काठमाडौँ : गुरु बृहस्पति यहीँ चैत्र २४ गते मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्दैछ। गुरु यो अवस्थामा आउँदो वर्षको भदौ ३० गतेसम्म रहनेछ र आफ्नो वक्री गति सुरु गरी एकपटक फेरि पनि मकर राशिमा प्रवेश गर्नेछ। पुन: मार्गी भई मंसिर ०४ गते शनिबारको दिन मकर राशिबाट कुम्भ राशिमा विराजमान हुनेछ। गुरु बृहस्पतिको यस राशि परिवर्तनको हरेक राशिमा कुनै न कुनै रुपबाट प्रभाव पर्नेछ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
धनलाभ हुनेछ, किनकी आर्थिक रुपमा यो गोचर तपाईको लागि अधिक अनुकूल छ। तपाईको आम्दानीमा बढोत्तरी हुनेछ। र साथै आयका श्रोतहरु बढ्ने सम्भावना छ। तपाई आफ्ना महत्वाकांक्षा पूरा गर्न सफल हुनुहुनेछ। भाग्यले तपाईलाई पूरा साथ दिनेछ।
गुरु वक्री गतिको कारण कुम्भबाट फेरि मकरमा फर्किनेछ। जसकारण भदौ ३० गते देखि मङ्सिर ४ गतेसम्म यो तपाईको दशम भावलाई प्रभावित गर्नेछ। तपाईको कार्यक्षेत्रमा थुप्रै समस्याहरु आउन सक्छ, किनकी शनिदेवले तपाईलाई भ्रमित गर्ने काम गर्नेछ।आफ्नो काममा धेरै प्राथमिकता दिन आवश्यक छ। पारिवारिक जीवनमा सुख प्राप्ति हुनेछ तर शनिले गुरु बृहस्पतिलाई प्रभावित पार्नेछ। जसले गर्दा तपाईको पिताको स्वास्थ्यमा कष्ट आउनेछ।
आउँदो वर्षको मङ्सिर ४ गते गुरु बृहस्पति पुन: मार्गी भई कुम्भमा विराजमान हुनेछ, जसले तपाईको एकादश भावलाई प्रभावित गर्नेछ। यसैबीच तपाईलाई आफ्नो भाग्यले पूरा साथ दिनेछ। यो समय तपाईको लागि सबैभन्दा उत्कृष्ट समय साबित हुनेछ। तपाईको प्रेम जीवन सफल रहनेछ। साथै दाम्पत्य जीवनमा पनि सुख-शान्ति आउनेछ। तर यस समयावधिमा सम्भव भएसम्म आलस्य त्याग्नुहोला, अन्यथा नोक्सानी ब्होर्नुपर्नेछ। एकदश भावमा रहेको गुरु बृहस्पतिले तपाईलाई अपार धनलाभ गराउनेछ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
कार्यक्षेत्रमा समस्याहरु उत्पन्न हुन् सक्छन्। यद्यपि पारिवारिक जीवनको लागि समय राम्रो रहनेछ। घरपरिवारमा खुसियाली र शान्तिपूर्ण माहोल रहनेछ। जसले गर्दा तपाईको मन प्रसन्न हुनेछ। आर्थिक पक्ष केही कमजोर हुनेछ। पहिलेभन्दा अझ बढी मेहनत गर्न आवश्यक छ।
त्यसपछि भदौ ३० गते गुरु बृहस्पति वक्री भई मकर राशिमा विराजमान हुनेछ। मकर राशिमा बृहस्पति मङ्सिर ४ गतेसम्म उहीँ अवस्थामा रहनेछ। जसले तपाईको नवम भावलाई प्रभावित गर्नेछ। यस समयमा तपाईले यात्रामा जाने अवसर पाउनुहुनेछ। पिताको स्वास्थ्यमा समस्या आउनेछ।तपाईको लागि यो समयावधि शुभ रहनेछ र तपाईलाई भाग्यले पूरा साथ दिनेछ। अध्यात्मतर्फ तपाईको रुचि अझ बढ्नेछ।
त्यसपछि जब मङ्सिर ४ गते गुरु बृहस्पति मार्गी भई पुन: कुम्भमा फर्किनेछ तब तपाईको दशम भाव सक्रिय हुनेछ। यसले कार्यक्षेत्रमा बदलावको स्थिति बन्नेछ। यदि तपाई जागिर बदल्ने सोचमा हुनुहुन्छ भने समय शुभ राम्रो छ। र साथै तपाईको सरुवा हुने योग छ। पारिवारिक जीवनमा सुख र शान्ति छाउनेछ। माता-पिताको स्वास्थ्यमा सुधार आउनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
भाग्यले साथ दिनेछ र तपाई हरेक निर्णय लिन सक्षम बन्नुहुनेछ। वैवाहिक जीवनमा जीवनसाथीसँगको सम्बन्ध राम्रो हुनेछ। मान-सम्मानमा वृद्धि हुनेछ। धन लाभको योग छ। कुनै धार्मिक यात्रामा जाने योग बन्नेछ। छात्रछात्रा पढाईको सिलसिलामा घरबाट टाढा जानुपर्नेछ।
त्यसपछि गुरु बृहस्पति वक्री भई भदौ ३० गतेदेखि मङ्सिर ४ गतेसम्म मकर राशिमा फेरी पनि विराजमान हुनेछ। जसले तपाईको लागि समय प्रतिकूल रहनेछ। यसैबीच तपाईको अष्टम भाव प्रभावित हुनेछ। तपाईको स्वास्थ्यमा समस्या आउनेछ। धनको मामिलामा पनि केही सङ्कट निम्तिनेछ। ससुरालीमा कसैसँग स्वास्थ्यमा गम्भीर समस्या आउनेछ। आफ्नो पिताको लागि पनि यो समय राम्रो हुनेछैन।
यद्यपि मङ्सिर ४ गतेबाट जब बृहस्पति मार्गी भई पुन: तपाईको नवम् भावमा विराजमान हुनेछ तब तपाईका सङ्कटहरु केही हदसम्म कम हुनेछन्। तपाईलाई भाग्यले साथ दिनेछ। आटेका कामहरु पूरा हुनेछन्। दाम्पत्य जीवनमा पनि खुशीयाली आउनेछ। तपाईको जीवनसाथी तपाईसँग खुशी हुनेछन् र साथै मान-सम्मानमा पनि वृद्धि हुनेछ। धार्मिक कार्यमा तपाईको झुकाव बढ्नेछ। प्रेम सम्बन्धमा थप माधुर्यता आउनेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो(Cancer) : –
तपाईको मन आध्यात्मिकतातर्फ बढी लाग्नेछ। दाम्पत्य जीवनमा सन्तान लाभ हुनेछ। पिताको स्वास्थ्य अवस्था बिग्रिने सम्भावना छ। धनहानिको योग पनि बनेछ। बाध्यात्मक परिस्थितिले यात्रामा निस्कनुपर्नेछ। यदि बैंकबाट लोन लिने सोचमा हुनुहुन्छ भने सफल हुनुहुनेछ।
त्यसपछि गुरु बृहस्पति वक्री भई भदौ ३० गतेदेखि मङ्सिर ४ गतेसम्म मकर राशिमा विराजमान हुनेछ। तपाईको सप्तम भावलाई प्रभावित गर्नेछ। जसले गर्दा व्यापार-व्यवसायमा संलग्न जातकले भरपूर सफलता पाउनेछन्। धनलाभ हुनेछ। घर-परिवारमा तपाईको मान-सम्मान बढ्नेछ। तर पनि दाम्पत्य जीवनमा उतारचढाव आइरहनेछ। प्रेम जीवन भने राम्रो रहनेछ।
यद्यपि जब मङ्सिर ४ गतेपछि गुरु देव मार्गी भई फेरी पनि कुम्भमा फर्किनेछ र तपाईको अष्टम भाव सक्रिय हुनेछ तब तपाईले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेछ। ऋण दिएको पैसा फिर्ता हुनेछ। आध्यात्मिकतर्फ मन जानेछ। छात्रछात्रा रहस्यमय विषय बुझ्न सफल हुनेछन्।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
समय तपाईको प्रेम जीवनको लागि अत्यन्तै उत्तम रहनेछ। विशेषगरी अविवाहित मानिसहरुको यस अवधिमा विवाह हुने योग छ। विवाहितको दाम्पत्य जीवनमा सुखको आगमन हुनेछ। र तपाईको जीवनसाथीले कार्यक्षेत्रमा मान-सम्मान पाउनेछन्।
तपाईको आम्दानी पनि बढ्नेछ। स्वास्थ्यको दृष्टिकोणले पनि समय उत्तम रहनेछ। त्यसपछि गुरु बृहस्पति वक्री भई भदौ ३० गतेदेखि मङ्सिर ४ गतेसम्म मकर राशिमै विराजमान हुनेछ। तपाईको षष्ठम भावलाई प्रभावित गर्नेछ। यो समयमा आफ्नो स्वास्थ्यको विषयलाई लिएर सावधान रहनुहोला। कुनै घातक रोगको लक्षण देखिन सक्छ। यस रोगको कारण तपाईको खर्च बढ्नेछ। सन्तान सुख प्राप्त हुनेछ।
मङ्सिर ४ गतेबाट जब गुरुदेव मार्गी भई पुन: तपाईको सप्तम भावमा विराजमान हुन्छन तब तपाईको दाम्पत्य जीवनमा खुशीयाली छाउनेछ। तपाईले जीवनसाथी भरपूर साथ-सहयोग पाउनुहुनेछ। कडा मेहनतपूर्वक गरिएका काममा सफलता मिल्नेछ। आर्थिक पक्ष मजबूत हुनेछ, साथै निर्णय क्षमतामा वृद्धि हुनेछ। प्रेम विवाह गर्ने सोचमा हुनुहुन्छ भने प्रेमी-प्रेमिकाले घरबाट राम्रो प्रतिक्रिया पाउनेछन्।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
शैक्षिक क्षेत्रमा संलग्न जातकका लागि समय शुभ रहनेछ। लोकसेवा लगायत विभिन्न परिक्षाको लागि तयारी गरिरहेकाहरुले सफलता पाउनेछन्। आफ्नो खानपिनमा विशेष ध्यानदिनुहोला। अन्यथा मोटोपनको शिकार बन्नुहुनेछ। आफ्नो खर्चमा पनि नियन्त्रणगर्नुहोला। कार्यक्षेत्रमा हरेक कार्यमा रोकावट आउँदा मन उदास हुनेछ।
जीवनसाथीसँग मतभेद भईरहँदा वैवाहिक जीवन प्रतिकूल रहनेछ। जग्गा-जमिनसँग सम्बन्धित समस्याले पनि पिरोल्नेछ। त्यसपछि भदौ ३० गतेदेखि मङ्सिर ४ गतेसम्म गुरुदेव वक्री हुँदा तपाईको पञ्चम भावलाई प्रभावित गर्नेछ। जसले गर्दा आफ्ना सन्तानका स्वास्थ्यमा कष्ट आउन सक्छ।
पढाई-लेखाईमा विभिन्न बाधा-अवरोधको बाबजूद विद्यार्थीले सफलता पाउनेछन्। तपाईको आम्दानी बढ्नेछ। जसले गर्दा तपाईले अझ बढी मान-सम्मान प्राप्त गर्नुहुनेछ। यद्यपि जब मङ्सिर ४ गते गुरु बृहस्पति पुन: मार्गी भई तपाईको षष्ठम भावमा आउँछ तब तपाईको स्वास्थ्यमा अचानक समस्या आउनेछ। दाम्पत्य जीवन पनि तनावपूर्ण रहनेछ। आर्थिक जीवन पनि प्रभावित हुँदा खर्च बढ्नेछ र जसले गर्दा आर्थिक सङ्कट छाउनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
समय तपाईको शिक्षाको लागि अत्यन्तै राम्रो रहनेछ। विद्यार्थीवर्गले पढाई-लेखाईमा सफलता हासिल गर्नेछन्। यदि उच्च शिक्षा ग्रहण गर्ने विचार गर्दै हुनुहुन्छ भने त्यसको लागि पनि समय राम्रो छ। दाम्पत्य जीवन राम्रो रहनेछ। वैवाहिक जोडीको जीवनमा नयाँ सदस्यको आगमन हुने योग छ। घरमा कुनै विवाहयोग्य सदस्यको विवाह सम्पन्न हुनेछ। सन्तान सुख प्राप्त हुनेछ।
धनसँग जोडिएका हरेक समस्या दूर हुनेछन्। आम्दानी बढ्नेछ। यदि तपाई सिङ्गल हुनुहुन्छ भने तपाईको जीवनमा कुनै खास व्यक्तिको आगमन हुन् सक्छ। र साथीहरु भरपूर साथ-सहयोग मिल्नेछ। त्यसपछि गुरु बृहस्पति वक्री भई भदौ ३० गतेदेखि मङ्सिर ४ गतेसम्म तपाईको चतुर्थ भावमा आउनेछ। जसले माताको स्वास्थ्यमा केही कष्ट दिन सक्छ। यदि तपाई विदेशमा हुनुहुन्छ भने यस समयावधिमा स्वदेश फर्किने विचार आउन सक्छ। पैतृक सम्पतिबाट लाभ मिल्नेछ।
जग्गा-जमिनसँग सम्बन्धित विवादमा अल्झिरहनुभएको छ भने तपाईको पक्षमा निर्णय हुनेछ। यसको लागि तपाईले आफ्नो प्रयास जारी राख्न आवश्यक छ। जब मङ्सिर ४ गते गुरु बृहस्पति पुन: मार्गी भई कुम्भ राशिमा आउनेछ तब तपाईको पञ्चम भाव सक्रिय हुनेछ जसले हरेक प्रकारको सन्तान सुख प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा तपाई कुनै पनि निर्णय लिन सक्षम महसुस गर्नुहुनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
यो गोचरले तपाईलाई पारिवारिक समस्या दिन सक्छ। घरेलू खर्च बढ्नेछ र आर्थिक सङ्कटको पनि सम्भावना छ। जग्गा-जमिन खरिद गर्ने योग बन्नेछ। माताजीको स्वास्थ्य खराब हुन् सक्छ। सन्तान पक्षको लागि पनि समय अनुकूल देखिदैन।
यदि तपाईको सन्तान वैदेशिक रोजगारमा जाने विचार गर्दैछन् भने तिनले सफलता पाउनेछन्। त्यसपछि भदौ ३० देखि मङ्सिर ४ गतेसम्म गुरु बृहस्पति वक्री भई मकरमा जानेछ। जसले तपाईको तृतीय भाव प्रभावित हुनेछ। यो समयावधिमा तपाईले कुनै यात्रामा जाने अवसर पाउनुहुनेछ। आफ्ना भाई-बहिनीसँग तपाई अझ नजिक हुनुहुनेछ।
धार्मिक कार्यमा रुचि बढ्नेछ। सन्तान प्रगतिको बाटोमा उन्मुख हुनेछन्। आर्थिक जीवनमा भाग्यले साथ दिनेछ र अपार धन प्राप्ति हुनेछ। जब बृहस्पति पुन: मार्गी भई तपाईको चतुर्थ भावमा विराजमान हुनेछ तब परिवारमा भईरहेको मतभेद समाप्त हुनेछ। परिवारको सहयोगमा घर-जग्गा खरिद गर्ने विचार गर्नुहुनेछ। तपाईको घरेलू खर्च बढ्नेछ। घर-परिवारमा तपाईले धेरै खर्च गर्नुहुनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
कुनै छोटो दूरीको यात्राको अवसर प्राप्त हुनेछ। कुनै तीर्थाटनमा जानुहुनेछ। परिवारमा भाई-बहिनीसँगको सम्बन्ध राम्रो हुनेछ। भाई-बहिनीले तपाईलाई सकेसम्म सहयोग गर्नेछन्। माताको स्वास्थ्यमा खराबी आउन सक्छः। विशेष ख्याल गर्नुहोला। धनलाभ हुनेछ।
भदौ ३० गतेदेखि गुरु बृहस्पति वक्री भई तपाईको द्वितीय भावमा विराजमान हुनेछ, जसले गर्दा परिवारमा तनावपछि केही शान्ति आउनेछ। तपाई आफ्नो कुनै घर या जग्गालाई भाडामा दिनेबारेमा सोचविचार गर्नुहुनेछ। आमाको ममतापूर्ण व्यापारले तपाईको प्रसन्न बनाउनेछ। तपाई आफ्नो परिवारको मानिसलाई सहानुभूति व्यक्त गर्नुहुनेछ। यस समयावधिमा मिष्ठान भोजन गर्ने अवसर पाउनुहुनेछ।
त्यसपछि मङ्सिर ४ गते जब गुरुदेव पुन: मार्गी भई तपाईको तृतीय भावमा विराजमान हुन्छन् तब तपाईले सावधानी अपनाउनुपर्नेछ। तपाईमा आलस्य बढ्नेछ जसले गर्दा हरेक कार्यमा तपाईले बाधा महसुस गर्नुहुनेछ। धार्मिक कार्यमा झुकाव बढ्नेछ। आम्दानीका श्रोतहरुमा वृद्दि हुनेछ। भाई-बहिनीको साथ र सहयोग मिल्नेछ र उनीहरुसँग यात्रामा निस्कनुहुनेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
तपाईले आफ्नो भाई-बहिनीबाट सहयोग पाउनुहुनेछ। परिवारमा खुशीयालीपूर्ण वातावरण बन्नेछ। घरमा कुनै उत्सव या मङ्गल कार्यक्रम आयोजना हुनेछ। कुनै नयाँ सदस्यको आगमन या कुनै विवाहयोग्य सदस्यको विवाहबन्धनको योग बनेको छ। व्यापारी वर्गले विदेशबाट धनलाभ गर्नेछन्।
त्यसपछि मार्गी हुने गुरु बृहस्पतिले तपाईलाई शुभ फल दिनेछ, जसले गर्दा मङ्सिर ४ गतेसम्म तपाईले अनुकूल परिणाम पाउनुहुनेछ। विदेशी श्रोतबाट लाभ आर्जन गर्न तपाई सफल हुनुहुनेछ। तपाईले आफ्नो निजी प्रयासमा सफलता पाउनुहुनेछ। जसले गर्दा तपाई महत्वपूर्ण निर्णय लिनमा सफल बन्नुहुनेछ। जब गुरुदेव पुन: मार्गी हुनेछन् तब तपाईलाई आफ्नो वाणीमा माधुर्यता आएको महसुस हुनेछ। तपाई अरुलाई आफूतिर आकर्षित गर्न सफल हुनुहुनेछ।
तपाईको यस्तो स्वभावले तपाईको हरेक काम सफल हुनेछन्। यसले गर्दा कार्यक्षेत्रमा तपाईको आम्दानी पनि बढ्नेछ। तर यस समयमा तपाईले आफ्नो स्वास्थ्यमा ध्यान दिन आवश्यक छ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
मानसिक तनावबाट छुटकारा पाउनुहुनेछ। कुनै पनि निर्णय लिन आफूलाई सक्षम पाउनुहुनेछ। दाम्पत्य जीवन अझ राम्रो हुनेछ। साथै प्रेम जीवनमा पनि भाग्यको साथ मिल्दा तपाईको लागि यो समय राम्रो देखिन्छ। यद्यपि त्यसपछि भदौ ३० देखि मङ्सिर ४ गतेसम्म गुरु बृहस्पति वक्री हुनेछ र तपाईको द्वादश भावमा विराजमान हुनेछ। जसले गर्दा केही सङ्कट आउनेछन्। तपाईको खर्च बढ्नेछ।
आफ्नो स्वास्थ्यलाई लिएर सतर्क रहनुहोला, अन्यथा कुनै गम्भीर समस्या हुन् सक्छ। आम्दानीमा गिरावट आउनेछ। जसले गर्दा धनहानि हुने आशंका छ।त्यसपछि जब गुरु बृहस्पति पुन: मङ्सिर ४ गते मार्गी हुन्छन् तब तपाईको प्रथम भावमा सक्रिय हुनेछ। जसले तपाईको समस्याहरुका हल निस्कनेछन्। तपाई निर्णय लिन सफल हुनुहुनेछ।
विगतमा रोकिएका र अड्किएका परियोजनाका कामहरु पूरा हुनेछन्। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। दाम्पत्य जीवनमा प्रेम र खुशी छाउनेछ। समाजमा मान-सम्मान बढ्नेछ। आर्थिक पक्ष पनि मजबूत हुनेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
यो गुरु बृहस्पतिको गोचर तपाईको स्वास्थ्यको लागि खासै राम्रो छैन। यद्यपि वैदेशिक रोजगार या अध्ययनमा जान चाहनेको लागि शुभ रहनेछ। तपाईको खर्च बढ्नेछ। धर्म-कर्मका तपाईको रुचि बढ्नेछ। कामको सिलसिलामा कुनै सुदूर यात्रा जाने अवसर पाउनुहुनेछ।
फेरी जब भदौ ३० देखि मङ्सिर ४ गतेसम्म गुरु बृहस्पति तपाईको एकादश भावमा रहनेछ तब तपाईले हरेक कार्यमा सफलता पाउनुहुनेछ। कार्यक्षेत्रमा उच्च ओहोदाका पदाधिकारीसँग राम्रो सम्बन्ध कायम हुनेछ। धनलाभ प्रबल योग बन्नेछ र थुप्रै माध्यमबाट धनलाभ हुन् सक्छ। धार्मिक कार्यले तपाई आफ्नो छवि सुधार्न सफल हुनुहुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ, जसले गर्दा तपाईको प्रेम विवाह हुने सम्भावना छ। यद्यपि जब गुरु बृहस्पति पुन: मङ्सिर ४ गते तपाईको द्वादश भावमा विराजमान हुनेछ तब तपाईको खर्च अचानक बढ्नेछ। साथै स्वास्थ्यमा पनि खराबी आउनेछ। खुट्टामा समस्या आउन सक्छ।
यो समयमा कुनै विदेशी माध्यमबाट लाभ आर्जन गर्न सफल रहनुहुनेछ। तर तपाईको शत्रुले तपाईलाई हरेक समय अप्ठ्यारोमा पार्नेछ। यदि अड्डा-अदालतमा कुनै मुद्दा चलिरहेको छ भने यो समयमा मुद्दाको फैसला तपाईको विरोधीको पक्षमा आउन सक्छ।