यी बलिउड कलाकारको नेपालसँग छ गहिरो सम्बन्ध

एजेन्सी : भारत र नेपाल बीच धर्म-संकृति देखि रहन-सहन सम्म धेरै कुराहरुमा समानता छ। भाषाको विषयमा पनि भारत र नेपाल बीच केही समानता छन्। यस्तै समानताको कारण बलिउड चलचित्रहरु प्रति नेपालीहरुको लगाव रहने गरेको छ।

बलिउड विश्वकै सबै भन्दा ठूलो चलचित्र उद्योग भएको नाताले पनि यहाँ हजारौ कलाकार सक्रिय छन्। यस्तै बलिउडमा सक्रिय कलाकार मध्ये केहि कलाकारहरुको सम्बन्ध नेपालसँग पनि छ। नेपालसँग सम्बन्ध रहेका बलिउड कलाकार निम्न छन्।

माला सिन्हा(Mala Sinha) : वि. सं. २०२२ मा बनेको निजी क्षेत्रको पहिलो नेपाली फिल्म ‘माइतीघर’ मा अभिनय गरेकी मालाले बलिउडमा पनि राम्रै नाम कमाइन्। उनका पिता एक नेपाली थिए। तर नेपाल सँग-सँगै माला भारतमा पनि सफल भइन्।

गोविन्दा आहूजा(Govind Ahuja) : नेपालका ज्वाई भनेर चिनिने गोबिन्दाको नेपालसँग ठूलै सम्बन्ध छ। उनको ससुराली नेपाल हो। उनकी श्रीमती सुनिता नेपाली मधेशी मुलकी हुन्। त्यही भएर गोबिन्दा नेपाललाई आफनो ससुराली बताउँछन्।

भारती सिंह(Bharti Singh) : भारतकी चर्चित कमेडियन भारती सिंहको पनि नेपालसँग सम्बन्ध छ। उनकी आमा पञ्जाबी भएता पनि पिता भने नेपाली हुन्। विभिन्न कमेडी शोहरुमा व्यस्त हुने गरेकी भारतीलाई कहिलेकाहीं नेपाली पनि बोल्दै गरेको देखिसकिएको छ। उनी थोरै-थोरै नेपाली पनि बोल्न सक्छिन्।

अहमद खान(Ahmed Khan) : बलिउडका धेरै कलाकारहरुलाई नाच्न सिकाइसकेका अहमद खानको पनि नेपालसँग सम्बन्ध छ। उनका पिता भारतीय मुसलमान हुन्। तर उनकी आमा भने नेपाली हुन्। आफ्नो आमा नेपाली रहेको बारे खानले चर्चित डान्स रियालिटी शो डान्स इण्डिया डान्समार्फत खुलासा गरेका थिए।

प्रकाशित : शनिबार, बैशाख २५, २०७८२०:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुलाहाको पर्खाइमा छन् कपूर खानदानका यी ५ छोरीहरु