कहिले छ नववर्षको पहिलो पूर्णिमा ? शुभ मुहूर्त र महत्व

काठमाडौँ : सनातन धर्ममा पूर्णिमा तिथिलाई अत्यन्तै शुभ मानिन्छ। यस तिथिमा मानिसहरु पवित्र नदीमा स्नान गर्छन्। यसलाई अत्यन्तै लाभदायक मानिन्छ। चैत्र मासको पूर्णिमा यानी हिन्दु नववर्ष २०७८ को पहिलो पूर्णिमा भोलि वैशाख १४ गते मंगलवारको दिन परेको छ। यो पूर्णिमालाई चैत्र पूर्णिमा पनि भनिन्छ। यहीँ दिन हनुमान जयन्ती पनि मनाइने गरिन्छ। यहीँ दिन हनुमान जीको पनि जन्म भएको मान्यता छ। यसकारण भोलि भगवान हनुमानको पनि जन्मोत्सव  मनाइन्छ। साथै यस दिन विष्णु जीको स्वरुप भगवान सत्यनारायणको पूजा पूरा विधि-विधानसँग गरिन्छ। साथै यस दिन सत्यनारायणको व्रत पनि बसिन्छ।

चैत्र पूर्णिमाका शुभ मुहूर्त :

चैत्र पूर्णिमा, मंगलवार, वैशाख १४, २०७८

पूर्णिमा तिथि प्रारम्भ – आज वैशाख १३, २०७८, सोमवार दिउँसो १ बजेदेखि

पूर्णिमा तिथि समाप्त- वैशाख १४, २०७८, मंगलवार, बिहान ०९ बजेर १५ मिनेटसम्म

चैत्र पूर्णिमाको महत्व : 

चैत्र पूर्णिमा अत्यन्तै विशेष मानिन्छ। यो हिन्दु नववर्षको पहिलो पूर्णिमा तिथि हो। यस दिनको अत्यन्तै खास हुन्छ। हनुमान जयन्ती यहीँ दिन मनाइन्छ। यहीँ कारण पनि यस दिनको महत्व अझ धेरै बढेको छ। चैत्र पूर्णिमा तिथिमा नै भगवान श्रीकृष्णले ब्रजमा रास उत्सव मनाएका थिए भन्ने जनविश्वास रहेको छ। यसलाई महारास भनिएको छ। यस दिन विष्णु जीको पूजा गरे सुख-शान्ति प्राप्त हुने मान्यता छ।

प्रकाशित : सोमबार, बैशाख १३, २०७८१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि २०७८ को पहिलो पूर्णिमा र हनुमान जयन्ती : तपाईको दिन शुभ-अशुभ कस्तो रहला ? राशिफल