एजेन्सी : चकलेट ब्वाय रणबीर कपूर(Ranbir Kapoor) अत्यन्तै रोमान्टिक छन्। दीपिका पादुकोण(Deepika Padukone) र कट्रिना कैफ(Katrina Kaif)सँग उनको खुबै रोमान्स चलेको थियो। उहीँ हिरो रणबीर फिल्म ‘ये जवानी है दीवानी(Yeh Jawaani Hai Deewani)’ को एक किस सिनको शूटिङको क्रममा बेकाबू भएका थिए। हिरोनी खासमा दीपिका पादुकोण भने थिईनन्।
यस हिरोइनको नाम हो एवलिन शर्मा(Evelyn Sharma) । एवलिनलाई रणबीर कपूरले निर्देशक(Director) ले कट(Cut) भनिसकेपछि पनि किस गरिरहे र केही समयपछि मात्र थाहा पाए कि कट भनिसकेको थियो।
रणबीर कपूरका निकट साथीहरुका अनुसार त्यतिबेला रणबीर सिनमा यति धेरै डुबेका थिए कि उनले कट भनेको सुन्दै सुनेनन् र गडबडी भयो।
भारतीय-जर्मन चलचित्र अभिनेत्री एवलिन शर्माले बलिउडमा ‘फ्रम सिड्नी विथ लव(From Sydney with Love)’ बाट करियर सुरुवात गरेकी थिईन्। उनले ये जवानी है दीवानीसहित यारियान(Yaariyan), हिन्दी मिडियम(Hindi Medium), जब ह्यारी मेट सेजल(Jab Harry met Sejal), मैं तेरा हीरो(Main Tera Hero), कुछ कुछ लोचा है(Kuch Kuch Locha Hai), नौटंकी साला!(Nautanki Saala!) लगायतका थुप्रै चलचित्रहरुमा अभिनय गरेकी छिन्। तर अहिलेसम्म उनको ठोस पहिचान बनिसकेको छैन।
यस हिरोइनलाई किस गर्दा बेकाबू भएका थिए रणबीर, सुनेनन् कटको आवाज

प्रकाशित : शुक्रबार, बैशाख २४, २०७८२०:०७