एजेन्सी : आलिया भट्ट अहिले आफ्नो आगामी फिल्मको कारण चर्चामा छिन् । हरेक फिल्ममा उनको अलग लुकले मानिसहरुका ध्यानाकर्षण गरेको छ । उनको अलग लुक मानिसहरुबीच चर्चाको विषयको बनेको छ । यसैबीच उनले आफ्नो एक अन्डरवाटर स्विमिङ थ्रोब्याक फोटो शेयर गरेकी छिन् । आलियाका यी तस्बिर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।
तस्बिर शेयर गर्दै आलियाले लेखेकी छिन् – ‘ती दिनहरु बेस्ट थिए ।’ आलियाको यस क्याप्सनबाट उनले पुराना दिनहरु याद गरिरहेको अनुमान गर्न सकिन्छ ।
उनको यस फोटोमा फ्यान्सले प्रतिक्रिया दिँदै उनको तारिफ गरेका छन् । केहीले उनलाई जलपरी समेत भन्ने भ्याए भने केहीले उनलाई वाटर बेबी भनेका छन् । फ्यान्सका सकारात्मक प्रतिक्रिया हेर्दा आलियाका यी फोटोहरुलाई अत्यधिक मन पराईएको देख्न सकिन्छ ।
अघिल्लो महिनाको मार्च १५ मा आलियाले माल्दिभ्समा आफ्नो २८ औँ जन्मदिन मनाएकी थिईन् । त्यहाँबाट उनले समुन्द्र किनारमा खिँचेका तस्बिरहरु शेयर गरेकी थिईन् । आफ्नो बेस्टी आकांक्षा रञ्जन कपूर र अरु साथीहरुसँग आलिया माल्दिभ्स पुगेकी थिईन् ।
हालै डायरेक्टर एसएस राजामौलीको फिल्म ‘आरआरआर’ बाट आलियाको फर्स्ट लुक सार्वजनिक भएको थियो । यस फिल्ममा उनले सीताको भूमिका निभाउनेछिन् । दक्षिण भारतीय पहिरनमा आलियाको परम्परागत लुक निकै मन पराईएको थियो।
यस बाहेक सञ्जय लीला भन्सालीको फिल्म ‘गंगूबाई काठियावाडी’ मा पनि आलियाले अहम भूमिका निभाउँदैछिन् । फिल्मको टिजर रिलिज भईसकेको छ जसमा एक महिला ग्याङस्टरको लुकमा आलिया दमदार देखिएकी छिन्।
आलियाका अपकमिङ फिल्मको लिस्टमा सबैभन्दा अघि ब्रह्मास्त्र आउँछ । अयान मुखर्जीको निर्देशनमा बनेको यस फिल्ममा आलिया रणबीर कपूरसँग देखिँदैछिन् । मिडिया रिपोर्टस अनुसार यो फिल्म २०२१ को अन्तसम्म रिलिज हुनेछ ।