काठमाडौँ : वैदिक ज्योतिषमा बुध ग्रहको अहम स्थान छ। यस ग्रहलाई बुद्धि, विश्लेषण, सञ्चार, गणनात्मक क्षमता र कौशलको कारक मानिन्छ। बुध ग्रह वृष राशिमा गोचर गर्दै छ। यो गोचर यहीँ आउँदो वैशाख १८ गते(१ मे) शनिबार पञ्चमीको दिन बिहान ५ बजेर ४५ मिनेटमा हुनेछ। बुध यो राशिमा अर्को महिना जेठ १२(मे २६) गते चण्डी पूर्णिमासम्म रहनेछ र त्यसपछि मिथुन राशिमा जानेछ। बुधको यस गोचरबाट कुन राशिको भाग्यको द्वार खुल्नेछ र कुन राशिका व्यक्ति सावधान रहनुपर्ला त ? हेर्नुहोस्।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : यो गोचरको प्रभावले तपाईको बोलीमा मिठास आउनेछ। तपाईले आफ्ना वरपरका मानिसहरुलाई आफूतिर आकर्षित गर्नुहुनेछ। यो गोचरले गायन या लेखनमा रुचि राख्ने जातकलाई फाईदा हुनेछ। जागिर गर्ने जातकलाई पनि यो गोचरले गर्दा मनग्यै लाभ पाउनेछन्। यद्यपि व्यापार-व्यवसायमा संलग्न जातकले केही चुनौतीहरुको सामना गर्नुपर्नेछ। यो गोचरको समयमा तपाईले आफ्नो स्वास्थ्यमा ध्यान दिन आवश्यक देखिन्छ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : यो गोचर वृष राशिमै हुन् लागेको हो। यसको प्रभावले तपाईको आर्थिक र पारिवारिक क्षेत्रमा सुखद माहोल बन्ने देखिन्छ। तपाई व्यक्तिगत र पेशागत दुवै क्षेत्रमा सकारात्मक बन्नुहुनेछ। यो गोचरको समयमा बुधले तपाईलाई अनेक तरिकाले प्रभावित पार्नेछ।तपाईको वाककला अभिवृद्दि हुनेछ र तपाईको व्यक्तित्वमा आकर्षण बढ्नेछ। सम्बन्धमा सकारात्मकता आउनेछ। छात्राका लागि यो गोचर राम्रो रहनेछ। तपाईले शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्नुहुनेछ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : यो गोचरले गर्दा तपाईको आत्मविश्वासमा केही कमी आउन सक्छ। यो गोचरले तपाईको चिन्ता बढाउने वाल छ। यो गोचरको समयावधिमा कुनै नयाँ काम सुरु नगर्नु नै वेश हुनेछ। यतिबेला कुनै पनि क्षेत्रमा लगानी नगर्नुहोला। आफ्नो सक्षमता वृद्दिमा ध्यान दिनुहोला। आफ्नो व्यक्तिगत स्वास्थ्यको हेरविचार गर्नुहोला र योग अभ्यासमा चासो दिनुहोला। प्रियजनसँग सुखद र अविस्मरणीय पल बिताउने मौका पाउनुहुनेछ। विद्यार्थीले परीक्षामा सफलता हासिल गर्नेछन्।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : बुधको यो गोचर कर्कट राशिका जातकका लागि शुभ परिणाम लिएर आउनेछ। व्यापार-व्यवसायसँग जोडिएका मान्छेले यसबाट लाभ उठाउनेछ। यसैबीच तपाईका थुप्रै इच्छा-आकांक्षाहरु पूरा हुनेछन्। पहिलेका कुनै कारोबारबाट तपाईले अहिले लाभ प्राप्त गर्नुहुनेछ। बोलीमा सकारात्मक बदलाव ल्याउने प्रयास गर्नुहोला। विवाहित जोडीको जीवनमा केही उतारचढाव आउँला। जागिर र व्यवसायको क्षेत्रमा आकर्षक अवसर मिल्नेछ। स्वास्थ्य ठिकठाक नै रहनेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : तपाईको रचनात्मकता र संगठनात्मक कौशल वृद्धि हुनेछ। कार्य क्षेत्रमा वरिष्ठ अधिकारीको सहयोग पाउनुहुनेछ। पारिवारिक माहोल सुखमय रहनेछ। जीवनसाथीसँग रोमान्टिक समय बिताउने मौका पाउनुहुनेछ। आफ्नो स्वास्थ्यबारे सजग रहनुहोला र नियमित रुपमा व्यायाम गर्नुहोला। आर्थिक जीवनमा स्थिरता आउनेछ। चल-अचल सम्पत्ति खरिद-बिक्री गर्नसक्नुहुन्छ या कुनै पनि क्षेत्रमा लगानी गर्ने उचित समय सिर्जना हुनेछ। आफ्नो बोलीमा नियन्त्रण गर्नुहोला।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : यो गोचर कालमा तपाईलाई भाग्यले पूरा साथ दिनेछ। यद्यपि यो समयावधिमा तपाईले कडा मेहनत गर्नुपर्नेछ। अनि मात्र राम्रो परिणाम पाउनुहुनेछ। केही जातकले आकर्षक तलबसहितको राम्रो जागिरको प्रस्ताव पाउनेछन्। वित्तीय लाभ मिल्नेछ। यसबीच तपाईका थुप्रै नयाँ साथीहरु बन्नेछन्। भाई-बहिनीबाट आर्थिक सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रसँग जोडिएका मानिसले लाभ पाउनेछन्। मिडिया, मनोरञ्जन र ग्लामर पेशामा आबद्द मानिसले यो गोचरमा सफलता हासिल गर्नेछन्।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : यो गोचरले तुला राशिका जातकलाई लाभ पुर्याउनेछ। यस राशिका जातकले नयाँ चीजहरु सिक्ने अवसर पाउनेछन्। अध्यात्मतर्फ झुकाव बढ्नेछ। पैतृक सम्पत्तिबाट लाभ मिल्न सक्छ। सम्बन्धलाई थप मजबूत बनाउने प्रयास गर्नुहोला। यो गोचरको समयावधिमा केही धन हानि हुनेछ तर अचानक धन लाभ पनि हुन् सक्छ। समग्रमा यो समयावधिमा तपाईको आर्थिक पक्ष मजबूत हुनेछ। वरिष्ठ पदाधिकारीसँग बहस गर्नबाट जोगिनुहोला। स्वास्थ्य समस्याले चिन्ता बढाउनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : तपाई र तपाईको जीवनसाथीबीच वादविवाद बढ्न सक्छ। सम्पूर्ण मामिला लाई शान्तपूर्वक हल गर्ने कोसिस गर्नुहोला। सिङ्गल जातकले यो गोचर कालमा कोहीँ खास व्यक्ति भेट्नेछन्। व्यापार-व्यवसायको लागि समय राम्रो छ र लाभ तपाईको पोल्टामा पर्नेछ। नयाँ साथीहरु बनाउने प्रयास गर्नुहोला। यो गोचर कालमा स्वास्थ्यसँग जोडिएका केही समस्या उत्पन्न हुन् सक्छ। नयाँ व्यवसाय सुरु गर्नको लागि यो समय सर्वोत्कृष्ट रहनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : यो गोचर कालमा कारोबारीले आफ्नो योजनामा ध्यान दिनुपर्नेछ। जागिर गर्नेले कार्यक्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्नेछन् र उनीहरुले मनग्यै लाभ प्राप्त पनि गर्नेछन्। कार्यक्षेत्रमा पदोन्नति हुने सम्भावना छ। स्वास्थ्यको हिसाबले यस अवधिमा तपाई सचेत रहन पर्नेछ। जीवनसाथीको स्वास्थ्य अवस्था बिग्रिन सक्छ। यसकारण जीवनको स्वास्थ्यको हेरविचार गर्नुहोला।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : मकर राशिका जातकका लागि यो गोचरले निजी जीवनमा लाभ दिने वाला छ। यो अवधि छात्राको लागि अनुकूल छ। शिक्षामा ध्यान केन्द्रित गर्नुहोला। राम्रो फल प्राप्त हुनेछ। यो गोचर कालमा कुनै पनि प्रकारका अनावश्यक विवादमा मुछिनबाट बच्नुहोला। बसाईसराईको सम्भावना छ। यो अवधिमा केही मानिसको पदोन्नति पनि हुन् सक्छ। प्रयास र मेहनतको फलस्वरूप तपाईले सराहना र पहिचान प्राप्त गर्नुहुनेछ। आफ्नो कौशल र प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट प्लाटफर्म पाउनुहुनेछ। यो अवधिमा व्यापारीले अथाह सम्पत्ति कमाउने अवसर पाउनेछन्।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : यो गोचरको अवधिमा तपाईले केही मानसिक तनाव झेल्नुपर्नेछ। छात्राले पढाईमा ध्यान केन्द्रित गर्न केही कठिनाईको सामना गर्नेछन्। कार्यस्थलमा केही उतार-चढाव आउँन् सक्छ। मनले चाहेको परिणाम प्राप्त गर्न तपाईले कडा मेहनत गर्नुपर्नेछ। प्रेममा परेका यस राशिका मानिस र विवाहित जोडीको लागि यो गोचर अत्यन्तै शुभ रहने छ। आफ्नो स्वास्थ्यलाई लिएर एकदमै सजग रहनुहोला।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : यो गोचरले गर्दा तपाईको सञ्चार कौशलमा सुधार हुनेछ। तपाईको आर्थिक स्थितिमा पनि व्यापक सुधार आउनेछ। यो अवधिमा तपाई आफ्नो सम्बन्धलाई लिएर सावधान रहन आवश्यक छ। परिवारसँग धेरै समय बिताउनुहोला। कार्यस्थलमा समयसीमा अघि नै आफ्नो काम पूरा गर्ने कोसिस गर्नुहोला। स्वास्थ्यको दृष्टिकोणले यो गोचर तपाईको लागि धेरै लाभदायक रहनेछ।