भोलि शनि प्रदोष व्रत : तपाईको दिन शुभ-अशुभ कस्तो रहला ? हेर्नुहोस् राशिफल

पञ्चाङ्ग :  ।।।। दिन – शनिवार।।।।  नक्षत्र – उत्तरफाल्गुनी , २६:१० बजे उप्रान्त हस्त ।।।।  तिथि – द्वादशी , १६:१२ बजे उप्रान्त त्रयोदशी ।।।।
करण – वालव १६:१२ बजेदेखि कौलव , २७:१९ बजे उप्रान्त वणिज ।।।। योग – ध्रुव , ९:०२ बजे उप्रान्त व्याघात ।।।। लोकतन्त्र दिवस ।।।। शनि प्रदोष व्रत ।।।। चौलाथ्व, ११४१ ने.सं. ।।।। वैशाख ११, २०७८ ।।।। २४ अप्रिल २०२१ ।।।।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : शारीरिक स्वास्थ्य राम्रो रहनेछ तथा मानसिक रूपले पनि प्रसन्न रहनुहुनेछ। काल्पनिक दुनियामा रहेर सिर्जनशक्तिमा नयाँपन संचार गर्नुहुनेछ। साहित्यकलाको क्षेत्रमा सिर्जनात्मकता प्रस्तुत गर्नुहुनेछ। विद्यार्थीले विद्याभ्यास राम्रो प्रदर्शन गर्नेछन्। घरमा शान्तिपूर्ण वातावरण बनिरहनेछ। दैनिक कार्यमा अवरोध आउनेछ। व्यावसायिक क्षेत्रमा उच्च अधिकारीसँग वाद-विवाद नहोस् यस कुराको ध्यान राख्नुहोला। अधिक परिश्रम गर्दापनि फल कम प्राप्त हुनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : बोलि र व्यवहारमा विशेष ध्यान राख्नुहोला। जलाशयटाढा रहनुहोला। जमीन र सम्पत्तिको पत्रमा छाप लगाउनुभन्दा पहिला ध्यान राख्नुहोला। मध्यान्नपछि परिस्थितिमा सुधार आउनेछ। शारीरिक र मानसिक रूपले स्वस्थ रहनुहुनेछ। मनमा रहेको कल्पनाको लहरले अनौठो विश्वको निर्माण भएको अनुभव गर्नुहुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : दिन सुख- शान्तिपूर्वक बित्नेछ। भाईबहिनीसँग मेलमिलाप हुँदा लाभ मिल्नेछ। मित्र र आफन्तसँग भेट हुनेछ। मध्यान्नपछि मनमा नकारात्मक विचार आउनाले मन निराश रहनेछ। समयानुसार भोजन मिल्नेछैन। तपाई केहि अधिक भावुक अनुभव गर्नुहुनेछ। घरको वातावरण उग्र रहनेछ। जमीन आदिको पत्रमा हस्ताक्षर गर्दा सोच- विचार गर्नुहोला। केहि अधिक भावुक नबन्नुहोला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : तपाईको लागि दिन लाभदायक रहेको छ। परिवारको सहयोग मिल्नेछ। बोलीको सुन्दर शैलीबाट कार्य सरलतामा सम्पन्न हुनेछ। मध्यान्नपछि भ्रमणको आयोजन गर्नुहुनेछ। सहकर्मीसँग निकटता अनुभव गर्नुहुनेछ। शारीरिक स्वास्थ्य राम्रो रहनेछ। मनको प्रसन्नता आनन्द बढ्नेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : तपाईको दिन कार्यपद्धति दृढ मनोबलयुक्त रहनेछ। ठुलो मान्छेबाट लाभ मिल्नेछ। वैवाहिक जीवनमा मेलमिलाप रहनेछ। बोलीमा उग्रता अधिक रहनेछ। पारिवारिक वातावरणमा मेलमिलाप बनिरहनुहुनेछ। खर्च अधिक नहोस् यस कुराको ध्यान राख्नुहोला। टाढास्थित विदेशी आफन्त र मित्रसँग आनन्ददायक र लाभदायी रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : भावनाको प्रवाहमा अधिक नबहनुहोला। भ्रान्तिको निराकरण गर्न आवश्यक रहेको छ। कसैसँग उग्र चर्चा र झगडामा नपर्नुहोला। पारिवारिक सदस्यसँग मतभेद नहोस् यस कुराको ध्यान राख्नुहोला। आयबाट अधिक खर्च बढ्न सक्छ। मध्यान्नपछि पिता र ठुलो सहयोग मिल्नेछ। तपाईको मनबाट चिन्ताको भार कम हुनेछ। स्वास्थ्यको विषयमा असन्तोष अनुभव गर्नुहुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। तपाईको मन वैचारिक स्तरमा अट्कीरहनेछ। जसकारण मनोबलको दृढतामा कमी आउनेछ । मित्रवर्गबाट विशेष लाभ हुनेछ। व्यापारबाट लाभ हुनेछ। मध्यान्नपछि भावुकताको अधिकताले निराश रहनुहुनेछ। चिन्ताले मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। खर्चको मात्रा अधिक रहनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : व्यावसायिक क्षेत्रमा तपाईको कार्यको प्रशंसा हुनेछ। कार्य निकै सरलतामा पूरा हुनेछ। स्थावर सम्पत्तिको हस्ताक्षर गर्न निकै अनुकूल रहेको छ । सरकारी कार्यवाहीसँग सम्बन्धित कार्यमा लाभ हुनेछ। घरायसी जीवनमा मधुरता रहनेछ। मध्यान्नपछि लाभ मिल्नेछ। दिनभर वैचारिक स्तरमा अनिश्चितताको वातावरण बनिरहनेछ। आवश्यक निर्णय मध्यान्नपछि लिनुहोला।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : तपाइको स्वभावमा उग्रता रहनेछ र साथमा स्वास्थ्य केही कमजोर रहनुहुनेछ। धार्मिक यात्रा वा भ्रमण होला। व्यवसायिक क्षेत्रमा ढिलाई वा या विवाद होला। मध्यान्नपछि कार्यालयको वातावरणमा केही सुधार आउनेछ। कार्यमा सफलता प्राप्त हुनेछ। कार्यक्षेत्र वर्चस्व बढिरहनेछ। स्थावर सम्पत्तिको हस्ताक्षर गर्न अनुकूल समय रहेको छैन। पिताको तर्फबाट लाभ मिल्नेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : बिरामी व्यक्तिमा अधिक खर्च हुनेछ। आकस्मिक पैसा खर्च हुनेछ। पारिवारिक सदस्यसँग उग्र बहस नहोस् यस कुराको ध्यान राख्नुहोला। बाहिरको खानपिन सकेसम्म नगर्नुहोला। कसैको चरित्रमा प्रश्न नगर्नुहोला। निरर्थक वाद-विवाद वा चर्चाबाट टाढा रहनुहोला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : व्यापारीवर्ग र सहकर्मीबाट सम्हालेर रहनुहोला। वैवाहिक जीवनमा मनदुःखको प्रसंग बन्नेछ। विधार्थीको विद्याभ्यासमा प्रदर्शन राम्रो रहनेछ। घरको वातावरण शान्तिमे रहनेछ। दैनिक कार्यमा केही ढिलाई हुन् सक्छ। व्यावसायिक स्थलमा उच्च अधिकारीसँग वाद-विवाद सकेसम्म नगर्नुहोला। अधिक श्रम गर्दा पनि फल प्राप्ति हुनेछैन।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : तपाईको दिन मध्यम फलदायी रहनेछ। परिवारको सदस्यसँग मेलमिलाप बनिरहनेछ। दैनिक कार्यमा ढिलाई हुनेछ। सहकर्मीको सहयोग कम मिल्नेछ। जीवनसाथीसँग मनमुटावको प्रसंग बन्नेछ। जीवनसाथीको स्वास्थ्यको चिन्ता रहनेछ। सामाजिक क्षेत्रमा प्रसिद्दि प्राप्त हुनेछ।

प्रकाशित : शुक्रबार, बैशाख १०, २०७८२०:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज शनि प्रदोष व्रत : तपाईको दिन अनुकूल-प्रतिकूल कस्तो रहला ? हेर्नुहोस् राशिफल