सन् २०२१ को अप्रिल महिनाको मासिक राशिफल : १२ वटै राशिहरुका भविष्यफल
मेष राशि : मेष राशिका जातकका लागि यो महिना अघिल्लो महिनाको तुलनामा राम्रो रहनेछ। व्यापार राम्रो रहला। जागिरमा सहकर्मीको भरपूर साथ मिल्ला। परन्तु कृषि क्षेत्रमा सङ्कट आइपर्न सक्छ। आमाको स्वास्थ्यले पिरोल्नेछ। मामाहरुबाट सहयोग प्राप्त हुनेछ। सन्तान सुख मिल्नेछ। पुरानो साथीसँग भेटघाट होला।

दिनाङ्क ५, २३ शुभ छ, ९ अशुभ छ। राम स्तुति लाभप्रद रहनेछ।
वृष राशि : वृष राशिका जातकका लागि यो महिना सङ्कटपूर्ण रहनेछ। पिताको स्वास्थ्यमा सुधार आउनेछ। महिला वर्गले पुरुष वर्गलाई समस्यामा पार्न सक्छन्, सावधानी अपनाउनुहोला। जागिरमा सानोतिनो झमेला आउनेछ। आफन्तजनसँगको सम्बन्धमा तीक्तता आउँला।

दिनाङ्क ५, १८ शुभ छ, १३ अशुभ छ। गायत्री मन्त्र लाभप्रद रहनेछ।
मिथुन राशि : मिथुन राशिका जातकका लागि यो महिना सुखमय रहनेछ। व्यापार ठीकठाक रहनेछ। कृषि क्षेत्रमा सफलता मिल्नेछ। जागिरमा अधिकृतको सहयोग मिल्नेछ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, सानोतिनो समस्या आउन सक्छ। पत्नीले सफलता हासिल गर्नेछिन्। कुनै टाढाको आफन्तसँग अचानक भेट हुनेछ, जुन लाभदायी साबित हुनेछ।

दिनाङ्क १२, २८ शुभ छ, १७ अशुभ छ। राम स्तुति लाभप्रद रहनेछ।
कर्कट राशि : कर्कट राशिका जातकका लागि यो महिना राजनीतिक क्षेत्रमा सफलता मिल्ने वाला छ। व्यापारमा केही सङ्कट आइपर्ला। जागिरमा साथीको सहयोग मिल्ला, परन्तु तपाईको काम देखेर उच्च अधिकृत असन्तुष्ट हुनेछन्। कृषि क्षेत्र ठिकठाक रहला। अविवाहितहरुका लागि विवाहको योग बन्ला। परिवारमा माङ्गलिक कार्य हुनेछ। बहिनीलाई आर्थिक सहयोग गर्नुपर्नेछ।

दिनाङ्क ८, १६ शुभ छ, ११ अशुभ छ। शिव आराधना गर्दा लाभ मिल्नेछ।
सिंह राशि : सिंह राशिका जातकले यो महिनामा अड्डा-अदालतका मामिलामा विजय हासिल गर्नेछन्। व्यापारमा सानोतिनो झमेला आइपर्नेछ। कृषि क्षेत्रमा सफलता हासिल हुनेछ। जागिरमा पदच्युत हुन् सक्ने सम्भावना प्रबल छ। महिनाको अन्त्यमा राहत महसुस गर्नुहुनेछ। पिताको स्वास्थ्यले झन् चिन्तित बनाउनेछ। ससुराली पक्षको कारण मानसिक तनावको शिकार बन्नुहुनेछ। तपाईको सन्तानको विदेश यात्राको योग छ।

दिनाङ्क ९, २१ शुभ छ, १४ अशुभ छ। हनुमानजीको आराधना फलदायी हुनेछ।
कन्या राशि : कन्या राशिका जातकले यो महिनामा जीवनसाथीको किचकिच सहनुपर्नेछ। जागिरमा तपाईको प्रस्तुति राम्रो रहला। कृषि क्षेत्रमा उन्नति होला। व्यापारमा साझेदारी सुनिश्चित गर्नुपर्नेछ। आमाबाट आर्थिक सहायत प्राप्त गर्नुहुनेछ। कुनै पनि क्षेत्रमा लगानी गर्नुअघि सोचविचार गर्नुहोला, अन्यथा सङ्कट पर्नुहोला। कुनै नयाँ क्षेत्रमा काम गर्ने अवसर पाउनुहुनेछ।

दिनाङ्क ३, २१ शुभ छ, १५ अशुभ छ। देवी आराधना लाभदायी हुनेछ।
तुला राशि : तुला राशिका जातकका यो महिनामा बढुवा होला। व्यापार ठिकठाक रहला। कृषि क्षेत्र मध्यम रहला। जागिरमा उन्नति होला।जीवनसाथीसँग वैचारिक मतभेद होला .कुनै अनजान व्यक्तिसँग सम्पर्कमा आउनु तपाईको लागि दुखदायी होला। आफ्नो स्वास्थ्यमा ख्याल गर्नुहोला। पुरानो साथीबाट अप्रत्यक्ष रुपबाट सहयोग प्राप्त हुनेछ। पितालाई विदेश यात्राको योग छ।

दिनाङ्क ११, २० शुभ छ, १९ अशुभ छ। गुरु आराधना गर्नु लाभदायी हुनेछ।
वृश्चिक राशि : वृश्चिक राशिका लागि यो महिना अघिल्लो महिनाको तुलनामा राम्रो रहने छैन। कृषि क्षेत्रमा नाफा भईरहँदा एक्कासि घाटा ब्होर्नुपर्नेछ। जागिरमा साथीहरुसँग सम्बन्ध बिग्रिनेछ। बहिनीबाट आर्थिक सहयोग प्राप्त हुनेछ। हजुरबाको जग्गा-जमिनको लाभ महिनाको अन्तमा पाउनुहुनेछ।

दिनाङ्क १७, २६ शुभ छ,१४ अशुभ छ। राहुको जप गर्नु लाभदायी मानिन्छ।
धनु राशि : धनु राशिका जातकका लागि यो महिना खुशीयालीपूर्ण रहनेछ। व्यापार-व्यवसाय मध्यम रहनेछ। कृषि क्षेत्रमा साधारण लाभ मिल्नेछ। जागिरमा कुनै नयाँ व्यक्तिको आगमनले समस्या निम्त्याउनेछ। आफ्नो स्वास्थ्यले अलि चिन्तित बनाउँला। सन्तानलाई विदेश यात्राको योग छ।

दिनाङ्क ७, २५ शुभ छ, १९ अशुभ छ। सूर्य आराधना लाभदायी रहनेछ।
मकर राशि : मकर राशिका जातकले यो महिनामा स्थान परिवर्तन गर्नेछन्। जागिरमा उन्नतिको योग छ। कृषि क्षेत्र मध्यम रहला। व्यापार राम्रो रहनेछ। जीवनसाथीबाट यो महिनामा केही विशेष लाभ प्राप्त गर्नुहुनेछ। घरमा माङ्गलिक कार्य हुने योग छ। भूमि लाभ होला। उच्च पदाधिकारीबाट सहयोग प्राप्त हुनेछ, परन्तु आफूलाई पनि ध्यान दिनुपर्नेछ।

दिनाङ्क १३, २५ शुभ छ, ६ अशुभ छ। श्रीराम स्तुति लाभदायी हुनेछ।
कुम्भ राशि : कुम्भ राशिका जातकका लागि यो महिना लाभदायी रहनेछ। व्यापार सामान्य रहनेछ। कृषि क्षेत्रमा धेरै परिश्रम गर्नुपर्नेछ, र लाभ पनि सोचेजस्तै पाउनुहुनेछ। जागिरमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। पिताको स्वास्थ्यमा सुधार आउनेछ। पुरानो महिला साथीसँग भेटघाट हुनेछ। धार्मिक यात्राको योग छ।

दिनाङ्क २, ११ शुभ छ, १६ अशुभ छ। कुलदेवी आराधना लाभदायी रहनेछ।
मीन राशि : मीन राशिका जातकको यो महिनामा सामाजिक प्रतिष्ठा बढ्नेछ। व्यापारमा सफलता मिल्नेछ तर बीचैमा एक्कासि घाटा ब्होर्नुपर्ला। कृषि क्षेत्रमा सफलता मिल्ला। जागिरमा स्थान परिवर्तनको योग छ। आमाको स्वास्थ्यमा सुधार आउनेछ। पत्नीले नयाँ क्षेत्रमा सफलता पाउनेछिन्। अड्डा-अदालतका मामिला अगाडी बढ्नेछ। आफन्तजनसँगको भेटघाट फाइदाजनक रहनेछ।

दिनाङ्क ८, २६ शुभ छ, १३ अशुभ छ। गणेश आराधना लाभदायी हुनेछ।
