बैशाख ३१ गते सूर्य वृष राशिमा गोचर गर्ने, यी ५ राशिका जातक रहनुहोस् सावधान

काठमाडौँ : सबै ग्रहहरुमध्ये सूर्यलाई सर्वोच्च ग्रह मानिन्छ। नौ ग्रहको राजा सूर्यले आफ्नो राशि परिवर्तन गर्दै छ। सूर्य मेष राशिबाट निस्किएर यहीँ बैशाख ३१ गते(१४ मे तारिख) बिहान ११ बजेर ३० मिनेटमा वृष राशिमा प्रवेश गर्दै छ। त्यसपछि असार १ मा सूर्य वृष राशिबाट निक्लिएर मिथुन राशिमा गोचर गर्नेछ। सूर्य वृष राशिमा गोचर गर्दा कुन-कुन राशिलाई लाभ मिल्ला त ? र साथै कुन-कुन राशिका जातकले नोक्सानी ब्होर्नुपर्ला त ? हेर्नुहोस्।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

यो गोचरले गर्दा मेष राशिका जातकले वित्तीय लाभ हासिल गर्नेछन्। यद्यपि पारिवारिक जीवनमा तपाईले केही चुनौतीहरु सामना गर्नुपर्नेछ। आफ्नो वाणीमा नियन्त्रण राख्नुहोला। विवाहको लागि यो समय शुभ छ। कार्यक्षेत्रमा थुप्रै नयाँ अवसरहरु पाउनुहुनेछ। विद्यार्थीको लागि पनि यो गोचर राम्रो रहने वाला छ। स्वास्थ्यसँग जोडिएका केही साना-तिना समस्यालाई चिन्तित बनाउन सक्छ। कुनै पनि प्रकारका मानसिक तनाव नलिनुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

यो गोचारकालमा तपाईको खर्च बढ्नेछ। यो समयावधिमा तपाईले आफू भित्र एक छुट्टै अनुभूति गर्नुहुनेछ र आफ्ना सम्पूर्ण समस्याहरु हल गर्ने कोसिस गर्नुहुनेछ। तपाईले आफ्नो व्यवहारमा सुधार ल्याउनुपर्नेछ। अन्यथा जीवनसाथीसँगको सम्बन्धमा तीक्तता आउन सक्छ। कार्यक्षेत्रमा सफलता हासिल गर्न अधिक प्रयास गर्नुपर्नेछ। व्यापार-व्यवसायमा जोडिएका मानिसहरुले यस गोचर कालमा लाभ प्राप्त गर्नेछन्। आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

मिथुन राशिका जातकले धेरै सोचविचार गरेर मात्र धन खर्च गर्नुहोला। लगानी गर्दा अलि ख्याल गर्नुहोला। यो गोचर कालमा कुनै ठुलो वित्तीय लाभ हुने छैन। यो अवधिमा तपाईले आफ्नो प्रतिभा देखाउने मौका पाउनुहुनेछ। अचानक कुनै अवसर पाउनुहुनेछ। व्यापारी या व्यवसायीहरु धेरै पैसा खर्च गर्नबाट जोगिनुपर्नेछ। सम्बन्धमा समझदारी पूर्ण तरिकाले काम गर्नुहोला। शारीरीक या मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याले पिरोल्नेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

कर्कट राशिका जातकका लागि यो गोचर अत्यन्तै लाभदायक रहने वाला छ। यस गोचर कालमा थुप्रै इच्छा-आकाङ्क्षाहरु पूरा हुनेछन्। यस अवधिमा लाभ मिल्ने पूरा सम्भावना छ। लगानीबाट पनि लाभ प्राप्ति हुनेछ र आफ्नो आय बढाउने पूरा कोशिश गर्नुहोला। तपाईले सरकारी क्षेत्रहरुबाट पनि लाभ पाउनुहुनेछ। वरिष्ठ पदाधिकारीहरु तपाईको पक्षमा हुनेछन्। मान-सम्मानामा वृद्धि हुनेछ। प्रेम-जीवनमा केही समस्याहरुको सामना गर्नुपर्नेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

यो गोचर कालमा तपाईको करियरमा उछाल आउनेछ। कार्यस्थलमा प्रगति गर्नुहुनेछ। वरिष्ठ पदाधिकारीसँग तपाईको सम्बन्ध राम्रो हुनेछ। व्यापार-व्यवसायसँग जोडिएका मानिसहरुका लागि यो समय राम्रो छ। यो अवधिमा तपाईको आत्मविश्वास बढ्नेछ। पारिवारिक वातावरण खुशीयाली पूर्ण रहनेछ। सूर्यको दृष्टिले तपाईलाई प्रसिद्धि र सम्मान दिलाउनेछ। स्वास्थ्यको दृष्टिले पनि सिंह राशिका जातकको लागि यो समय अनुकूल रहनेछ। स्वयमलाई स्वस्थ राख्नुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

अन्तर्राष्ट्रिय व्यापार-व्यवसायसँग जोडिएका व्यापारीले लाभ प्राप्त गर्नेछन्। सूर्यको गोचरको कारण आध्यात्मिक क्षेत्रमा तपाईको रुचि बढ्नेछ। आध्यात्मिक कार्यक्रमहरुमा धेरै सहभागी जनाउनुहुनेछ। यो अवधिमा कुनै वित्तीय लाभ प्राप्त हुने सम्भावना एकदम कम छ। कार्यक्षेत्रमा इमान्दारीपूर्वक काम गर्नुहुनेछ। यो अवधिमा पितासँगको तपाईको सम्बन्धमा केही खराबी आउन सक्छ। पिताको स्वास्थ्यले तपाईलाई चिन्तित बनाउनेछ। यद्यपि तपाई चिन्तित हुन जरुरत छैन, सबै ठिक हुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

यो गोचर कालमा तपाईले त्वचा सम्बन्धी समस्याको सामना गर्नुपर्नेछ। यस अवधिमा भाइरल सङ्क्रमण र अन्य समस्याहरु पनि उत्पन्न हुन् सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। यो अवधिमा तपाईले कुनै ठुलो वित्तीय लाभ प्राप्त हुने योग देखिँदैन्। यद्यपि साझेदारीमा गरिएको कामबाट तपाईले लाभ प्राप्त गर्न सक्नुहुनेछ। साथीभाई र परिवारसँगको सम्बन्धमा खटास आउन सक्छ। वाणीमा नियन्त्रण राख्नुहोला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

यो गोचर कालमा व्यापार-व्यवसाय गरेका जातकले जबरदस्त लाभ पाउनेछन्। तपाईको वैवाहिक जीवनमा मिठास आउनेछ। आफ्नो अहङ्कारलाई आफैँमाथि हाबी हुन् नदिनुहोला। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग मतभेद हुन् सक्छ। व्यापार र साझेदारीमा लाभ मिल्ने सम्भावना छ। आर्थिक रुपबाट यो समयावधिमा सन्तुष्ट महसुस गर्नुहुनेछ। तपाईको खर्चमा स्थिरता आउनेछ। स्वास्थ्यको हिसाबले तपाईले आफूलाई कमजोर महसुस गर्नुहुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

यो गोचर कालमा तपाईले आफ्नो विरोधीमाथि विजय हासिल गर्नुहुनेछ। प्रतियोगितात्मक परीक्षामा भाग लिने छात्राले सफलता पाउनेछन्। व्यवसाय गर्ने जातकले मुनाफा कमाउनको लागि अधिक प्रयास गर्नुपर्नेछ। कुनै ठुलो वित्तीय लाभ हुने छैन। यो अवधिमा भाग्यले पनि धेरै साथ दिने छैन। आत्मनियन्त्रण गर्नुहोला, अन्यथा हारको सामना गर्नुपर्नेछ। दाम्पत्य जीवनमा उतारचढाव आउन सक्छः। स्वास्थ्यको ख्याल गर्नुहोला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

सूर्यको योग गोचर मकर राशिका केही जातकका लागि अनुकूल रहने छैन। केही शारीरीक समस्या ल्याउन सक्छ। पढाईमा पनि नकारात्मक असर पर्न सक्छ। शिक्षाको क्षेत्रमा राम्रो परिणाम प्राप्त गर्नको लागि कडा मेहनत गर्नुपर्नेछ। आर्थिक रुपमा तपाई अधिक सतर्क रहनुपर्नेछ। भविष्यको लागि पैसा बचाएर राख्नुहोला। अचानक धन लाभको पनि सम्भावना छ। वैवाहिक जीवन राम्रो रहनेछ र सामाजिक स्थितिमा पनि सुधार आउनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

यो गोचर कालमा तपाई दुरुस्त रहनुहोला। परिवारको सदस्यबीच केही मनमुटाव हुन् सक्छ। व्यवसायमा लाभ हुने सम्भावना छ किनकी तपाईलाई भाग्यले साथ दिनेछ। अफिसमा तपाईको कामको प्रशंसा हुनेछ। कुनै खास परियोजनामा सफलता प्राप्त गर्नुहुनेछ। घरेलू मामिलामा विवेक र धैर्यले काम गर्नुहोला। धन-सम्पत्तिसँग सम्बन्धित मुद्दालाई केही समयको लागि टाल्नुहोला। स्वास्थ्यको हिसाबले यो समय तपाईको लागि औसत रहनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

सूर्यको गोचरले तपाईमा एकाग्रता र समर्पणको भाव आउनेछ। तपाई सबै चुनौती बहादुरीपूर्ण तरिकाले सामना गर्न तयार रहनुहुनेछ। जीवनसाथीसँग सम्बन्ध समन्या रहनेछ। आफूलाई धार्मिक गतिविधिमा सामेल गराउनुहोला। परिवार र साथीभाईको पूरा सहयोग मिल्नेछ। परियोजनाको नेतृत्व गर्नको लागि यो समय राम्रो रहनेछ। स्वास्थ्यसँग सम्बन्धित केही समस्या सामना गर्नुपर्नेछ। आफ्नो र आफ्नो परिवारको ख्याल गर्नुहोला।

प्रकाशित : आइतबार, बैशाख २६, २०७८१४:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि सोमबार : शिवजीको कृपादृष्टिले शुभ रहनेछ यी राशिको दिन, तपाईको दिन कस्तो रहला ?