भोलि आइतबार : यी राशिका लागि अनुकूल छ भोलिको दिन, तपाईको दिन कस्तो रहला ?

पञ्चाङ्ग : ।।।।। दिन – आइतवार ।।।।।  नक्षत्र – पूर्वाषाढा , १४:३३ बजे उप्रान्त उत्तराषाढा ।।।।। तिथि – षष्ठी , २०:३५ बजे उप्रान्त सप्तमी ।।।।। करण – गर ९:२६ बजेदेखि वणिज , २०:३५ बजे उप्रान्त वालव ।।।।। योग – सिद्ध ७:११ बजेदेखि साध्य , २८:४५ बजे उप्रान्त शुक्ल ।।।।।चौलागा, ११४१ ने.सं. ।।।।। वैशाख १९, २०७८ ।।।।। ०२ मे २०२१ ।।।।। सूर्योदय(sunrise) – ५:२६ ।।।।। सूर्यास्त(Sunset) – १८:३७ ।।।।। वैशाख कृष्णपक्ष ।।।।। होम गर्ने साइत ।।।।। रुद्री गर्ने साइत ।।।।।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : कुनै प्रकारको संकटमा नपर्नुहोला। व्यवसायिक स्थलमा उच्च अधिकारीसँग प्रेमको कारण कार्य सम्पन्न हुनेछ। उग्र चर्चामा नउत्रिनुहोला। आज भाग्यले साथ् दिनेछैन। कार्यमा सफलता मिल्नेछैन। मध्यान्नपछि परिस्थितिमा सुधार आउनेछ। गृहस्थजीवनमा आनन्दपूर्ण वातावरन रहनेछ। तपाई प्रति उच्च अधिकारीको प्रसन्नता रहनेछन्। पदोन्नति होला। आर्थिक योजनानुसार आर्थिक लाभ मिल्नेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : अधिक भावुकताले अस्वस्थ अनुभव गर्नुहुनेछ। शारीरिक स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। बोलि र व्यवहारमा विशेष ध्यान राख्नुहोला। खानपिनमा विशेष ध्यान राख्नुहोला। व्यवसायिक क्षेत्रमा विध्न उपस्थित हुन सक्छ। उच्च अधिकारीसँग झगडा हुन सक्ला। प्रतिस्पर्धीसँग वाद-विवाद वा उग्र चर्चा नहोस् यस कुराको ध्यान राख्नुहोला। कार्यमा सफलता प्राप्त हुन्हो ढिलाई हुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : मनोरंजन प्रवृत्तिमा हराउनु हुनेछ। मित्रसँग भ्रमणको आयोजन गर्नुहुनेछ। खानपिन र कपडा उपलब्ध हुनेछ। मध्यान्नपछि केहि अधिक भावुक रहनुहुनेछ। मनको व्यथा वृद्धि हुन सक्छ। पैसा खर्च वृद्दि हुनेछ। अनैतिक तथा निषेधात्मक कार्यबाट टाढा रहनुहोला।

कर्कट राशि  – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : व्यवसायिक स्थलमा वातावरण अनुकूल रहनेछ। माईतबाट राम्रो समाचार मिल्नेछ। पारिवारिक वातावरण अनुकूल रहनेछ। प्रतिस्पर्धीबाट अधिक लाभ प्राप्त हुनेछैन। शारीरिक र मानसिक रूपले स्वस्थ रहनुहुनेछ। बौद्धिक चर्चामा आफ्नो तार्किक विचार प्रदान गर्नको लागि अनुकुल समय रहेको छ। सामाजिक रूपले सम्मान प्राप्त हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : प्रणय- प्रसंगको लागि अनुकूल दिन रहेको छ। रिसलाई नियन्त्रणमा राख्नुहोला। पेट सम्बन्धित रोगबाट शारीरिक कष्ट हुन सक्छ। तर मध्यान्नपछि परिवारमा आनन्द र उल्लासमय वातावरण रहनेछ। मानसिक रूपले प्रसन्न र उर्जाको अनुभव हुनेछ । व्यवसायबाट लाभ होला। सहकर्मीको सहयोग मिल्नाले आनन्द बढ्नेछ। प्रतिस्पर्धीलाई परास्त गर्नुहुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : शारीरिक स्फूर्ति तथा मानसिक उल्लासित र चेतनाशक्तिको अभाव रहनेछ। सामाजिक रूपले अपमान नहोस् यस कुराको ध्यान राख्नुहुनेछ। धनहानि हान सक्ला। कार्य सफलता नमिल्नुको कारण निराशा रहनेछ। सन्तानको विषयमा चिन्ताले सताउनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : नयाँ कार्यको शुभारम्भ गर्नको लागी शुभ दिन रहेको छ। प्रिय व्यक्तिसँग भएको भेट आनन्ददायी रहनेछ। भाग्यवृद्धि हुनेछ। सामाजिक रुपले मान-सम्मान प्राप्त हुनेछ। मध्यान्नपछि मनमा उदासी छाईरहनेछ। शारीरिक रूपले अस्वस्थता अनुभव हुनेछ। पारिवारिक वातावरण क्लेशमय रहनेछ। स्थावर सम्पत्ति सम्बन्धित पत्रको विषयमा सावधानी अपनाउनुहोला। आमाको स्वास्थ्य बिग्रन सक्ला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : निर्धारित कार्य सम्पन्न नाभेको कारण निराशा अनुभव गर्नुहुनेछ। कुनै पनि महत्वपूर्ण कार्य अथवा त्यस विषयमा निर्णय नलिनुहोला। पारिवारिक झगडा हुन सक्ला। मध्यान्नपछि परिवार तथा भाई-बहिनीसँग आनन्दपूर्वक समय बिताउनुहुनेछ। प्रतिस्पर्धीलाई पराजित गर्नुहुनेछ। शारीरिक र मानसिक रूपले स्वस्थ रहनुहुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : तपाईको लागि दिन शुभ फलदायी रहेको छ। कार्यसिद्धि र लक्ष्मी प्राप्ति दुवै प्राप्ति हुनेछ। शारीरिक र मानसिक रूपले उत्साही तथा प्रफुल्लित रहनुहुनेछ। त्यसैले प्रत्येक कार्य गर्दा उत्साह मिल्नेछ। कुनै ठाउँमा यात्रा होला। मध्यान्नपछि केहि दुविधामा रहनुहुनेछ। घरमा तथा व्यवसायिक स्थमा कार्यभार रहनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : बोलि र व्यवहारको कारण झगडा हुन सक्ला। क्रोधको मात्रा बढ्नेछ। कसैसँग उग्र चर्चा वा विवाद नहोस् यस कुराको ध्यान राख्नुहोला। मनमा निराशा रहनेछ। त्यसैले आध्यात्मिकताको आश्रय लिनाले मन शान्त रहनेछ। मध्यान्नपछि उर्जा र उल्लास अनुभव गर्नुहुनेछ। पारिवारिक वातावरण आनन्दमे रहनेछ। शुभ प्रसंगमा जाने अवसर मिल्नेछ। वैवाहिक जीवनमा आनन्द छाईरहनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : तपाईको दिन लाभदायक रहेको छ। सामाजिक क्षेत्रमा अधिक सक्रिय रहनुहुनेछ। विवाहोत्सुकले लागि अनुकूल जीवनसाथी मिल्नाले दिन आनन्दमा अभिवृद्धि हुनेछ। मध्यान्नपछि घरको वातावरण कलुषित रहनेछ। शारीरिक स्वास्थ्य बिग्रन सक्ने सम्भावना रहेको छ। पैसाको अधिक खर्च हुन सक्ला।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : दिन सबै प्रकारले लाभदायी रहेको छ। कुनै परोपकारको कार्य रहनुहुनेछ। व्यापारमा उचित आयोजनद्वारा व्यापार- वृद्धि गर्न सक्नुहुनेछ। उच्च अधिकारीगण तपाईको कार्यबाट प्रशंसा आनंदपूर्वक गर्नुहुनेछ। व्यापारसँग सम्बन्धित भ्रमण हुने योग रहेको छ। पिता र ठुलो मान्छेको आशीर्वाद र लाभ मिल्नेछ।

प्रकाशित : शनिबार, बैशाख १८, २०७८२१:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज आइतबार : यी राशिका लागि अनुकूल छ आजको दिन, तपाईको दिन कस्तो रहला ?