मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
शुभ फलदायी वर्ष रहेको छ । असोज महिनासम्म जग्गा-जमिन, मोटरगाडी आदि साधन प्राप्त हुनेछ । ‘अ’ बाट नाम आउने व्यक्तिलाई केही कष्टको सामना गर्नुपर्नेछ । कात्तिक महिनापछि थुप्रै यात्रा गर्नुपर्ने हुन्छ । वर्ष प्रवेशका आधारमा हेर्दा थोरै आम्दानीका लागि पनि धेरै परिश्रम गर्नुपर्ने र आर्थिक समस्या सामना गर्नुपर्ने देखिन्छ । मुद्दामामिलामा विजय प्राप्त हुनेछ । समष्टिगत रूपमा वृहस्पति र शनि अनुकूल रहनाले वर्षभर आर्थिक उन्नति हुनेछ । असोज र कात्तिक महिनामा केही आर्थिक सङ्कट सामना गर्नुपर्नेछ । राहु र केतु प्रतिकूल रहनाले अनावश्यक खर्च, धनको हानि र स्वास्थ्यसम्बन्धी समस्याले सताइरहनेछ ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
सामान्य समय रहेको छ । वर्षको पूर्वाद्धमा हरेक विघ्नबाधा हटाउनमै समय बित्नेछ । उत्तराद्र्धमा धेरै यात्रा गर्नुपर्नेछ । ‘वे’ र ‘वो’ बाट नाम सुरु भएका व्यक्तिले आफ्नो आर्थिक सङ्कट टार्न अर्काको सहयोग लिनुपर्नेछ । तर, वर्ष प्रवेशका आधारमा हेर्दा सामान्य लाभ भइरहने देखिन्छ । समष्टिगत रूपमा गुरु, शनि, राहु र केतु यस वर्ष अशुभ फलदायी रहेका छन् । यसकारण दुर्गति, कष्ट, हानि, भय, पाप, धन नाश, दुःख, गरिबीजस्ता फलसमेत लाग्ने भएकाले अशुभ फलबाट बची सुखफल प्राप्तिका लागि उक्त ग्रहहरूको दान, जप, पूजा, पाठ आदि गर्नु राम्रो हुन्छ । साझेदारी काम र दाम्पत्य सुखमा समेत असर पुग्नेछ । अध्ययनमा जाँगर चल्नेछ । वैदेशिक क्षेत्रबाट लाभ हुनेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
यस वर्ष वृहस्पति र केतु अनुकूल रहनाले मानसम्मान र सुख शान्ति मिल्नेछ । रमाइला यात्रा थुप्रै गर्नुपर्नेछ । ‘क’, ‘कि’ बाट नाम सुरु भएका व्यक्तिले थोरै कष्ट सहनुपर्नेछ । दाम्पत्य जीवन, सन्तान र आफ्नो पेसाबाट सुख सन्तोष मिल्नेछ । शनि अढैया र राहुसमेत प्रतिकूल भएकाले झुटा आरोप, शरीरमा आलस्य, मनमा अशान्ति, बन्धन, धन हानि, शत्रुवृद्धि, नसासम्बन्धी रोगजस्ता अशुभ फलसमेत लाग्ने भएकाले शनि र राहुदेवको शान्ति गर्नाले शुभ फल प्राप्त हुनेछ । चैतको उत्तराद्र्धमा आकस्मिक धनलाभ हुनेछ तर विवादमा फस्ने डरसमेत रहेको छ । नोकरीमा अपजस खप्नु परे पनि उन्नति हुनेछ । व्यापारबाट सामान्यलाभ हुनेछ । वर्षारम्भमा शिक्षा क्षेत्र कमजोर रहे पनि पछि राम्रो रहनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
मध्यम फलदायी वर्ष रहेको छ । धर्मकर्ममा मन लाग्नेछ । धार्मिक कामबाटै आर्थिक उन्नतिको थालनी हुनेछ । आर्थिक व्ययभार धान्न अर्काको सहयोगको आवश्यकता पर्नेछ । व्यर्थको खर्चिला यात्रा हुनेछन् । कात्तिकपछि वैवाहिक जीवन सुमधुर रहनेछ । राहु शुभ फलदायी रहेकाले मानसम्मान मिल्ने, नयाँ कामको सुरुवात हुने र सुखशान्ति मिल्नेछ । तर शनि, गुरु र केतुका फलका कारण दुःख, धन नाश, स्वास्थ्य बाधा, पीडा र भयत्रासको अवस्था रहने भएकाले शुभ फल प्राप्तिका लागि उक्त ग्रहको पूजापाठ शान्तिकर्म गर्नुपर्नेछ । वर्षारम्भमा आँखासम्बन्धी रोगले सताउनेछ । आर्थिक कारणले कुटुम्ब र आफन्त चिढिने छन् ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
शुभ समय रहेको छ । वर्षको पूर्वाद्र्धमा खर्च धान्न अर्काको सहयोग लिनुपरे पनि उत्तराद्र्धमा प्रशस्तै धनलाभ हुनेछ । स्वास्थ्यसम्बन्धी समस्या बढ्नेछ । हानि–नोक्सानी बढ्नाले मन अशान्त रहनेछ । वृहस्पति र राहु शुभ फलदायी रहेकाले शत्रु बढे पनि विजय र सुख शान्ति मिल्नेछ । दाम्पत्य जीवन र व्यावसायिक क्षेत्रका समस्या समाधान हुनेछन् । मानसम्मान मिल्नेछ । केतु प्रतिकूल रहनाले पेटसम्बन्धी र जग्गा–जमिन तथा मोटरगाडीसम्बन्धी समस्या देखिनेछन् । शैक्षिक क्षेत्र सफल रहनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । नोकरीमा थुप्रै अपजस खप्नुपर्नेछ । वैदेशिक क्षेत्रका काम बन्नेछन् । धार्मिक क्षेत्रको यात्रा हुनेछ । परिवारमा बढोत्तरी हुनेछ । जेठ, असार, कात्तिक र माघ महिनामा अधुरा काम पूरा हुनेछन् ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
सामान्य समय रहेको छ । स्त्री जातिसँगको सम्बन्ध बढ्नेछ । काम बन्नाले सुखको अनुभूति हुनेछ । सामाजिक क्षेत्रका पद प्राप्त हुनेछन् । वृहस्पति, शनि र राहु अशुभ फलदायी रहनाले स्वास्थ्यसम्बन्धी समस्या, चिन्ता, धन हानि, शत्रु बाधा, पापकर्ममा मन जाने, सन्तानसम्बन्धी चिन्ता आदि अशुभ फल प्राप्ति भए पनि केतु अनुकूल रहनाले सुख वृद्धि, धनलाभ हुनेछ । परिवारमा माङ्गलिक कार्य हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । वर्षान्तमा आकस्मिक धनलाभ हुनेछ । पशु व्यवसाय र जग्गा–जमिन तथा मोटरगाडीजस्ता कारोबारबाट विवाद र हानि सहनुपर्नेछ । वर्षको उत्तराद्र्धबाट अध्ययन अध्यापनमा सुधार आउनेछ । असार, साउन, मङ्सिर र फागुन महिनामा विशेष काम बन्नेछन् ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
मध्यम फलदायी वर्ष रहेको छ । यस वर्ष आम्दानीका बाटा थुप्रै बन्नेछन् । पेशागत धनलाभ पनि प्रशस्तै हुनेछ । शत्रु पराजित भई सर्वत्र विजय प्राप्त गर्ने वर्ष रहेको छ । वृहस्पति शुभ रहनाले धार्मिक स्थलको भ्रमण, सन्तान सुख प्राप्ति, आकस्मिक लाभ, शिक्षामा सफलता मिल्नेछ । शनि, राहु र केतुका कारण पापकर्ममा रुचि, नसासम्बन्धी रोग, मानसिक तनाव आफन्तमा वैरभाव, झुटा आरोप लाग्ने, धन हानिजस्ता अशुभ फल लाग्ने भएकाले अशुभ फल दिने उक्त ग्रहको पूजापाठ शान्तिकर्म गर्नुपर्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । नोकरीमा अपजस खप्नुपर्नेछ । वैदेशिक क्षेत्रका काम बन्नेछन् ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
मध्यम फलदायी वर्ष रहेको छ । पेशा, व्यवसाय फस्टाउनाले सोचेअनुरूप धनलाभ हुनेछ । बोली बिक्नाले थुप्रै काम बन्नेछन् । सन्तान सुख मिल्नेछ । मानसम्मान बढ्नेछ । शनि शुभ फलदायी रहनाले धनलाभ र सुख बढ्नेछ । तर वृहस्पति, राहु र केतु अशुभ फलदायी रहेकाले रोगभय, हानि–नोक्सानी, आर्थिक समस्या, भय त्रासको अवस्थाजस्ता अशुभ फल प्राप्त हुने भएकाले शुभ फल प्राप्तिका लागि वृहस्पति, राहु र केतुको शान्तिकर्म गर्नु राम्रो हुन्छ । शिक्षा क्षेत्रमा सफल रहनेछ । सामाजिक कार्य र नोकरीमा थुप्रै तनावका बाबजुद मानसम्मान मिल्नेछ । पशु व्यवसाय, जग्गा–जमिन, मोटरगाडीजस्ता कारोबारबाट सामान्य लाभ मिल्नेछ । साझेदारी काम र दाम्पत्य जीवनमा उतारचढाव आउनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
मिश्रित फलदायी समय रहेको छ । बोलीको राम्रो प्रभावले आम्दानीका मुहान खुल्नेछन् । साथीभाइ र आफन्तको सहयोग मिल्नेछ । मानसम्मान कसैले खोस्न सक्ने छैन । राहु शुभ रहेकाले सुख वृद्धि र धन प्राप्तिको योग रहेको छ । तर साढेसाती शनि, गुरु र केतु प्रतिकूल रहनाले स्वास्थ्यसम्बन्धी समस्या, भय-त्रासको अवस्था, शत्रु वृद्धिजस्ता अशुभ फल लाग्ने भएकाले अशुभ फलदायी ग्रहको पूजापाठ, शान्ति गर्नाले शुभ फल मिल्नेछ । नोकरीमा तनावका बाबजुद मान बढ्नेछ । पशु व्यवसाय, जग्गा–जमिन र मोटरगाडीसम्बन्धी कारोबारबाट सामान्य लाभ हुनेछ । व्यापार र साझेदारी कामबाट सन्तोष मिल्नेछ । सन्तानसम्बन्धी चिन्ता बढ्नेछ । आर्थिक दृष्टिले जेठ, असोज, कात्तिक र फागुन महिना शुभ रहेका छन् ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
शुभ फलदायी समय रहेको छ । बोलीको परिपाठले व्यवसायमा मलजल पुग्नेछ । वृहस्पति र केतु शुभ रहनाले यश–कीर्ति बढ्ने, आर्थिक लाभ हुने, बोलीमा सिद्धि मिल्ने र कुटुम्ब बढ्नेजस्ता शुभ फल मिल्नेछ । साढेसाती शनि र राहुका कारण मानसिक तनाव, बन्धन, धननाशजस्ता अशुभ फल प्राप्त हुने भएकाले यसबाट बच्न शनि र राहुदेवको शान्ति कर्म गराउनुपर्नेछ । सामाजिक र धार्मिक काममा धेरै समय बित्ने र माङ्गलिक कार्यसमेत हुनेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ । वैदेशिक क्षेत्रका काम पूरा हुनेछन् । मानसम्मान बढ्नेछ । आर्थिक दृष्टिले असार, कात्तिक, मङ्सिर र चैत महिना शुभ रहेका छन् ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
सामान्य समय रहेको छ । स्वास्थ्यका क्षेत्रमा थुप्रै धन–राशि खर्च गर्नुपर्नेछ । जग्गा–जमिन, मोटरगाडी लाभ हुनेछ । आम्दानी बढ्नेछ । साझेदारी काम र व्यापारबाट लाभ हुनेछ । वैदेशिक क्षेत्रबाट धनलाभ हुनेछ । अध्ययन, अध्यापनमा रुचि बढ्नेछ । परिवारमा माङ्गलिक कार्य हुनेछ । साढेसाती शनि, वृहस्पति, राहु र केतु ग्रह प्रतिकूल रहनाले, झुटा आरोप, आफन्तसँगको वियोग, आर्थिक सङ्कट, भय–त्रासको अवस्था र कष्टजस्ता अशुभ फल लाग्ने भएकाले उक्त ग्रहको पूजापाठ, दान, जप आदि शान्ति कर्म गर्नुपर्नेछ । नोकरीमा थुप्रै अपजस खप्नुपरे पनि जिम्मेवारी बढ्नेछ । आर्थिक दृष्टिले वैशाख, साउन, मङ्सिर र पुस महिना शुभ रहेका छन् ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
शुभ समय रहेको छ । भूमि-वाहनको लाभ हुनेछ । सर्वत्र विजय प्राप्त हुनेछ । राहु र शनि शुभ रहनाले आर्थिक उन्नति हुनेछ । नयाँ कामको थालनी हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्ति र सुख प्राप्त हुनेछ । वृहस्पति र केतु अशुभ रहनाले चिन्ता, भय, स्वास्थ्य बाधाजस्ता अशुभ फल लाग्ने भएकाले सोको शान्ति गर्नु राम्रो हुन्छ । शिक्षा क्षेत्र सफल रहेको छ । सामाजिक र नोकरीबाट मानसम्मान मिल्नेछ । धार्मिक क्षेत्रको यात्रा हुनेछ । दाम्पत्यजीवनका समस्या समाधानका साथै गुमेको धन हात लाग्नेछ । आर्थिक दृष्टिले जेठ, भदौ, पुस र माघ महिना शुभ रहेका छन् ।