सुन र चाँदी दुवैको भाउ बढ्यो, आज फागुन ११ गते यताकै महँगो भयो सुन !

काठमाडौँ – गएको केहि दिन देखि उकालो लाग्न थालेको सुनको मूल्य शुक्रबार पनि बढेको छ। हप्ताको शुरुवाती दिनबाट बढ्न थालेको सुनको मूल्य शुक्रबार पनि बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ८९ हजार ८ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि ९ सय रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ८९ हजार ४ सय ५० रुपैंयाँमा कारोबार भइरहेको छ। यस अगाडी सुनको मूल्य मंगलवार ३ सय, बुधबार ५ सय र बिहिबार १ हजार रुपैंयाँले बढेको थियो।

यस हप्ता सुनको मूल्य :

यस हप्ता सुनको मूल्य गएका हप्ताहरुमा भन्दा अलि महँगो रह्यो। यस हप्ता छापावाला सुन ८७ हजार २ सय देखि ८९ हजार ९ सय रुपैंयाँ सम्ममा कारोबार भयो। त्यस्तै तेजाबी सुनको मूल्य भने ८६ हजार ७ सय ५० देखि ८९ हजार ४ सय ५० रुपैंयाँ बीच रह्यो।

सुन फागुन ११ गते पछिकै महँगो :

शुक्रबार कायम भएको सुनको मूल्य फागुन ११ गते पछिकै महँगो रहेको छ। फागुन ११ गते ९० हजार १ सयमा कारोबार भएयता सुन आज जति महँगो कुनै पनि दिन भएको थिएन। त्यस हिसाबले सुन आज ४५ दिन यताकै महँगो हो।

चाँदीको मूल्य

सुनको मूल्य बढ्दा आज चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु २०ले बढेको छ। जससँगै चाँदीको मूल्य १२ सय ८० रुपैंयाँ कायम भएको छ।

प्रकाशित : शुक्रबार, चैत २७, २०७७१२:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुनको भाउ बढेको-बढ्यै, आज ६७ दिन यताकै महँगो !