आफ्नो पति चैतन्यप्रति अमर प्रेम दर्शाउन सामन्थाले गरेकी थिईन् यत्रो कष्ट

एजेन्सी : साउथ एक्ट्रेस सामन्था अक्किनेनी(Samantha Akkineni) बुधबार २८ अप्रिलबाट ३४ वर्ष टेकिन्। एक एक्ट्रेस हुनुको साथै उनी सोशल मिडिया स्टार पनि हुन्। सामाजिक सञ्जालमा उनको राम्रो फ्यान फलोइङ छ। उनी आफ्नो फेशन सेन्सलाई एकदमै मेन्टेन गर्छिन्। उनी चाँडै मनोज बाजपेयीको वेबसिरिज ‘द फ्यामिली म्यान २’ मा देखिँदै छिन्।

सामन्था अक्किनेनीले फिल्मी दुनियाँमा कदम राखेको ११ वर्ष भईसकेको छ। आफ्नो यस फिल्मी यात्रामा उनले कैयन् भूमिकाहरु निभाईन्। आफ्नो सशक्त अभिनय कौशलताले उनले जुनसुकै भूमिकालाई पनि जीवन्त बनाउन सक्छिन्। यहीँ उनको खूबी हो। सामन्थाले आफ्नो डेब्यु फिल्मका स्टार नागा चैतन्यसँग विवाह गरिन्। लामो समयसम्म डेट गरेपछि सन् २०१७ मा सामन्था नागा चैतन्यसँग वैवाहिक बन्धनमा बाँधिइन्।

सामन्था अक्किनेनीको शरीरमा भएको ट्याटु शायद सबैले देखेकै होलान्, तर धेरै कमलाई मात्र ती ट्याटुको अर्थ थाहा होला। उनका शरीरमा भएका हरेक ट्याटुले उनको र नागा चैतन्यबीचको प्रेमकथा दर्शाउँछ।

उनले यी तस्बिर आफ्नो सोशल मिद्या अकाउन्ट इन्स्टाग्राममा शेयर गरेकी थिईन्। तस्बिरमा उनले व्हाइट टपसँग प्यान्ट लगाएकी छिन्। यो आउटफिटमा उनी बिछट्टै राम्री देखिएकी छिन्। तस्बिरमा उनले आफ्नो ट्याटु देखाउन जानी-जानी हात माथितिर गरेकी छिन्। यो ‘चै’ लेखिएको ट्याटु हो, जुन उनले चैतन्यप्रति बलियो प्रेम दर्शाउन खोपेकी हुन्। चैतन्यप्रतिको अमर प्रेमकै लागि उनले यति कष्ट गरेकी हुन्।

जनवरी २०२० मा सामन्थाले एक फोटो शेयर गरेकी थिईन्, जसमा उनले सारी लगाएकी थिईन्। फोटोमा उनलाई पिङ्क कलरको सारी ब्लाउज असाध्यै सुहाएको छ। यो फोटोमा पनि उनले हात माथि गर्दै पोज दिएकी छिन्, जसले गर्दा उनको ट्याटु स्पष्ट देख्न सकिन्छ।

सामन्थाले आफ्नो डेब्यु सन् २०१० मा तेलुगु फिल्म ‘ये माया चेसावे(Ye Maaya Chesave)’ बाट गरेकी थिईन्। यो फिल्ममा उनी नागा चैतन्यको अपोजिटमा देखिएकी थिईन्। यो तस्बिरमा उनले पछाडी गर्दन तल ‘YMC’ को ट्याटु खोपेकी छिन्। यो ट्याटुको मतलब नागा चैतन्यसँगको उनको पहिलो फिल्म ‘Ye Maaya Chesave’ हो। उनको यो पहिलो फिल्म नै सुपरहिट साबित भएको थियो।

सामन्था अक्किनेनीले आफ्नो नाडीमा पनि एक ट्याटु खोपेकी छिन्। त्यहाँ उनले तीरको डिजाइनको ट्याटु खोपेकी हुन्। सामन्थाका पति अभिनेता नागा चैतन्यले पनि आफ्नो नाडीमा सामन्थाको जस्तै ट्याटु खोपेका छन्।

अभिनेत्री सामन्थाले दक्षिण भारतीय चलचित्र क्षेत्रमा निकै लोकप्रियता हासिल गरेकी छिन्। अब उनी बलिउडमा आफ्नो भाग्य चम्काउन चाहन्छिन्। छिट्टै ओटिटी प्लाटफर्ममा डेब्यु गर्ने तयारी गर्दै छिन्। उनी मनोज बाजपेयीसँग वेब सिरिज ‘फेमिली म्यान २’ मा देखिनेछिन्।

प्रकाशित : बिहिबार, बैशाख १६, २०७८१६:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस अभिनेत्रीले ब्रेकअपपछि कोहीँ नपाएर २ पटक डिभोर्स भएको अभिनेतासँग विवाह गरिन्