आज आईतबार : तपाईको दिन शुभ-अशुभ कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

पञ्चाङ्ग : –  ।।।।  दिन : आइतवार ।।।। नक्षत्र : आर्द्रा , २५:१२ बजे उप्रान्त पुनर्वशु ।।।। तिथि : षष्ठी , १८:२३ बजे उप्रान्त सप्तमी ।।।। करण : कौलव ५:४६ बजेदेखि तैतिल , १८:२३ बजे उप्रान्त भद्रा ।।।। योग : अतिगण्ड , १६:४५ बजे उप्रान्त सुकर्मा ।।।।। वैशाख ०५, २०७८ ।।।। १८ अप्रिल २०२१।।।। चैत्र शुक्लपक्ष।।।। सूर्योदय(sunrise) ५:३९ ।।।। सूर्यास्त(Sunset) १८:३० ।।।।  विश्व सम्पदा दिवस ।।।।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : दिन मिश्रफलदायी रहेको छ। नयाँ काम गर्ने प्रेरणा मिल्नेछ। मनमा शिघ्र परिवर्तन आउनेछ। पेसा एवम्  व्यवसायमा  स्पर्धात्मक व्यवहारको सामना गर्नुपर्नेछ। कुनै निश्चित दृष्टिकोणले काम गर्ने प्रेरणा मिल्नेछ। महिलाको बोलीमा विशेषमा ध्यान राख्नुहोला।

वृष  राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :  हातमा आएको अवसर अनिर्णायकताको कारण गुमाउनु हुनेछ। विचारमा हराउनु हुनेछ। त्यसैले निश्चित निर्णय लिन सक्नुहुनेछैन। नयाँ कामको सुरुवात नगर्नुहोला। भाईबहिनीसँग  प्रेम बनिरहनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : दिनको सुरुवात प्रफुल्लित मन र स्वस्थ चित्तबाट हुनेछ। मित्र वा परिवारको सदस्यसँग भोजनको आनन्द उठाउन सक्नुहुनेछ। सुन्दर कपडा प्राप्त गर्नुहुनेछ। आर्थिक दृष्टिले दिन लाभदायी रहेको छ। अधिक खर्चमा ध्यान राख्नुहोला। मनबाट  नकारात्मक विचारलाई निकल्नुहोला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। प्रेम सम्बन्धमा झगडा हुनेछ। पारिवारिक काममा खर्च हुनेछ। झगडाबाट टाढा रहनुहोला। समस्याको रोकथाम हुनेछ। अविचारी व्यवहारबाट टाढा रहनुहोला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : दिन राम्रो रहनेछ। दुविधापूर्ण मानसिकताको कारण आएको अवसर गुमाउनु हुनेछ। तपाईको मन विचारमा हराईरहनेछ। नयाँ कामको आरम्भ नगर्नुहोला। स्त्री मित्रसँग भेट हुनेछ।  व्यापारमा लाभ हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : दिन शुभफलदायी रहनेछ। नयाँ कामको आयोजन हुनेछ। व्यापारी तथा  कर्मचारीको लागि लाभदायक दिन रहेको छ। साथै पदोन्नति होला।  उच्च अधिकारीबाट लाभ मिल्नेछ। धन, मानसम्मान मिल्नेछ । परिवारमा आनन्दको वातावरण छाईरहनेछ। सरकारी कार्य सम्पन्न हुनेछ।  सरकारबाट लाभ मिल्नेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : बौद्दिक तथा लेखन कार्यमा सक्रिय रहनुहुनेछ। नयाँ कामको प्रारम्भको लागी दिन राम्रो रहेको छ। लामो यात्रा वा धार्मिक स्थलको भेट हुने प्रसंग उपस्थित हुनेछ। व्यवसायमा लाभको अवसर मिल्नेछ। विदेशमा रहने मित्र वा आफन्तको समाचार मिल्नेछ। व्यवसाय वा पेसामा सहकर्मीको तर्फबाट सहयोग मिल्नेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : दिन सावधानीमा बिताउनुहोला। नयाँ कामको प्रारम्भ नगर्नुहोला। अनैतिक कामवृत्तिबाट टाढा रहनुहोला। राजकीय अपराधसँग सम्बन्धित  तथा सरकारी प्रवृतिबाट टाढा रहनुहोला। नयाँ सम्बन्ध स्थापित गर्नुभन्दा पहिला गम्भीरतामा विचार गर्नुहोला। अधिक खर्चको कारण समस्या रहनेछ।

धनु  राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : दिन सुखपूर्वक एवम्  आनन्दमा बिताउनुहुनेछ। मनोरंजनको दुनियामा रमाउनु हुनेछ। पार्टी, पिकनिक, यात्रा, सुन्दर भोजन तथा  कपडाको  कारण विशेष रहनेछ।  विपरीत लिंगीय व्यक्तिबाट भेट रोमाञ्चक रहनेछ। विचार-परिवर्तन शीघ्र हुन सक्छ। लेखनकार्यको लागि दिन राम्रो रहेको छ। बौद्धिक तथा तार्किक विचार-विनिमय रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : व्यापारमा विस्तार हुन सक्छ। पैसाको लेनदेनमा सरलता रहनेछ। घरमा शान्ति र आनन्दको वातावरण बनिरहनेछ। आवश्यक कारणमा खर्च हुनेछ। रोजगारमा सहकर्मीको तर्फबाट सहयोग प्राप्त हुनेछ। विदेशबाट  व्यापार  बढ्नेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : नयाँ कामको प्रारम्भ नगर्नुहोला। तपाईको विचारमा  परिवर्तन आउनेछ। महिलाले आआफ्नो बोलीमा ध्यान राख्नुहोला। सन्तानको प्रश्नको कारण चिन्ता  रहनेछ। लेखनकार्य वा सिर्जनात्मक कृतिको रचना गर्नको लागि दिन राम्रो रहेको छ।  बौद्धिक चर्चामा भाग लिने अवसर मिलन सक्छ। आकस्मिक खर्च हुने योग रहेको छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : दिनमा अरुचिकर घटनाको कारण उत्साहजनक रहनेछैन। घरमा  परिवारसँग झगडा हुनेछ। आमाको स्वास्थ्य बिग्रिन सक्ला। तपाईको मन प्रफुल्लित रहनेछैन।  शारीरिक एवम् मानसिक स्वास्थ्य बिग्रिन सक्ला। पैसा र प्रसिद्दिमा हानी पुग्ला।

प्रकाशित : शनिबार, बैशाख ०४, २०७८१९:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज मध्यराततिर शुक्र उदाउँदै, १२ वटै राशिमा शुभ-अशुभ प्रभाव