पञ्चाङ्ग
दिन : बुधवार
नक्षत्र : स्वाती , १३:४५ बजे उप्रान्त विशाखा
तिथि : तृतीया , १८:२५ बजे उप्रान्त चतुर्थी
करण : वणिज ०७:३७ बजेदेखि भद्रा , १८:२५ बजे उप्रान्त तैतिल
योग : हर्षण , १३:५२ बजे उप्रान्त वज्र
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
सुखमय दाम्पत्यजीवनको साथसाथै घुमफिर र मिष्ठान्न भोजन मिल्ने योग रहेको छ। आयात निर्यातसँग सम्बन्धित व्यापारीको धन्दाबाट लाभ र सफलता मिल्नेछ। प्रिय व्यक्तिसँग प्रेमको सुखद अनुभव प्राप्त गर्नुहुनेछ। आर्थिक लाभ र सुखको सम्भावना रहेको छ। वाद-विवादबाट टाढा रहनुहोला।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
दिन शुभफलदायक साबित हुनेछ। निर्धारित कार्य सफलतापूर्वक पूरा हुनेछ। अधुरो कार्य पुरा हुनेछ। शारीरिक, मानसिक स्वस्थता बनिरहनेछ। आर्थिक लाभ हुनेछ। बिरामीबाट राहत महसूस हुनेछ। पेसा गर्ने व्यक्तिलाई पेसामा लाभ हुनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
सन्तान र जीवनसाथीको स्वास्थ्यको सम्बन्धमा चिन्ता रहनेछ। वाद-विवाद वा चर्चामा नपर्नुहोला। तपाईको आत्म-सम्मानमा ठेस पुग्नेछ। स्त्रीमित्रद्वारा खर्च वा नोक्सान हुनेछ। नयाँ कार्यको प्रारम्भ नगर्नुहोला।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो(Cancer) : –
तपाईं शारीरिक र मानसिक रोगको अनुभव गर्नुहुनेछ। छातीमा पीडा वा कुनै विकारले परिवारमा अशान्ति निर्मित हुनेछ। स्त्री पात्रसँग मनमुटाव र झगडा हुनेछ। सार्वजनिक रूपले मानहानि होला। समयमा भोजन मिल्नेछैन।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
कार्य सफलता र प्रतिस्पर्धी माथि विजय प्राप्त हुनेछ। जसकारण तपाई खुशी रहनुहुनेछ। भाईबहिनीसँग मिलेर नयाँ कार्य आयोजन गर्नुहुनेछ। मित्र र आफन्तसँग यात्रा गर्ने योग रहेको छ। आर्थिक लाभ हुनुको साथसाथै प्रियजनसँगको भेट खुशीमय हुनेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
परिवारमा आनन्दको वातावरण रहनेछ। बोलिको मधुरता र न्यायप्रिय व्यवहारले लोकप्रियता प्राप्त गर्नुहुनेछ। आर्थिक लाभ हुनेछ। मिष्टान्न भोजन मिल्नेछ। विधार्थीको विद्याध्ययनको लागि अनुकुल समय रहेको छ। अनैतिक प्रवृत्तिबाट टाढा रहनुहोला।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
कलालाई बाहिर प्रदर्शन गर्नको लागी सुनौलो अवसर रहनेछ। रचनात्मक र कलात्मक शक्ति अधिक रहनेछ। शारीरिक, मानसिक स्वस्थता बनिरहनेछ। मनोरंजनको प्रवृत्तिमा साथी तथा परिवारसँग भाग लिनुहुनेछ। सुदर भोजन वस्त्र र सुख प्राप्ति हुनेछ। प्रिय व्यक्तिसँग भेट तथा कार्य सफलताको योग रहेको छ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
मनोरंजनमा पैसा खर्च हुनेछ। मानसिक चिन्ता एवम् शारीरिक कष्टको कारण समस्यामा पर्नुहुनेछ। दुर्घटना वा शल्य चिकित्साबाट सम्हालेर रहनुहोला। स्वभावमा केहि उग्रता रहनेछ। मानहानि वा धनहानिको सम्भावना रहेको छ। अदालती कार्यमा ध्यान। राख्नुहोला।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
आर्थिक, सामाजिक र पारिवारिक दृष्टिले दिन लाभदायी रहेको छ। गृहस्थजीवनको सम्पूर्ण आनन्द प्राप्त गर्नुहुनेछ। प्रेमको सुखद अनुभूति हुनेछ। मित्रसँग रमणीय स्थलमा घुम्न जानुहुनेछ। जीवनसाथीको खोज गर्नेको लागि विवाहको योग रहेको छ। आय वृद्धि तथा व्यापारमा लाभ मिल्नेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
दिन संघर्षमय रहनेछ। व्यापारको कारण व्यग्रता रहनेछ। व्यापारको लागि यात्रा गर्नाले लाभ मिल्नेछ। उच्च अधिकारी प्रसन्न रहनेछ। पेसामा पदोन्नति हुनेछ। सन्तानको पढाईको सम्बन्धमा सन्तोष अनुभव हुनेछ। गृहस्थजीवन आनन्दपूर्वक बित्नेछ। धन, मान, सम्मान मिल्नेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
दिन मिश्र फलदायी रहनेछ। स्वास्थ्य स्वस्थ रहनेछ। मानसिक शान्ति प्राप्त गर्नुहुनेछ। कार्य गर्ने उत्साह मन्द हुनेछ। घुमफिरमा खर्च हुनेछ। विदेशबाट समाचार मिल्नेछ। सन्तानको चिन्ताले सताउनेछ। प्रतिस्पर्धिसँग किसी गहन चर्चामा उत्रिनुहुनेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
दिन मध्यम फलदायी रहनेछ। अधिक परिश्रम नगर्नुहोला। मानसिक, शारीरिक परिश्रम अधिक रहनेछ। आकस्मिक धनलाभको योग रहेको छ। स्वास्थ्यको विषयमा चिन्ता रहनेछ। अधिक खर्च नगर्नुहोला। अनैतिक कामवृत्तिमा ध्यान राख्नुहोला।