भोलि १२ वर्षपछि बृहस्पति कुम्भ राशिमा प्रवेश गर्ने : उथलपुथल आउनेछ यी ५ राशिको जीवनमा

काठमाडौँ : बृहस्पति ग्रह भोलि चैत्र २४ गते(६ अप्रिल) मा मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्दै छ। १२ वर्षपछि यो ग्रह कुम्भ राशिमा रहनेछ। अँग्रेजी वर्ष २०२१ मा गुरु बृहस्पतिको यो पहिलो राशि परिवर्तन हो। अहिलेसम्म देवताको गुरु यानी बृहस्पति आफ्नो नीच राशिमा शनिसँग थियो।

अब शनिकै राशि कुम्भमा आउनेछ। यो राशिमा बृहस्पति आउँदो वर्ष २०७८ को भदौ २८(१३ सेप्टेम्बर) गतेसम्म रहनेछ। यसैबीच यो ग्रह असार ६(२० जुन) देखि वक्री यानी टेढो चालमा चल्नेछ।

यसरी परिक्रमा गरिरहँदा भदौ २९(१४ सेप्टेम्बर) गते मकर राशिमा आउनेछ। त्यसपछि कार्तिक ०१ (१ अक्टोबर) बाट सिधा चालमा चल्नेछ र मंसिर ०४(२० नोभेम्बर) गते फेरि कुम्भ राशिमा आउनेछ।

रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ
चैत्र महिनामा बृहस्पतिले राशि बदल्दा मानिसहरुका कुशलता र देशका उच्च ओहोदामा आसिन व्यक्तिमा कोमलता बढ्नेछ। यानी गुरु ग्रहको कारण देशका शक्तिशाली मन्त्री तथा प्रधानमन्त्री या प्रशासनिक अधिकृतहरुका व्यवहार राम्रो हुनेछ।

यस ग्रहको कारण अन्नबाली राम्ररी फस्टाउनेछ। बृहस्पतिले राशि बदल्दा मानिसहरुमा विभिन्न रोगहरुसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ। शेयर बजारमा उतारचढाव आउनेछ।

बृहस्पतिको कारण राजनीतिक उथलपुथल
शनिको राशिमा गुरु आउँदा देशवासीहरुबीच तनाव बढ्न सक्छ। मुलुकको पूर्वी क्षेत्रमा उत्पात मच्चिने आशंका छ। शिक्षाको क्षेत्रमा अनियमितता मौलाउनेछ। प्रशासन र मन्त्रीबीच तालमेलको कमी हुनेछ।

धार्मिक गतिविधि कम हुनेछ। राजनीतिमा व्यापक उथलपुथल आउने प्रबल सम्भावना छ। षड्यन्त्रकारी क्रियाकलापहरु बढ्नेछन्। अन्तर्राष्ट्रिय व्यापारबाट उत्साहजनक फाइदा मिल्ने छैन। व्यापारी वर्गका लागि समय निराशाजनक रहनेछ। धार्मिक विवादले उग्र रुप लिन सक्ला। माङ्गलिक कामहरु गर्दा खासै सरसहयोग पाउनुहुनेछैन।

शुभ : मेष, मिथुन, सिंह, तुला र मकर
कुम्भ राशिमा गुरु आउँदा मेष, मिथुन, सिंह, तुला र मकर राशिका जातकका लागि राम्रो रहनेछ। यी राशिका जातकले अचानक धन लाभ गर्नेछन् र साथै चौतर्फी रुपमा फाइदा हुनेछ।

कामकाज बिना रोकावट तुरुन्तै बन्नेछन्। उन्नति र प्रगतिको बाटो लम्कने सुवर्ण अवसर पाउनुहुनेछ। स्वास्थ्यमा सुधारमा हुनेछ।

सामान्य : वृष, कन्या र धनु
वृष, कन्या र धनु राशिका जातकमाथि बृहस्पतिको प्रभाव औसत रहनेछ। यी ३ राशिका जातकले सोचविचार गरी निर्णय लिनुपर्नेछ। जोखिमपूर्ण कामबाट टाढै रहँदा आफ्नो र परिवारको भलाई हुनेछ।

आफ्नो लक्ष्य हासिल गर्न यी राशिका जातकले कडा मेहनत गर्नुपर्नेछ। यी ३ राशिका जातकले उच्च सरकारी अधिकारीबाट सहयोग पाउनेछन्। जीवनमा अगाडी बढ्ने अवसर पाउनेछन्।

अशुभ : कर्कट, वृश्चिक, कुम्भ र मीन
कुम्भ राशिमा बृहस्पति आउँदा कर्कट, वृश्चिक, कुम्भ र मीन राशिका जातकका माङ्गलिक कार्यमा बाधा अड्चन आउन सक्छ। यी राशिका जातक एकदमै सोचविचार गरी बोल्न र सम्हालिएर हिड्न आवश्यक छ।

कुनै पनि नयाँ कामको थालनी नगर्नुहोला। सोचेका र आँटेका काम पूरा नहुँदा मानसिक तनाव बढ्नेछ। लेनदेन र लगानी गर्नुअघि दुईपटक सोच्नुहोला। व्यापार-व्यवसाय र जागिरमा थोरबहुत बदलाव आउने योग छ।

प्रकाशित : सोमबार, चैत २३, २०७७१५:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि मङ्गलबारको राशिफल : तपाईको दिन अनुकूल-प्रतिकूल कस्तो रहला ?