानिसहरुले अत्यधिक मन पराए। फिल्ममा विजयका पिता उनको बेपर्वाह जिन्दगी देखेर दिक्क भएर उनको विवाह एक युवतीसँग गराउने निर्णय गर्छन्, जो रितु वर्मा हुन्छिन्। रितु निकै महत्वकांक्षी हुन्छिन् र उनको लाइफ देखेर विजयले आफ्नो लाइफमा पनि सुधार ल्याउँछन्।

महानती(Mahanati) :

सन् २०१७ मा ब्लकबस्टर अर्जुन रेड्डीपछि विजय देवरकोन्डाको हातमा सुपरहिट फिल्म ‘महानती’ पर्यो। यो फिल्ममा बिछट्टै सुन्दर अभिनेत्री कीर्ति सुरेश(Keerthy Suresh) देखिएकी थिईन्। उनीसँगै अभिनेता दुलकर सलमान(Dulquer Salmaan), सामन्था अक्किनेनी(Samantha Akkineni) पनि महत्वपूर्ण भूमिकामा देखिएकी थिईन्।

फिल्मको कहानी एक दक्षिण भारतीय अभिनेत्रीको जीवनमा आधारित छ, जसको निजी जिन्दगीमा धेरै कठिनाईहरु पैदा भएका छन्। जसको कारण उनी कुलतमा फस्छिन्। फिल्ममा विजयको भूमिकालाई असाध्यै मन पराईएको थियो।

गीता गोविन्दम(Geetha Govindam) :

सन् २०१८ मा विजय देवरकोन्डाले करियरकै सबैभन्दा ठुलो सफलता  पाए ब्लकबस्टर तेलुगु फिल्म ‘गीता गोविन्दम’ बाट । यो फिल्ममा उनको अपोजिटमा नेशनल क्रश रश्मिका मन्डना (Rashmika Mandanna) देखिएकी थिईन्। यो फिल्म परशुराम(Parasuram) को लेखन र निर्देशनमा बनेको थियो। यो फिल्म बनी वसुले निर्माण गरेका थिए। यो प्रेम कथानक चलचित्रलाई विश्वव्यापी रुपमा मन पराईएको थियो।

फिल्ममा विजय एक युवा लेक्चरर बनेका छन्, जो रश्मिकाको प्रेममा पर्छन्। फिल्मलाई हिन्दीमा डब गरिएको थियो र प्राय: यसलाई टिभीमा प्रसारण गरिरहेका हुन्छन्। यो फिल्मले बक्स अफिसमा तहल्का मच्चाएको थियो। मिडिया रिपोर्टसअनुसार जम्मा ५ करोड भारुमा बनेको यो फिल्मले बक्स अफिसमा १३० करोड रुपैयाँ कलेक्सन गरेको थियो।

ट्याक्सीवाला(Taxiwala) :

सन् २०१८ मा विजयको एक अर्को सुपरहिट फिल्म ‘ट्याक्सीवाला’ रिलिज भयो।  फिल्म एक सुपरनेचुरल कमेडी थ्रिलर फिल्म थियो। फिल्मलाई राहुल संकृतयान(Rahul Sankrityan) ले निर्देशन गरेका थिए र यसलाई गीता आर्ट्स र युवी क्रियसनले प्रोड्यूस गरेको थियो।

फिल्ममा विजयको नाम ‘शिवा’ छ, जो ट्याक्सी चलाउने काम गर्छ।  तर एक दिन डरलाग्दो घटना घट्छ, जुन सुल्झाउन उनी दिलोज्यान दिएर लाग्छन्। फिल्मलाई मानिसहरुले खुबै मन पराएका थिए।

प्रकाशित : आइतबार, बैशाख २६, २०७८१९:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् सबैभन्दा धनी ८ बलिउड नायिकाहरु, छ पैसै-पैसा