आफ्नो सन्तान गुमाएर मन भत्भती पोल्दा पनि बाहिर मुस्कुराउँछन् यी कलाकार

एजेन्सी : हेर्दा यस्तो देखिन्छ कि बलिउड स्टारहरू धेरै विलासी हुन्छन् र खुशी जीवन बिताउँछन्। हामीले देख्दा विलासी र खुशी देखिएपनि उनीहरुको पनि निजी जीवन हुन्छ। उनीहरु पनि सुख मात्र नभई दुखबाट पनि गुज्रिरहेका हुन्छन्। बलिउडमा केही यस्ता कलाकार समेत छन् जसले आफ्ना सन्तानको नि-धन देखिसकेका छन्। त्यस्तै केही कलाकार बारे केहि चर्चा निम्न छ।

कबीर बेदी

बलिउड अभिनेता कबीर बेदीलाई सन्तान गुमाउनुको पिडा थाहा छ। उनका छोरा सिद्धार्थ अध्ययनको क्रममा डिप्रेशनको शिकार भएका थिए। उपचारकै क्रममा सिद्धार्थले २६ वर्षको उमेरमा आफ्नै ज्यान लिएका थिए। जवान छोराले आफ्नै ज्यान लिएपछि कबीरलाई सम्हालिन त्यति बेला हम्मे-हम्मे परेको थियो।

गोविन्दा

प्राय: सघैं हँसमुख रहने गोविन्दा जीवनमा कैयन दुखबाट गुज्रिसकेका छन्। एक बेला यस्तो पनि थियो, उनले परिवारका धेरै सदस्य गुमाउनु परेको थियो। गोविन्दाले आफ्नो पहिलो सन्तान नै गुमाएका थिए। विभिन्न स्वास्थ्य समस्याका कारण जन्मेको ४ महिनामै उनकी छोरीले यो संसार छाडेकी थिईन्।

आमिर खान

बलिउडका मिस्टर परफेक्टनिस्ट आमिर खान आफ्नी श्रीमती र तीन सन्तानका साथ एकदमै खुशी देखिन्छन्। । यद्यपि आमिरको जीवनमा यस्तो समय पनि आएको थियो कि उनले सन्तान गुमाउनुपरेको थियो। विभिन्न कारणले गर्दा आमिरकी पत्नीको गर्भपतन भएको थियो।

महमूद

बलिउड जगतमा दिग्गज स्टार मेहमूद अहिले यस संसारमा छैनन्। पर्दामा मानिसहरूलाई हँसाउने महमूनले पनि जवान छोरालाई गुमाउनु परेको थियो। संगीतको दुनियाँमा स्थान बनाउने प्रयास गरिरहेका महमूदका छोरा म्याक अलीको कार्डियक अरेस्टका कारण निधन भएको थियो त्यति बेला म्याक मात्रै ३१ वर्षका थिए।

शेखर सुमन

शेखर सुमन पनि अक्सर पर्दामा हँसमुख देखिन्छन्। तर, वास्तविक जीवनमा उनले पनि कयौं पिडा भोगेका छन्। सुमनले आफ्ना ११ वर्षीय छोरालाई गुमाएका थिए।

प्रकाशित : शुक्रबार, चैत २७, २०७७१४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३५ वर्षीय जेनिफरको रहरलाग्दो सुन्दरता, फोटो हालेर बढाइन् इन्टरनेटको तापमान