बुध मीन राशिमा प्रवेश : यी राशिका लागि शुभ रहनेछ आउँदो १५ दिन

काठमाडौँ : ज्योतिष शास्त्रमा बुधलाई एक महत्वपूर्ण ग्रह मानिन्छ। बुधको शुभ प्रभावले व्यक्तिको इच्छाशक्ति मजबूत हुन्छ। वैदिक ज्योतिषका अनुसार, बुध ग्रह कन्या राशिको स्वामी हो र मीन राशि बुधको लागि नीच राशि हुन्छ। चैत १९(अप्रिल १) गते बिहीवारको दिन दिउँसो १ बजे बुध मीन राशिमा गोचर गरिसकेको छ र अर्को वर्ष २०७८ को बैशाख ३(अप्रिल १६) गतेसम्म यहीँ राशिमा रहनेछ। ज्योतिषका अनुसार यदि बुध उच्च राशिमा छ भने यसले सकारात्मक प्रभाव पर्छ तर यदि बुध नीच राशिमा छ भने यसले नकारात्मक प्रभाव पनि पार्न सक्छ। बुधको यस गोचरको प्रभाव सबै राशिहरुमा पर्नेछ। हरेक राशिमा यस गोचरको प्रभाव कस्तो हुनेछ त…

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :  

बुध ग्रह तपाईको राशिबाट नीच भई १२ औँ भावमा गोचर गरिरहेको छ। १२ औँ भावमा बुधले गोचर गर्नु तपाईको लागि हानिकारक हुन् सक्छ। बुध ग्रह र बृहस्पति ग्रहले एक-आपसमा शत्रुताको भावना राख्छ। १२ औँ  घरको स्वामी बृहस्पति हुने कारण तपाईको लागि यो समय शुभ हुने छैन। यस अवधिमा खर्च बढ्नेछ। आत्मबलमा कमी आउनेछ, जसले गर्दा सामाजिक गतिविधिमा सक्रियता घट्नेछ। स्वास्थ्यमा ध्यान दिन आवश्यक छ। व्यक्तिगत जीवन ठिक-ठाक नै रहनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

 बुध लाभ घरमा उच्च भई गोचर गरिरहेको छ, जुन तपाईको लागि लाभकारी रहने वाला छ। जागिर र व्यवसायमा लाभ मिल्ने सम्भावना छ। प्रेममा सफलता मिल्नेछ। यस बाहेक जागिर र कुनै नयाँ व्यवसाय सुरुवात गर्नको लागि समय राम्रो हुनेछ। यस राशिका जातक जो विदेशमा शिक्षा प्राप्त गर्नको लागि प्रयासरत छन्, तिनले सफलता पाउनेछन्। यस अवधिमा नयाँ सवारी साधन या घर खरिद गर्ने योग बन्नेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

यस राशिको स्वामी बुध ग्रह हो, जुन कर्मभावमा नीच भईरहेको छ। यो समय तपाईको जीवनको सबैभन्दा शुभ रहनेछ। पारिवारिक जीवनमा शान्ति र सद्भाव बनिरहनेछ र सम्बन्ध सुध्रिनेछ। व्यवसायिक जीवनमा अनुकूल परिणाम प्राप्त हुन् सक्छ। यस अवधिमा बढुवा हुनुका साथै तलब वृद्धि होला। यो समयमा तपाई आफ्नो प्रतिद्वन्दीलाई करार जवाफ दिन सक्षम हुनुहुनेछ। विरोधी परास्त हुनेछन्।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो(Cancer) :

 कर्कट राशिमा भाग्य स्थानमा बुध नीच भईरहेको छ। यसकारण यस राशिको जातकको लागि यो समय खासै शुभ छैन। जीवनमा कठिनाईको सामना गर्नुपर्नेछ। समाजमा सक्रियता कम हुनेछ। स्वास्थ्यको ख्याल गर्नुहोला। प्रेम सम्बन्धमा केही समस्याहरु आउन सक्छन्। प्रेम सम्बन्धमा आउन सक्ने कुनै पनि प्रकारका विवादबाट बच्नको लागि आफ्नो पार्टनरप्रति इमान्दार रहनुहोला। यस अवधिमा ध्यानपूर्वक काम गर्न आवश्यक छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : 

बुध ग्रह सिंह राशिबाट आठौँ भावमा गोचर गर्नेछ। यो समय तपाईको लागि सामान्य रहनेछ। एकातिर अचानक आर्थिक लाभ हुने सम्भावना छ भने अर्कोतिर लगानी गर्नबाट बच्नुहोला। अफिस या कार्यक्षेत्रमा तपाईले राम्रो प्रदर्शन गर्न सक्नुहुनेछ। तपाईले अधिकांस परियोजनाहरुमा सफलता पाउनुहुनेछ। आफ्नो वाणीमा संयमता राख्नुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : 

बुध स्वयमको राशिमा सप्तम भावमा गोचर गईरहेको छ। यो समय तपाईको लागि लाभकारी सिद्ध हुनेछ। सम्बन्धमा पिता र पत्नीबाट सहयोग पाउनुहुनेछ। कार्यस्थलमा बढुवा र तलब वृद्धि होला। यस अवधिमा परिवारमा माङ्गलिक कार्य हुने सम्भावना छ। आफ्नो व्यवहारमा विनम्रता प्रस्तुत गर्नुहोला। सरकारी काममा ढिलाई होला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : 

तुला राशिमा बुध छैठौँ भावमा गोचर गरिरहेको छ। यसले गर्दा केही मुश्किलको सामना गर्नुपर्नेछ। काममा धेरै मेहनत गर्नुपर्नेछ। आफ्ना कुराहरुलाई गुप्त नै राख्नुहोला। आफ्ना कुराहरु अरुसँग शेयर गर्दा शत्रु बढ्न सक्छ। यस अवधिमा  कसैलाई उधारो दिँदा नोक्सानी ब्होर्नुपर्नेछ। स्वास्थ्यको ख्याल गर्नुहोला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : 

वृश्चिक राशि बुध पञ्चम भावमा गोचर गरिरहेको छ। प्रेम सम्बन्धमा मधुरता आउनेछ। यो समय प्रेम-विवाहको लागि अनुकूल छ। नवविवाहित जोडीले सन्तानसुख पाउनेछन्। मान-सम्मानमा वृद्धि हुनेछन र समाजमा पद-प्रतिष्ठा बढ्ला। जागिरका नयाँ अवसरहरु प्राप्त होला।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : 

यस राशिबाट सुख भावमा बुध नीच राशि भएर गोचर गर्नेछ। बुध ग्रहको यो राशि परिवर्तनले तपाईको लागि राम्रो परिणाम ल्याउन सक्छ। आपसी सम्बन्धमा मधुरता आउनेछ। परिवार र साथीभाईसँग समय बिताउनको लागि समय राम्रो छ। विगतमा कतै लगानी गर्नुभएको छ भने त्यसबाट लाभ पाउनुहुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : 

मकर राशिमा बुध तेस्रो स्थानमा नीच राशि भई गोचर गर्नेछ। यस समयमा थोरै सावधानी अपनाउन आवश्यक छ। परिवारजनसँग वादविवाद नगर्नुहोला, अन्यथा सम्बन्ध बिग्रिन सक्छ। यस अवधिमा शान्त रहनुहोला र आफ्नो वाणीमा नियन्त्रण गर्नुहोला। धेरथोर आर्थिक कष्ट हुन् सक्छ। तपाईको जीवनमा केही नयाँ मानिसको आगमन हुन् सक्छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :  

यस राशिबाट बुध गोचर भई धन भावमा नीच भईरहेको छ। यो समय तपाईको लागि अत्यन्तै शुभ रहनेछ। तपाईको आर्थिक स्थिति मजबूत हुनेछ। यस अवधिमा शेयर बजारमा लगानी गर्दा लाभ मिल्नेछ। विद्यार्थीको लागि यो समय अत्यन्तै शुभ छ। पढाईसँग सम्बन्धित कुनै पनि समस्याको हल निकाल्न तपाई सक्षम हुनुहुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

मीन राशिमा नै बुधको राशि परिवर्तन हुँदैछ। मीन राशिमा बुध नीच मानिन्छ। यो समय तपाईको लागि खासै परिणाममुखी हुने देखिँदैन्। तपाईले आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ। कार्यक्षेत्रमा सफलता हासिल गर्नुहुनेछ। आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। प्रेम सम्बन्ध राम्रो रहनेछ। यदि विवाह गर्नेबारे सोच्दै हुनुहुन्छ भने तपाईको विवाह धुमधामसँग हुनेछ। विदेश यात्राको अवसर पाउनुहुनेछ।

प्रकाशित : शनिबार, चैत २१, २०७७१४:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दैनिक राशिफल : भोलि आइतबार तपाईको दिन शुभ-अशुभ कस्तो रहला ?