मेष राशि – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : प्रेम सम्बन्धि मामिलाको लागि यो वर्ष अत्यन्त उत्कृष्ट रहनेछ। मेष राशिका मानिसले यो वर्ष आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्छन्। प्रेम सम्बन्ध अझ बलियो हुनेछ। दुई बीच समझदारी बढ्नेछ। कुनै ठाउँमा रमणीय यात्राको सम्भावना रहेको छ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : प्रेम सम्बन्धका लागि यो वर्ष त्यति अनुकूल नरहला। प्रेम सम्बन्धमा उल्झन आउन सक्छ। लाभ पार्टनरसँग कुनै कारणले मदभेद उत्पन्न हुनसक्छ। वर्षभर सम्बन्धमा खटपट आउन सक्ने हुँदा निकै सावधानीका साथ सम्बन्धलाई अगाडी बढाउनु पर्नेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : प्रेम सम्बन्धि मामिलाको लागि यो वर्ष मिश्रित साबित हुनेछ। वर्षको सुरुवातमा प्रेमी-प्रेमिका बीच मनमुटाव उत्पन्न भएता पनि समयसँगै समझदारी बढ्दै जानेछ। त्यस्तै, प्रेम सम्बन्धलाई विवाहमा परिणत पनि गर्न सकिनेछ। एक-अर्कासँग निकटता बढ्नेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : प्रेम सम्बन्धमा मिठास बढ्नेछ। कर्कट राशिका मानिसले यो वर्ष आफ्नो प्रेम जीवनलाई वैवाहिक जीवनमा पनि परिवर्तन गर्न सक्छन्। वर्षको अन्त्यतिर भने सम्बन्ध कुनै कारणले फाटो आउनसक्छ। त्यसैले आपसी समझदारीमा यसलाई समाधान गर्ने प्रयास गर्नुहोस्।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : सिंह राशि भएका मानिसले यो वर्ष आफूले खोजेको जस्तो पार्टर भेट्टाउन सक्नुहुनेछ। तपाईको प्रेम समबन्धमा भने परिवारको समर्थन नरहन पनि सक्छ। वर्षको सुरुवातमा केहि कारणले दुई बीच मनमुटाव छ भने पनि समयसँगै तपाईंहरु बीचको असमझदारी सुल्झिन सक्छ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : २०७८ साल यो राशिका मानिसको लागि प्रेम सम्बन्धको हिसाबले अत्यन्त अनुकूल रहनेछ। तपाईंको प्रेम सम्बन्ध विवाहमा पनि परिणत हुनसक्छ। दाम्पत्य जीवन भने त्यति सुखमय नरहला। जीवनसाथीसँग मनमुटावको स्थिति उत्पन्न हुनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : प्रेम सम्बन्ध तथा दाम्पत्य जीवनमा एक-अर्का बीच मदभेद पैदा हुनसक्छ, यसलाई समझदारीका साथ समाधान गर्नुहोस्। आफन्त तथा साथी-भाईसँगको सम्बन्धमा पानो खटास आउन सक्छ। वर्षको अन्त्यमा भने प्रेम सम्बन्ध मजबूत हुनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : प्रेम सम्बन्धको हिसाबले वृश्चिक राशिका मानिसको लागि यो वर्ष मध्यम रहनेछ। दाम्पत्य जीवन सुखमय रूपले बित्नेछ। प्रेम सम्बन्ध सुमधुर हुँदै जानेछ। वर्षको अन्त्यतिर भने प्रेमी-प्रेमिका बीच कुनै कारणले मनमुटाव बढ्न सक्छ, जसलाई आपसी समझदारीमा सुझाउने प्रयास गर्नुहोस्।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : प्रेम सम्बन्धमा थोरै खटपट आउनसक्छ। यस्तोमा दुबैले समझदारीका साथ निर्णय लिन आवश्यक हुन्छ। विपरित लिंगी प्रति आकर्षण बढ्नेछ। कामको शिलशिलामा प्रेमी-प्रेमिकासँग टाढा हुनु पर्ने हुनसक्छ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : प्रेम सम्बन्ध यो वर्ष अझै बलियो हुनेछ। साथी-भाई बीचको सम्बन्धमा पनि प्रगाढता आउनेछ। पुराना मित्रहरुसँग पनि रमणीय भेटघाट हुनेछ। वर्षको सुरुवातमा दाम्पत्य जीवनमा समस्या देखा परे पनि समयसँगै सम्बन्ध मजबूत हुँदै जानेछ। वाणीमा संयम नराख्दा प्रेम सम्बन्धमा समस्या आउन सक्छ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : प्रेम सम्बन्धमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। तर समयसँगै सम्बन्धमा सुधार आउनेछ। आपसी समझदारीमा दुई बीचको मदभेद सुझाउन सकिन्छ। वर्षको अन्त्यमा तपाईंको प्रेम सम्बन्ध सुमधुर हुँदै जानेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : वर्षको सुरुवातमा प्रेम सम्बन्धमा मनमुटाव उत्पन्न हुनसक्छ। सानो-तिनो वाद-विवाद पनि हुनसक्छ। तर समयसँगै सम्बन्धमा सुधार आउनेछ। प्रेमी / प्रेमिकाका बिच समझदारी बढ्ने र सम्बन्ध अझै प्रगाढ हुँदै जानेछ।