काठमाडौँ : खासगरी नेपालमा प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाको दिन र प्रतिपदाको दिन गरी दुई दिन होलि मनाइने गरिन्छ। फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडमा होलि मनाइन्छ र त्यसको भोलिपल्ट कृष्ण पक्षको प्रतिपदामा तराईमा होलि मनाइने गरिन्छ।
यस पटक होलिको दिन अत्यन्तै शुभ ध्रुव योग निर्माण हुँदै छ। साथै ४९९ वर्षपछि या भनौँ लगभग ५०० वर्षपछि यस होलिमा एक विशेष दुर्लभ योग पनि बन्दै छ। यस भन्दा अघि ३ मार्च सन् १५२१ मा यो योग बनेको थियो।
तराई होलिमा चन्द्रमा कन्या राशिमा विराजमान रहनेछ। गुरु र शनि ग्रह आफ्नै राशिमा रहनेछ। यो भन्दा अघि यी दुवैको ग्रहको यस्तो संयोग ३ मार्च सन् १५२१ मा बनेको थियो।
गुरुको राशि धनु हो जबकि शनिको राशि मकर हो। दशकौँ पछि होलिमा सूर्य, ब्रह्मा र अर्यमाको साक्षी पनि रहनेछ। जुन दोस्रो विशेष दूर्लभ योग हो।
यो वर्षको होलिमा सर्वार्थसिद्धि योगमा मनाइनेछ। साथै यस दिन अमृतसिद्धि योग पनि रहनेछ।
ज्योतिष अनुसार होलिमा तीन विशेष योग सर्वार्थ सिद्धि योग, अमरत्व सिद्धि योग, वृद्धि योग बन्दै छ। ग्रहको चाल र नक्षत्रको स्थितिले सबै राशिमा विशेष प्रभाव पार्नेछ। कुन राशिमा कस्तो कस्तो पार्ला त ?
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिको जातकको लागि शुभ साबित हुँदै छ। तपाईको उन्नतिका नयाँ द्वार खुल्नेछन्। आयको नयाँ बाटो विकसित हुनेछन्। पारिवारिक जीवन राम्रो रहनेछ। छात्रछात्राले सफलता हासिल गर्नेछन्। रिसलाई काबू गर्नुहोला।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका लागि यो वर्षको होलीले जीवनमा आर्थिक उन्नतिको वहार लिएर आउनेछ। जागिर गर्नेहरुका आयमा वृद्धि हुनेछ। व्यापारसम्बन्धी नयाँ योजना बन्नेछन्। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। दाम्पत्य जीवनमा खुशीयाली छाउनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका जातकले रोजगारीमा सफलता हासिल गर्नेछन्। सुख-सुविधामा वृद्धि हुनेछ। पदोन्नतिको योग बन्नेछ। बेरोजगारीले जागिर पाउनेछन्। अन्तर्वार्तामा सफलता मिल्नेछ र आमाको पूरा सहयोग मिल्नेछ। जीवनसाथीको लागि धन खर्च गर्नुहुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
अचानक धन लाभको योग छ। तपाईको आर्थिक स्थिति सुनियोजित ढङ्गले अगाडी बढ्नेछ। पारिवारिक माहोल राम्रो बन्नेछ। लामो यात्रामा बढी खर्च हुनेछ। कार्यालयको काममा चाप बढी पर्नेछ। मानसिक तनाव बढ्नेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
जीवनमा मान-सम्मान बढ्नेछ। धनका मामिलामा सफलता मिल्नेछ। साझेदारीमा नयाँ कामको सुरुवात हुनेछ। साथीहरुबाट भरपूर सहयोग पाउनुहुनेछ। आत्मविश्वास बढ्नेछ। शुभ समाचार प्राप्त हुने योग छ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
कार्यक्षेत्रमा उपलब्धी हासिल हुनेछ। नयाँ जागिरको प्रस्ताव पाउनुहुनेछ। दाम्पत्य जीवन राम्रो रहनेछ। स्टक मार्केटमा जोडिएका जातकले लाभ प्राप्त गर्नेछन्। शुभ फल प्राप्त हुनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
राहतको अनुभूति गर्नुहुनेछ। व्यर्थका काममा समय बर्बाद हुनेछ। जागिरमा सफलता मिल्नेछ। धन लाभको योग बन्नेछ। वैवाहिक जीवनमा समस्या बढ्नेछ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। जीवनमा सुख-शान्ति बनिरहनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
बेरोजगारीले जागिर पाउनेछन्। भाग्यले साथ दिनेछः। आयका नयाँ बाटोहरु खुल्नेछन्। उन्नति र प्रगतिको बाटोमा तपाई लम्किनुहुनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
सुख-सुविधामा वृद्धि हुनेछ। व्यापारमा राम्रो लाभ मिल्नेछ। विवाहितको जीवनमा थप माधुर्यता आउनेछ। आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। खर्च बढ्नेछ। धार्मिक कार्यमा आस्था बढ्नेछ। कठिन काम साथीको सहयोगमा सजिलै पूरा हुनेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
होलि मकर राशिका लागि समन्या रहनेछ। आर्थिक उल्झनको योग छ। मन विचलित हुन् सक्छ। जीवनसाथीको तर्फबाट लाभ पाउनुहुनेछ। हड्डी र नसासम्बन्धी रोगले सताउनेछ। आर्थिक मामिलामा अवरोध आउन सक्छ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कुम्भ राशिका लागि होलि कठिन रहनेछ। अचानक धन हानिको योग छ। मानसिक तनाव रहनेछ। सन्तान सुख मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीसँग कटुता बढ्नेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
जीवनका अनेक पक्षमा सुधार आउनेछन्। कार्यक्षमता बढ्नेछ। मानसिक उल्झन कम हुनेछ। धनलाभको योग छ। तपाईको जीवनमा सुख-शान्ति छाउनेछ।