कहिले लाग्दैछ यो वर्षको पहिलो चन्द्रग्रहण ? तपाईको जीवनमा कस्तो प्रभाव पार्ला ?

काठमाडौँ : वि.सं. २०७८ को पहिलो चन्द्रग्रहण(Lunar eclipse) जेठ १२ गते वैशाख शुक्लपक्षको पूर्णिमाको दिन लाग्दैछ। जेठ १२ गते बुधबार राति दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुनेछ र बेलुका ७ बजेर ३५ मिनेटमा समाप्त हुनेछ। यो ग्रहणको प्रभाव वृश्चिक राशि र अनुराधा नक्षत्रमा सबैभन्दा बढी पर्नेछ। यो वर्षको पहिलो चन्द्रग्रहण उपछाया ग्रहण हुनेछ। उपछाया भएको कारण यो ग्रहणको धार्मिक प्रभाव खासै मानिदैन।

चन्द्रग्रहणले स्पर्श हुनुभन्दा अघि देखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको छ । ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ ।

ग्रहण लागेका बेला सुत्न, दिसा, पिसाब, मैथुन गर्न नहुने धर्मसिन्धु, निर्णयसिन्धुलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यसैगरी, तेल लगाउन, खानपिन गर्न, कसैलाई बन्धनमा राख्न र मार्न पनि नहुने व्यवस्था छ । धर्मसिन्धु, निर्णयसिन्धुलगायत ग्रन्थमा भनिएको छ– निद्रायां जायते व्याधि मूत्रे दारिद्रयमाप्नुयात् ।
पुरीषे कृमियोनिश्च मैथुने ग्रामसूकरः ।।
अभ्यञ्जने भवेत् कुष्ठी भोजने स्यादधोगति ।
वन्धनं च भवेत् सर्पः वधे च नरकं व्रजेत् ।।

अर्थात् ‘सुते रोगी, दिसा गरे कीरा योनीमा जन्म, पिसाब गरे दरिद्रता, मैथुन गरेर गाउँको सुँगुर भई जन्मनुपर्ने, तेल लगाए कुष्ठरोगी, भोजन गरे अधोगति, कसैलाई बन्धनमा राखे सर्प योनीमा जन्म, मारे नरकमा पर्ने शास्त्रीय भनाइ छ’, । सामान्यतया: चन्द्रग्रहणको समयमा यी कार्यहरुमा रोक लगाइन्छ तर जेठ १२ को उपछाया चन्द्रग्रहण भएको कारण यी कार्य निष्फिक्री गर्न सक्नुहुन्छ।

पूर्णिमा तिथिका दिन सूर्य, चन्द्रमा र पृथ्वी एउटा सरल रेखामा पर्दा सूर्य र चन्द्रमा १८० डिग्रीमा हुन्छ । त्यसबेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्छ । त्यस्तो अवस्थामा पृथ्वीको छायाँले चन्द्रमा ढाकिन्छ । पृथ्वी ठूलो भएकाले छायाँले चन्द्रमा पूरै ढाकिने भएकाले प्रायः खग्रास चन्द्रग्रहण लाग्छ ।

यो चन्द्रग्रहण अमेरिका, उत्तरी यूरोप, पूर्वी एशिया, अस्ट्रेलिया र प्रशान्त महासागरका केही क्षेत्रबाट पूर्ण रुपमा देखिनेछ। जबकि नेपालमा यो उपछायाको रुपमा देखिनेछ।

सूतक कालको समय : यो चन्द्र ग्रहण उपछाया चन्द्र ग्रहण हो। उपछाया ग्रहणमा कुनै पनि प्रकारका धार्मिक कार्यमा गरि निषेध गरिदैन। यस दिन सूतक काल मानिदैन। ग्रहण अवधिभर पनि मन्दिरका द्वार बन्द गरिदैन। यस दिन कुनै पनि प्रकारका शुभ कार्यमा रोकटोक लगाईदैन।

चन्द्रग्रहणको समयमा नयाँ काम गर्न मनाही हुन्छ। यसबाहेक ग्रहण लागेको बेला घरभित्रै बस्न सल्लाह दिईन्छ। यद्यपि जेठ १२ को ग्रहण उपछाया ग्रहण भएको कारण कुनै पनि कार्यमा रोकटोक हुने छैन।

प्रकाशित : बिहिबार, बैशाख १६, २०७८१९:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुध र राहु एउटै राशिमा आयो, यस अशुभ संयोगले यी ४ राशिको जीवनमा ल्याउनेछ हलचल