एजेन्सी : बलिउड नायक सुशान्त सिंह राजपुत(Sushant Singh Rajput)को दुखद् अवसानपछि बलिउडको परिवारवाद(familism), नातावाद(Nepotism) र समूहवाद(Groupism) उदांगो भएको छ। यस घटनाले बलिउड केही व्यक्तिको कब्जामा रहेको र उनीहरुले जो-कोहीको पनि करियर माथि खेलवाड गर्न सक्छन् भन्ने कुरालाई पुष्टि गरेको छ।
सुशान्त सिंह राजपुतको अवसान पश्चात सबैभन्दा धेरै करण जोहर(Karan Johar) र नायक सलमान खान(Salman Khan)को आलोचना भएको छ। यी दुईकै कारण सुशान्तलाई बलिउडमा टिक्न गार्हो भएको आरोप छ।
सुशान्तको करियरमा सलमानको प्रभाव :
सलमानले बलिउडमा ब्रेक दिएका नायक हुन्, सुरज पञ्चोली(Sooraj Pancholi)। लागेको आरोप अनुसार, उनकै कारण सलमान सुशान्तको करियर सिध्याउन लागि परेका थिए। सुरज र सुशान्त बीच झगडा परेको थियो। जसपश्चात सलमानले सुशान्तलाई फोन गरेर झपारेका समेत थिए। त्यति मात्र नभई उनले सुशान्तलाई चलचित्रमा काष्ट नगर्न विभिन्न निर्देशक तथा प्रोडक्सन हाउसलाई दबाव दिएको बताइन्छ।
करण-सलमान अनि सुशान्त :
निर्देशक करण जोहरको नयाँ चलचित्र ‘ड्राइभ(Drive)’का लागि सुशान्त अनुबन्धित भएका थिए । यो कुरा सलमानले पचाउन सकेनन्। जसपश्चात उनले सुशान्तलाई सो चलचित्रबाट हटाउन करणलाई दवाव दिए । करणले सुशान्तलाई चलचित्रमा त लिए, तर चलचित्र रिलिज गर्दा भने ठूलो धोका दिए। उक्त चलचित्र कारणले हलमा रिलिज नगरी सिधै नेटफ्लिक्समा मात्रै रिलिज गरिए। यसरी सुशान्तको करियर बर्बाद गर्न सलमान र करण मिलेको देखिन्छ।
सलमानले धेरै कलाकार, गायक तथा निर्देशकहरुको करियर बर्बाद गरिदिएको आरोप छ। जसकारणसलमानलाई बहिष्कार गर्ने अभियान चलाइएको छ। सलमानका कारण करियर बर्बाद भएका केहि व्यक्तिहरु निम्न छन्।
विवेक ओबेरोय(Vivek Oberoi) : ‘कम्पनी’ र ‘साथिया’ जस्ता सफल चलचित्रमा काम गरेका विवेकको कुनै एक समयमा राम्रो क्रेज थियो। उनली एक सफल र उदाउँदो नायकको रुपमा हेरिएको थियो। तर, सलमानले उनको करियर नै बर्बाद गरिदिए। आफू र प्रेमिका ऐश्वर्या राय(Aishwarya Rai Bachchan)को बीचमा आएको भन्दै विवेकको करियर बर्बाद गर्न सलमानले अनेक उपाय अपनाए। उनले विवेकसँग काम नगर्न धेरै निर्माता, कलाकार तथा निर्देशकहरुलाई दबाव दिए। सलमानको दबाव पश्चात बलिउडका अन्य कलाकार विवेकबाट टाढिए भने पक्का भएका चलचित्रहरुबाट समेत उनी निकालिए।
अभिनव कश्यप(Abhinav Kashyap) : अनुराग कश्यप(Anurag Kashyap)का भाइ तथा सलमान खानको सुपरहिट फिल्म ‘दबंग’ का निर्देशक अभिनव कश्यपको पनि सलमानकै कारण करियर बर्बाद भएको बताइन्छ। सुशान्तको अवसान पश्चात अभिनव आफैंले पनि सलमान र उनको परिवारका कारण आफ्नो करियर बर्बाद भएको बताइसकेका छन्। सलिम खान(Salim Khan), सलमान खान, अरबाज खान(Arbaaz Khan) र सोहेल खान(Sohail Khan)का कारण आफूले धेरै पिडा भोग्नु परेको उनी बताउँछन्। सलमानले आफूसँग काम नगर्न धेरैलाई दबाव दिने देखि आफ्ना परिवारका सदस्यहरुलाई समेत अनेक धम्की दिएको उनको आरोप छ।
अरिजित सिंह(Arijit Singh) : बलिउडमा अरिजित सिंह धेरै सफल गायक मानिन्छन्। कुनै एक समयमा अरिजित सिंहको आवाजमा गीत नभएको चलचित्र नै रिलिज हुँदैनथ्यो। तर, सलमान खानका कारण उनको करियर ओरालो तर्फ लाग्यो। सलमान र अरिजितबीच सन २०१४ मा एक अवार्ड कार्यक्रममा मजाकको विषयले यी दुई बीच सम्बन्ध बिग्रिएको हो। सलमान खानले संचालन गरेको सो अवार्ड कार्यक्रममा सलमानको मजाक उडाउनु अरिजितलाई महँगो पर्यो। त्यस घटनापश्चात सलमानले अरिजित विरुद्ध अभियान नै चलाए। उनले अरिजितका गीत आफ्नो चलचित्रमा प्रयोग गर्न बन्देज लगाए भने अरिजितले पाएका प्रोजेक्टहरु खोस्न पनि आफ्नो शक्ति प्रयोग गरे। यसरी एक चर्चित तथा सर्वत्र रुचाइएको गायकको करियर सलमानले बर्बाद पारे।
यसको अलावा सलमानले पुलकित सम्राट, जुबैर खान, ऐश्वर्या राय लगायतको पनि करियर बर्बाद गरिदिएको बताइन्छ।