आर्थिक, न्यायिक र व्यापारिक दृष्टिले धनु राशिका लागि २०७८ साल कस्तो रहला ? वार्षिक राशिफल

धनु – (SAGITTARIUS) ये, यो, भ, भि, भु, ध, फा, ढ, भे : धनु राशिका मानिसको लागि यो वर्ष मिश्रित फलदायी रहनेछ। सुख सुबिधामा वृद्धि हुनुका साथै न्यायिक कार्यमा सफलता मिल्नेछ। यो वर्ष तपाईंले मेहनत अनुरुप सफलता प्राप्त नगर्न पनि सक्नुहुन्छ।

आर्थिक पक्ष मजबूत रहनेछ। व्यापार-व्यवासय क्षेत्रमा केहि समस्या देखा परे पनि अधिक सफलता प्राप्त हुनेछ। आफन्तसँग आर्थिक लेनदेन नगरेकै राम्रो हुनेछ, अन्यथा नोक्सान हुनुका साथै सम्बन्धमा समेत समस्या आउनसक्छ। सेयर बजारमा संलग्न हुनेको लागि समय अनुकूल रहनेछ। खाद्य पदार्थको कारोबारबाट अधिक लाभ उठाउने मौका मिल्नेछ।

प्रेम सम्बन्ध थोरै खटपट आउनसक्छ। यस्तोमा दुबैले समझदारीका साथ निर्णय लिन आवश्यक हुन्छ। विपरितलिंगी प्रति आकर्षण बढ्नेछ। कामको शिलशिलामा परिवारका सदस्यसँग टाढा हुनु पर्ने हुनसक्छ।

रोजगारको खोजीमा रहेका मानिसले यो वर्ष सफलता हात पार्ने छन्। रोजगार परिवर्तन गर्न चाहने मानिसको लागि पनि समय अत्यन्त अनुकूल रहनेछ। सरकारी क्षेत्रमा रोजगारी गर्ने मानिसको लागि यो वर्ष अत्यन्त शुभ साबित हुनेछ। ठेक्का पट्टाका काम गर्ने व्यक्तिहरूलाई पनि राम्रो सफलता मिल्नेछ।

स्वास्थ्य क्षेत्रमा आफ्नै सानो गल्तीको कारण ठूलो नोक्सान हुनसक्छ, सजग रहनुहोला। परिवारको स्वास्थ्यका लागि अधिक पैसा खर्च हुने सम्भावना रहेको छ। स्वास प्रस्वास सम्बन्धि समस्याले सताउन सक्छ।

विद्यार्थी वर्गको लागि यो साल अत्यन्त शुभ साबित हुनेछ। शिक्षा क्षेत्रमा सोचे अनुरुप अंक प्राप्त गर्न सफल हुँदा मन प्रशन्न रहनेछ। व्यवस्थापन र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् ।

प्रकाशित : आइतबार, बैशाख ०५, २०७८२३:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मकर राशिका जातकलाई कस्तो रहला २०७८ साल ? हेर्नुहोस् वार्षिक राशिफल !