सूर्य वृष राशिमा गोचर गर्दै, १२ वटै राशिमा पर्नेछ शुभ-अशुभ प्रभाव

काठमाडौँ : सूर्य ग्रहले यहीँ वैशाख ३१ गते (मे १४ तारिख) का दिन राशि परिवर्तन गर्दैछ। त्यस दिन बिहान ११ बजेर ५६ मिनेट पश्चात सूर्य वृष राशिमा हुनेछ। सूर्य वृष राशिमा प्रवेश गर्दा त्यसको असर प्रत्येक राशिमा पर्नेछ। सूर्य वृष राशिमा रहने अवधि(१५ जून) सम्म रहनेछ।

सूर्यको राशि परिवर्तनले सबै भन्दा बढी कुन राशिलाई लाभ मिल्ला ?

वृष राशि हुनेहरुले जीवनमा हुनेछन् अनेक परिवर्तन : सूर्यको राशि परिवर्तनले वृष राशि(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – Taurus) हुनेहरुको जीवनमा कयौं सकारात्मक परिवर्तन हुनेछन्। सूर्यको पूर्ण साथ मिल्दा मान-सम्मान प्राप्त हुनेछ भने उच्च पद प्राप्त हुने योग पनि देखिन्छ।

रोकिएका सम्पूर्ण कार्य सम्पन्न हुनेछन्। स्वास्थ्यमा रहेका समस्या देखि पनि छुट्कारा मिल्ने देखिन्छ। प्रेम जीवन पनि उत्साहप्रद रहनेछ। नयाँ कार्य थालनीमा परिवारको पूर्ण सहयोग प्राप्त हुन सक्ला।

सिंह राशि हुनेहरुलाई कार्यक्षेत्रमा मिल्नेछ सफलता : सूर्यको राशि परिवर्तनका कारण सिंह राशि( मा, मि, मु, मे, मो, टा, टि, टु, टे  – Leo) हुनेहरुलाई धेरै लाभ मिल्नेछ। कार्यक्षेत्रमा शानदार परिणाम मिल्ने देखिन्छ। व्यापार तथ्य व्यवसायमा प्रगति मिल्ने देखिन्छ।

नसोचेका क्षेत्रबाट पनि आर्थिक लाभ मिल्दा आर्थिक रुपमा थप मजबुत भइनेछ। घर तथा जग्गा कारोबारमा मनग्गे लाभ मिल्नेछ। कानुनी रुपमा रहेका वाधा-अड्चन देखि पनि छुट्कारा मिल्ने देखिन्छ। सामाजिक प्रतिष्ठा बढ्नुका साथै मान सम्मान प्राप्त गराउन सूर्यको भूमिका रहनेछ।

धनु राशि हुनेहरुले कर्जा देखि पाउनेछ मुक्ति : सूर्यको राशि परिवर्तन धनु राशि( मा, मि, मु, मे, मो, टा, टि, टु, टे – Leo) हुनेहरुका लागि पनि धेरै लाभप्रद हुनेवाला छ। सूर्यको राशि परिवर्तन सँगै नउठेका रकम उठ्न शुरु हुनेछन्।

धेरै समय देखि बिक्री गर्न चाहेका वस्तुहरु बिक्री हुनेछन् भने ऋण देखि मुक्ति मिल्ने पनि देखिन्छ। कलाकार, खेलाडी, विद्यार्थी लगायतका लागि पनि समय धेरै लाभप्रद रहन सक्ला। पदोन्नतीको योग पनि रहन सक्ला।

मीन राशि हुनेहरुको बढ्नेछ पराक्रम : सूर्यको राशि परिवर्तनसँगै मीन राशि(दि, दु, थ, झ, ञ, दे, दो, च, चि – Pisces) हुनेहरुको पराक्रम बढ्नेछ। कार्यक्षेत्रमा आइपर्ने चुनौतीहरुबाट सहजै पाउन सकिनेछ भने शत्रु सजिलै पराजित हुनेछन्।

प्रतिष्पर्धाहरुमा पनि सामान्य प्रयासमै सफलता मिल्ने देखिन्छ। आर्थिक रुपमा पनि समस्य राम्रो रहने देखिन्छ। प्रेम जीवनलाई विवाहमा परिणत गराउनको लागि समय उचित रहनेछ।

प्रकाशित : शनिबार, बैशाख २५, २०७८१३:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि आइतबार : यी राशिले पाउनेछन् शुभ समाचार, तपाईको दिन शुभ-अशुभ कस्तो रहला ?